हरेक साँझ घरबाहिर हुन्छु
By Masti Entertainment - Wednesday, April 6, 2011
फूलमान वल -
काठमाडौ, चैत्र २४ - म अलि अनौठो पाराको छु । सुत्न असाध्यै मन पराउँछु । सुटिङका बेला बिहान ५/६ बजे उठिसक्छु । अरू बेला प्रायः ९ बजेसम्म सुत्नैपर्छ । ब्युँझेपछि दुई कप चिया ओछ्यानमै चाहिन्छ । कसैले पनि चिया ल्याइदिएन भने म १२ बजेसम्मै सुतिदिन्छु । घरमा होस् या बाहिर, यो बानी मेरो पहिल्यैदेखिको हो । उठेको एक घन्टासम्म ओछ्यान छोड्न सक्दिनँ ।
सुस्मिता (केसी) सँग डिभोर्स हुनुअगाडिको दिनचर्या पनि यस्तै थियो । घरमा काम गर्नेहरू छन्, चिया उनीहरूले नै ल्याइदिन्छन् । मुड चले कहिलेकाहीँ सुस्मिताले पनि ल्याइदिन्थिन्, तर मैले कहिल्यै उनलाई घरको काममा अल्झाइनँ । उनी पनि यस्तोमा इन्जोय गर्दिनथिन् ।
चियापछि मलाई चुरोट चाहिन्छ । ओछ्यानमै पल्टेर तीन खिल्ली तान्छु । बिहान ९ बजेदेखि १२ बजेबीचको समय फोनमा बित्छ । महत्त्वपूर्ण कामबारे कुराकानी यही बेला हुन्छ । तैपनि मैले ओछ्यान छोडिसकेको हुन्नँ ।
ब्रेक फास्ट खाने बानी छैन । १२ बजेपछि उठेर नुहाउँछु, १ बजेतिर खाना खान बस्छु । दाल, भात, तरकारी बढी मन पर्छ । धेरै मसला भएको मन पर्दैन, सामान्य । भात खाएको १५ मिनेटपछि एउटा चुरोट सल्काउँछु । यसपछि फिल्मको काम छ भने स्टुडियोतिर डबिङ, मिक्सिङ, पोस्टर डिजाइनिङजस्ता कामका लागि जान्छु ।
अरूको फिल्म नखेलेको पाँच वर्षजति भयो । जुन पायो त्यही फिल्म खेलेर के गर्नु ? यस वर्ष मात्रै आधा दर्जन निर्माता-निर्देशकले प्रस्ताव राखे, स्विकारिनँ । अब अरूको फिल्म खेल्दिनँ होला । दर्शकमाझ जान र काम देखाउन आफ्नै होम प्रोडक्सन छँदै छ । पछिल्लो फिल्म 'साथी म तिम्रो' आउँदो असारको मध्य या साउनको पहिलो साता रिलिज हुन्छ होला ।
दिउँसो काम छैन भने घरैमा बस्छु । दिनभर फिल्म हेर्छु । हिन्दी र नेपाली दुवै । पढ्नमा खासै रुचि छैन । जे पढियो विद्यार्थी जीवनमा नै पढियो । जीवनमा कहिल्यै फेल हुनु त परेन, तर पढ्न चाहिँ एकदमै अल्छी छु । ज्ञानका लागि किताबै पढ्नुपर्छ भन्ने मान्यता पनि त भत्किँदै छ नि ।
अपराह्न ४ देखि कहिल्यै घरमा हुन्नँ । बस्नै मन लाग्दैन । साथीभाइहरूको रेस्टुरेन्ट या घरतिर जान्छु, रमाइलो जमघट गर्छु । डि्रंक्समा खासै मन छैन । चुरोटबिना चाहिँ बाँच्नै सक्दिनँझैं लाग्छ । साथीभाइसँग बस्दा हल्का डि्रंक्स लिइदिन्छु, बियर बढीमा एक बोटल, हार्डडिं्रक्समा म्याक्सिमम तीन पेग । अहिलेसम्म भुवन केसी रक्सी खाएर मातेको छैन ।
साथीभाइसँग कहिले दोहोरीतिर गैदिन्छु, कहिले डान्सबार र डिस्कोतिर पसिदिन्छु । दोहोरीमा गाउने पनि मुलुकका ठूलै कलाकार हुन् । म आफूलाई सेलिबि्रटी ठान्दिनँ । कुनै बेला भुवन केसी दोहोरीमा सामान्य मान्छेसँग नाचिरहेको देख्नुभो भने अनौठो नमान्नु होला । म पब्लिकसँग रियल्ली इन्जोय गर्न मन पराउँछु ।
घर फर्किंदा राति आठ बज्छ । डि्रंक्ससँग हल्का स्न्याक्स खाएको हुन्छु । साँझ भात खाने बानी छैन । कहिलेकाहीँ झुक्किएर 'भात खै त ?' भन्छु, त्यसका लागि काम गर्ने बहिनीले बिहानको भात राखिदिएकी हुन्छिन् । थोरै खान्छु । आठ बजेपछि टीभीमा समाचार हेर्छु । पत्रपत्रिका पनि यही बेला पल्टाउँछु, बिहान हेर्ने बानी छैन । यही बेला घरसँग अलि नजिक हुन खोज्छु । छोरो (अनमोल) सँगको भेट पनि यही बेला हुन्छ । बिहान म उठ्दा ऊ कलेज गइसकेको हुन्छ ।
हाम्रो परिवारको एउटै कम्पाउन्ड (सिनामंगल) मा चार/पाँच घर छन् । सबैजना छुट्टएिका छौं । तैपनि यही बेला भेटघाट र कुराकानी पनि हुन्छ । बत्ती भयो भने विभिन्न फिल्म च्यानल हेर्छु । मन छुने फिल्म आएको रहेछ भने राति एक/दुई बजेसम्म पनि हेर्छु । सुत्ने समयचाहिँ १२ बजे हो ।
सुस्मिता कहाँ छिन् ? थाहा छैन । सात वर्षअघि नै डिभोर्स भइसकेको थियो, फेरि हामी जोडियौं । अब टोटल्ली कटअफ भयौं । तर साथीका रूपमा उनलाई सम्मान गर्छु । मेरी श्रीमती नरहे पनि उनी मेरो छोरोकी आमा त हुन् नि । छोराको नाताले आउन र छोरो भेट्न उनलाई मेरो घरको ढोका संधै खुल्ला हुन्छ । साभार : इ कान्तिपुर