आज

साईबाबा सिकिस्त

By Masti Entertainment - Tuesday, April 5, 2011

हैदरावाद,भारत , चैत्र २३ - अनुयायीमाझ चामत्कारिक धार्मिक गुुरुका रूपमा परिचित सत्य साईबाबाको स्वास्थ्य नाजुक बन्दै गएको छ । स्वास्थ्यस्थिति गम्भीर भएपछि उनलाई भेन्टिलेटरमा राखिएको छ । मृगौला र फोक्सोमा खराबी आएर श्वासप्रश्वासमा कठिनाइ भएपछि उनी आफ्नै संस्थाको पुट्टपर्तीस्थित अस्पतालमा गत साता भर्ना भएका थिए ।

डायलसिस गराइरहेका साईबाबाको स्वास्थ्य नाजुक बन्दै गएपछि उनलाई भेन्टिलेटरमा राखिएको श्री सत्य साई इन्स्िटच्युट अफ हाइअर मेडिकल साइन्सेजको बुलेटिनमा उल्लेख छ । साईबाबा अस्वस्थ भएको खबरले आन्ध्र प्रदेशको पुट्टपर्तीस्थित आश्रममा हजारौं अनुयायी आउन थालेका छन् । उनीहरूमध्ये कतिपयले यथार्थ सूचना नपाएको भन्दै आक्रोशसमेत व्यक्त गरेका छन् ।

'शरीरको मुख्य प्रणालीले राम्ररी काम गरेको छैन, उनको अवस्था चिन्ताजनक छ, चिकित्सकहरूको समूहले सक्दो प्रयास गरिरहेका छन्,' अस्पतालका निर्देशक ए एन सफायाले एक वक्तव्यमा भनेका छन् । साईबाबाको संवेदनशील अवस्थालाई सरकारले भने खासै प्रचारमा ल्याउन चाहेको छैन ।

प्रहरीले सहरमा समूहगत रूपमा भेला हुन रोक लगाएको छ । भारत र विदेशका दसौं लाख अनुयायीमध्ये केहीले उनलाई 'जीवित देवता' का रूपमा विश्वास गर्छन् । सन् १९१८ मा निधन भएका सिर्दीका साईबाबाको पुनर्जन्म भएको उनीहरूको विश्वास छ । सयभन्दा बढी मुलुकमा उनका अनुयायी छन् । मृत्यु टार्नेसहितका अनगिन्ती चमत्कार देखाएको दाबी उनको संस्थाको छ । साईबाबाका अनुयायीमा भारतका पूर्वप्रधानमन्त्री, ठूला व्यवसायी र चर्चित क्रिकेट खेलाडीहरूसमेत छन् । सुन्तला रंगको पहिरन र कपालमा देखिने साईबाबाको भारतीय धार्मिक गुरुमध्ये अलग्गै पहिचान छ । उनको संस्थाले भारतमा विभिन्न अस्पतालसहित स्वास्थ्य र शिक्षा परियोजनामा आर्थिक सहयोग गरेको छ ।(एएफपी)साभार : इ कान्तिपुर

चिरबिर चिरबिर, become a fan on फेसबुक

तपाइका केही शव्दहरू

Advertisement

पछिल्ला पोष्टहरू

पत्रपत्रिकाबाट

आफ्नै कुरा

कविता

गजल

ADSADAS ADFS ADSA DSADADSADADS SDSAD SDS ADS ADSAASD

कविता

गजल

Advertisement