आज

हरिवंश आचार्यकी धर्मपत्नी मीरा आचार्यको निधन

By Masti Entertainment - Tuesday, April 19, 2011

काठमाण्डौ, २०६८ वैशाख ७, बुधवार - बरिष्ठ हाँस्यकलाकार हरिवंश आचार्यकी धर्मपत्नी मीरा आचार्यको निधन भएको छ । मष्तिस्क पक्षघातका कारण ४१ बर्षीया आचार्यको मंगलबार राजधानीको मोडल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

एक्कासी मष्तिस्कमा समस्या देखिएपछि उहाँलाई तीन दिन अघि उपचारकालागी मोडल अस्पताल लगिएको थियो । सोमबार अचानक स्वास्थ्यमा ठूलो समस्या आएपछि सोमबारदेखि उहाँलाई आईसियूमा भर्ना गरिएको थियो । उहाँको निधन मंगलबार नै भएपनि डक्टरले भने कृत्रिम सास दिएर बुधबार मात्र निधन भएको घोषणा गर्ने बताईएको छ । आफ्नी आमाको अवस्था चिन्ताजनक भएको थाहा पाएपछि अमेरिका रहेका जेठा छोरा त्रिलोक आचार्य बुधबार नेपाल आएका छन् । उनी नेपाल नआईञ्जेल परिवारको आग्रहमा डक्टरले मिरालाई कृत्रिम सास दिएर राखेको बुझिएको छ ।

रेडियो नेपालकी निकै चर्चित कार्यक्रम प्रस्तोता समेत रहनुभएकी मिराका दुई छोरा छन् । कान्छा छोरा मोहित आचार्य भने यसै बर्ष देखि चलचित्रका नायक हुँदैछन् । मीराको स्वास्थ्य अवस्था चिन्ता जनक भएपछि मंगलबारबाटै अस्पतालमा उनका परिवार, आफन्त तथा शुभचिन्तकहरूको भिड लागेको थियो । यस दुःखद घडीमा दिबंगत हुनुभएकी मीराको आत्माको चिर शान्तिको कामना गर्दै फिल्मीखबर डटकम परिवार शोक सन्तप्त परिवारजनहरुमा हार्दिक समबेदना प्रकट गर्दछ ।साभार : फिल्मीखबर

चिरबिर चिरबिर, become a fan on फेसबुक

तपाइका केही शव्दहरू

Advertisement

पछिल्ला पोष्टहरू

पत्रपत्रिकाबाट

आफ्नै कुरा

कविता

गजल

ADSADAS ADFS ADSA DSADADSADADS SDSAD SDS ADS ADSAASD

कविता

गजल

Advertisement