आज

रातो पासपोर्ट दुरुपयोग गरेको अभियोगमा दुई सभासद् समातिए

By Masti Entertainment - Tuesday, April 19, 2011

काठमाडौं, वैशाख ६ - रातो पासपोर्ट दुरुपयोग गरेको अभियोगमा सांसदद्वय गायत्री साह र वीपी यादवलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा उनीहरुलाई पक्राउ गरेको हो। उनीहरु संसद भवनबाट बाहिरिएलगत्तै पक्राउ परेका थिए। रातो पासपोर्ट दुरुपयोगसम्बन्धी प्रमाणहरु पुगिसकेको जानकारी प्रहरीले दिएको छ। यसबारे विस्तृत जानकारी अहिले ६ बजे पत्रकार सम्मेलनमार्फत् प्रहरीले दिने भएको छ। अहिले दुई सभासदलाई काठमाडौँ प्रहरी परिसरमा राखिएको छ।

प्रहरीले सभामुख सुवास नेम्वाङलाई दुई सभासद पक्राउ परेको जानकारी गराइसकेको छ। संसद अधिवेशन जारी रहँदा सभासदलाई पक्राउ गर्नुअघि सभामुखलाई जानकारी गराउनु पर्ने प्रावधान छ। साहको नाममा जारी भएको ०१९८२६ र यादवका नाममा जारी भएको ०१९८९३ नम्बरको रातो (कूटनीतिक) राहदानी बोकेर अस्ट्रेलिया जाने क्रममा अबुधावी पुगेका पृथ्वी छन्त्याल र अर्की नाम नखुलेकी महिलालाई अध्यागमनले फिर्ता गरेपछि उनीहरूमाथि प्रहरीले छानबिन गरिरहेको थियो। सभासद्का नाममा भिसा जारी भएको पासपोर्ट बोकेर झन्डै तीन महिनाअघि अस्ट्रेलियाका लागि उडेका उनीहरु पक्राउ परेका थिए।

छानबिन क्रममा सभासद् विश्वनाथप्रसाद यादव (बिपी यादव) को राहदानीमा नक्कली बेलायती भिसा छापसमेत लागेको प्रहरीले भेटेको थियो। प्रहरीका अनुसार २६ महिनाअघि बेलायतले यादवलाई भिसा दिएको थियो। बेलायती भिसा स्टिकरमा राहदानीबाहकको फोटोसमेत राखिने हुँदा उनको राहदानी बोकेर छन्त्याल अस्ट्रेलिया जाँदा नक्कली बेलायती भिसा स्टिकर प्रयोग गरिएको थियो। यादवको राहदानीमा रहेको फोटो निकाली छन्त्यालको फोटो टाँसेपछि बेलायती सक्कली भिसा स्टिकर हटाइएको थियो। नक्कली भिसा स्टिकरमा छन्त्यालको फोटो राखिएको थियो।

‘अस्ट्रेलिया जाने क्रममा अबुधावीबाट छन्त्याललाई फिर्ता पठाइएपछि राहदानीमा रहेको नक्कली भिसा स्टिकर निकाली यादवको फोटो रहेको सक्कली स्टिकर टाँसेको देखिन्छ,' प्रहरी स्रोतले भन्यो, ‘तर राहदानीमा सुरुमा सक्कली बेलायती भिसा स्टिकर जुन पृष्ठमा टाँसिएको थियो, पछि त्यसको अघिल्लो पृष्ठमा टाँसिएको छ।'साह नेपाली जनता दलका तर्फबाट सर्लाही र यादव मधेसी जनअधिकार फोरम, नेपालका तर्फबाट सप्‍तरीबाट समानुपातिक सभासद हुन्। साभार : नागरिक न्यूज

चिरबिर चिरबिर, become a fan on फेसबुक

तपाइका केही शव्दहरू

Advertisement

पछिल्ला पोष्टहरू

पत्रपत्रिकाबाट

आफ्नै कुरा

कविता

गजल

ADSADAS ADFS ADSA DSADADSADADS SDSAD SDS ADS ADSAASD

कविता

गजल

Advertisement