कलाकार कोरियाली, नाटक नेपाली
By Masti Entertainment - Wednesday, April 6, 2011
काठमाडौं, चैत २३ - 'गाह्रो त भयो तर कोरियन र नेपाली भाषा संरचना मिल्दोजुल्दो हुँदो रहेछ। त्यसैले यतिको गर्न सक्यौं,' नेपाली भाषामा 'डु इट नाउ' नामक नाटकको केही अंश देखाएपछि कोरियन कलाकार चो इल गुकले आफ्नो अनुभव सुनाए।
राजधानीको राष्ट्रिय नाचघरमा बुधबार र बिहीबार हुने नाटकबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले यो भूमिकाको लागि करिब ६ महिना तयारी गरेको बताए।
उनीसहित पाँच कोरियन कलाकारले नेपाली भाषामा 'डु इट नाउ'मा अभिनय गर्नेछन्। किशोरकिशोरीलाई लक्षित गरिएको नाटकका निर्देशक पार्क जोङ ऊले जानकारी दिए। 'यो नाटक कोरियाकै किशोरकिशोरीको विषयमा तयार पारिएको थियो। कथा काठमाडौंका विद्यार्थीसँग पनि मेल खाने थाहा पाएपछि नेपाली भाषामा समेत बनायौं,' उनले बताए। नाटकमार्फत् नेपाल र कोरियाको संस्कृति आदानप्रदानमा सहयोग पुग्ने उनको भनाइ छ। जिनदोङको व्यवस्थापनमा नाटक देखाइन लागेको हो। कोरियन आर्ट काउन्सिलले यसको प्रायोजन गरेको छ। साभार : नागरिक न्यूज