मन्दिर परिसरमा ताण्डव
By Masti Entertainment - Tuesday, April 5, 2011
जे पाण्डे -
बैजापुर (बाँके), चैत्र २३ - विकट जंगलभित्रको प्रख्यात भूवर भवानी मन्दिरमा देवीको प्रार्थना गर्दै भएको ताण्डव नृत्यले पुजारी बलराम रेग्मी छक्क मात्र परेनन्, उनको मनभित्रको त्राससमेत हटाएको छ ।
माघेसंक्रान्ति, जेठ र मंसिर महिनामा पञ्चमीका दिन स्थानीय थारू समुदायले पूजाआजा गर्दै आएको मन्दिरमा उक्त नृत्य देख्न पाइएला कल्पनै नगरेका रेग्मीले भने, देवी पुकार्दै नाचगान होला भन्ने साचेकै थिइनँ ।'
आफूले पूजा गर्दै आएको स्थानमा डरलाग्दो र कालो बस्त्रधारी तान्त्रिकले भूवर भवानीको शक्तिका बारेमा जंगल नै थर्किने गरी गरेको बयान सुनेका पुजारी चकित मात्र भएनन् खुसी पनि भए ।
बालात्कृत सुशीला (नायिका क्षितिजा शाक्य) र बलात्कारीसँगको भिडन्तमा घाइते भएकी पिंकी (नायिका रूपा खनाल) र विक्रम (नायक मुकेश आचार्य) ले सोमबार भूवर भवानी मन्दिरमा दैविक शक्तिको सहयोग लिन गरेको ताण्डव नृत्यले पुजारीमा देवीप्रतिको आस्था पनि झन् बढाएको छ ।
एउटा खुट्टा भाँच्चिएकाले अशक्त अवस्थाका पुजारी भ्रष्टाचारविरुद्ध लड्न नसक्ने अवस्थनमा छन् । पूजा आराधनामा चार दशक बिताइसके पनि रेग्मीले पवित्र मन्दिरको सम्पत्तिमा भएको भ्रष्टाचारविरुद्ध बोल्ने आँट गरेका थिएनन् ।
तर दैविक शक्तिप्रति विश्वास जगाउने उद्देश्यले गरिएको ताण्डव नृत्यपछि पुजारी रेग्मीले मुख खोले, 'मन्दिरको आठ बिघा जमिनको उत्पादन कसले खान्छ र कहाँ जान्छ ? कुनै अत्तोपत्तो छैन ।' 'सन्त्रास' फिल्मका लागि दैविक र तान्त्रिक शक्तिलाई प्रकट गराउन गरिएको नृत्यले पुजारीभित्रको त्रास हटाउन मद्दत पुर्याएको हो ।
उक्त चलचित्रको छायांकनका क्रममा मेलामा झै गाउँलेहरूको ओइरो लागेपछि रेग्मीले भूवर भवानीको महत्त्व अझै बढ्ने अपेक्षा गरेका छन् । 'धेरै खुसी लागेको छ,' ४२ वर्षदेखि देवीको पूजापाठ गर्दै आएका रेग्मीले भनेे, 'जताततै प्रचार भएपछि भक्तहरू पनि बढ्नेछन् ।'
पर्यटकीय महत्त्वको स्थल भए पनि भूवर भवानीको प्रचारप्रसार भएको थिएन । पर्यटन प्रवर्द्धनका नाममा खोलिएका समितिको आँखासमेत नपरेको यो रमणीय क्षेत्र अब 'सन्त्रास' मा देख्न सकिनेछ । दर्शकका लागि भूवर भवानी क्षेत्रको दृश्य नयाँ मात्र हुनेछैन, अन्य निर्माताहरूसमेत चुकचुकाउनेछन् ।
घनघोर जंगल भएकाले जनावरको आतंक नियन्त्रणका लागि स्थानीय बासिन्दाले २०१३ सालमा भूवर भवानी देवीको मन्दिर निर्माण गरी पूजाआजा गर्दै आएका छन् । पूजा नगर्दा बाघ रिसाउने र विनाश गर्ने जनविश्वास छ ।
तन्त्रमन्त्रमा आधारित 'सन्त्रास'को छायांकन सुरु भएपछि नायिका रूपाले नाम परिवर्तन गरेकी छन् । विशाखा नामबाट सफलता प्राप्त हुने हात हेराउनेको सुझावका आधारमा नाम परिवर्तन गरेकी हुन् । 'गुरुको सल्लाहअनुरूप गरेकी हुँ,' रूपाले हाँस्दै भनिन् । साभार : इ कान्तिपुर