आज

समर फेसन

By Masti Entertainment - Sunday, April 24, 2011

काठमाडौ, वैशाख ११ - ऋतुसँगै बदलिने युवाको फेसनले शनिबार आठौं दरबार मार्ग सडक महोत्सवमा ग्रीष्म यामको अनुभूति गरायो । अधिक मात्रा युवा जमातले ढाकिएको महोत्सवमा उनीहरू हल्काफुल्का रंगीन ड्रेस र चप्पलमा सजिएर आइसक्रिम खाँदै ग्रीष्म यामको मजा लुटिरहेका देखिन्थे ।

साथीसंगीका साथै आ-आफ्ना ब्वाइप|mेन्डसँग महोत्सवमा आएका युवतीको फेसन विशेष हेर्नलायक थियो । हल्का समर मेकअपमा फङ्की ड्रेस-अप गरेका युवतीहरूतिर देखाउँदै फेसन डिजाइनमा स्नातक गरिरहेकी रसना श्रेष्ठले भनिन्, 'केटीहरूका लागि स्टि्रट फेस्टिभल भनेकै ड्रेस-अप गर्नलाई हो ।' सयौं युवायुवतीको जमातमा ठेलमठेल हँुदै साथीभाइसँग रमाइरहेकी उनले नयाँ-नयाँ फेसन ट्रेन्ड देख्न पाएको बताउँदै थपिन्, 'समर आएको महसुस गरायो ।' सर्टस्

-हाफ प्यान्ट), ब्वाइप|mेन्ड सर्ट, स्कर्टस्, टि-सर्ट, फ्लोरल पि्रन्टेड सर्ट, हट प्यान्टस् र वान पिसमा देखिएका युवतीहरूले ग्रीष्मको आगमन मात्र नभई काठमाडौंलाई फेसनेबल

सहर घोषणा गर्न मिल्ने गरी रंग्याएका थिए ।

युवतीझैं युवक पनि के कम ? क्याजुअल समर ड्रेसमा देखिएका युवकहरूको विशेष हेयर स्टाइल आकर्षक देखिन्थ्यो । ब्लोन्डदेखि ब्राउन हेयर कलर गरेका, डेडलकका साथै कोरियन स्टाइलका हेयर स्टाइलमा सजिएका केटाहरूले धेरैको नजर

ताने । एनसेलको आयोजनामा गरिएको महोत्सवअन्तर्गत शेर्पा मलमा फेसन शो नै राखिएको थियो । 'पर्पल शनिबार' नाम दिइएको महोत्सवमा बैजनी रङका ड्रेस लगाएर मोडलहरूले मलका खुट्किलामा क्याटवाक गरेका थिए । दर्शकहरूले नेपाली सांस्कृतिक नृत्यको स्वाद त चाखे नै, उनीहरू अन्तर्राष्ट्रिय जगत्बाट भित्रेका साल्सा र जुम्बा नृत्यमा पनि रमाए । समारोह र उत्सवमार्फत् बिस्तारै स्थान

लिइरहेको फेस पेन्टिङ महोत्सवको अर्को आकर्षण रह्यो ।

'नेपालमा पहिलोपटक फेस पेन्टिङ गर्ने स्टल भेटें,' अस्ट्रेलियाबाट हेयर ड्रेसिङमा डिप्लोमा सिध्याएर फर्केकी सुपि्रया श्रेष्ठले भनिन्, 'त्यसैले आधा घन्टा लाइन बसेर फेस पेन्टिङ गरेकी हँु ।' पाटनवासी २३ वषर्ीया यी सुन्दरीले आफ्नो फेभरेट कार्टुन पात्र पिग्लेटको चित्र गालामा बनाएकी थिइन् । पोकेमनदेखि, लिटल मरमेड, ट्वीटी, ड्रागन, हेलो किटी, खरायो, उँट लगायतका विभिन्न चित्रले बालबालिकादेखि युवायुवतीसम्मले आ-आफ्ना गाला सजाएका थिए ।

महोत्सवमा फुड स्टल पनि थिए, तीस वटा । आगन्तुकहरूले छानीछानी खानेकुरा चाखे । विभिन्न खानाका परिकार र फेसनले रंगीन बनेको महोत्सवमा सांगीतिक कार्यक्रम नहुने कुरै भएन । उपस्थित दर्शकले कुटुम्ब ब्यान्डको धुन, मुक्ति एन्ड रिभाइभल र अल्बाट्रस ब्यान्डको जोस र रेश्मा सुनुवारको स्वरमा तालमा ताल मिलाएर नाच्नेदेखि हेड ब्याङसम्म गरेका थिए । चर्चित ब्यान्ड र गायिकाका प्रस्तुति निःशुल्क सुन्न पाइने कन्सर्टमा साँझ सात बजेसम्म भीड हटेको थिएन ।साभार : इ कान्तिपुर

चिरबिर चिरबिर, become a fan on फेसबुक

तपाइका केही शव्दहरू

Advertisement

पछिल्ला पोष्टहरू

पत्रपत्रिकाबाट

आफ्नै कुरा

कविता

गजल

ADSADAS ADFS ADSA DSADADSADADS SDSAD SDS ADS ADSAASD

कविता

गजल

Advertisement