आज

तेल, पानी र बिजुली

By Masti Entertainment - Wednesday, April 27, 2011

पिउने पानी, बिजुली र तेलको अभावले समस्त नगरवासी पीडित छन्। यही सहरमा बाँचिरहेका निर्देशक सुरज सुब्बा, मिस नेपाल फस्ट रनरअप सहना बज्राचार्य र अभिनेता विनय श्रेष्ठलाई चाहिँ यो अभावले कसरी पिरोलेको छ? उनीहरूसँग गरिएको प्रश्नोत्तरः

१. तीनमध्ये कुन वस्तुको अभावले बढी पिरोलेको छ?
सुरज : म लेख्ने मान्छे बिजुली नहुँदा मुड चलेको बेलामा फिल्म लेख्न र हेर्न पाउँदिन। बिजुली नभएपछि पानी पनि भर्न पाएको छैन।

सहनाः म बस्ने भोटेबहाल एरियामा पानीको समस्या अत्याधिक छ। बोरिङको पानी प्रयोग गर्दा कपडा र कपाल बिग्रिएको छ।

विनय : तत्कालको लागि त तेल। पानी र बिजुलीको विकल्प भए पनि तेलबिना कामै गर्न सकिएको छैन।

२. तीनमध्ये कुन वस्तु नभए पनि फरक पर्दैन?
सुरज : मेरो हिसाबमा पेट्रोल नभए चल्छ। पानी र बिजुली बिनाको जनजीवन तहसनहस हुन्छ।
सहना : तेल। जानै पर्ने ठाँउमा हिँडेर जान सकिन्छ। यसले खासैसमस्यामा नपार्ला।
विनय : पानी। करिब २ वर्षदेखि घरको धारामा पानी आएको छैन। महिनामा दुई ट्याङकर पानी किन्छु।

३. तीनमध्ये कुन वस्तु चाहिने भन्दा बढी महँगो छ?
सुरज : जलस्रोतको धनी देश नेपालमा बिजुली बढी महँगो छ।

सहना : पानी। प्रकृतिले दिएको पानीलाई पनि पैसा तिरेर पिउनु परेको छ। पैसा तिर ेपनि गुणस्तरीय छैन।

विनय : तेल महँगो पनि छ। भनेको बेलामा पनि पाइँदैन।

४. तेल नभएको गाडी, पानी नआउने धारा र बिजुली नभएको बत्तीमध्ये कुन बढी हास्यास्पद लाग्छ?
सुरज : अहिलेलाई सबैभन्दा हास्यास्पद त तेल नभएको गाडी नै हो। पानी नआउने धारा र बिजुली नभएको बत्ती त बानी परिसक्यो।

सहना : सबै कुरा हास्यास्पद लाग्न छाडिसक्यो। यो त हामी नेपालीको बाध्यता भइसकेको छ।

विनयः सबै कुरा पचिसक्यो।

५. जलस्रोतमा धनी भए पनि बिजुली उत्पादन गर्न नसकेको हाम्रो देशमा तेलको खानी पत्ता लाग्यो भने तेलको समस्या टर्ला?

सुरज : के को टर्नु। पहिलो कुरा त कसले कहिले खानी पत्ता लगाउनु? स्वदेशी तेलको प्रयोग त एउटा रमाइलो कथा मात्र होला।

सहना : मलाई त्यस्तो लाग्दैन। यस्तो प्रयत्न गर्ने नेता यो देशमा होलान् जस्तो लाग्दैन। भ्रष्टाचारमा व्यस्त नेताले खानी पत्ता लगाउन समय खर्च गर्लान् र?

विनयः असम्भव। पानी त बेचेर खाने सरकारले तेल पाए पनि जनतालाई राहत दिँदैन।

६. तेलको लागि चार घन्टा लाइन बस्नु बुद्धिमानी कि साइकल चढ्नु वा हिँड्नु?

सुरज : सबैभन्दा राम्रो हिँड्नु। त्यसपछि साइकल। डेनमार्कमा सबैसुविधा भए पनि धेरैले साइकल प्रयोग गर्छन्। पेट्रोलको अभाव भइरहने हामीलाई गाडी हुइँक्याउनु पर्छ। छोटो दूरीका लागि साइकल उत्तम विकल्प हो।

सहना : हिँड्नु सबैभन्दा राम्रो हो। विडम्बना हामी जस्ता सेलिब्रेटीको लागि फ्यानको भीड जम्मा हुन्छ। त्यसैले अलि गाह्रो हुन्छ।

विनय : अहिलेको अवस्थाको विकल्प साइकल नै हो। त्यसकै तयारीको निम्ति म साइकलिङ जाँदैछु। यसले वातावरणमा पनि सहयोग गर्छ।

७. अबको १० वर्षमा कुन समस्याको स्थायी समाधान होला?
सुरज : बिजुलीको होला कि। टुक्रे हाइड्रोपावरहरू निर्माण भइरहेका छन्।

सहनाः कुनै पनि समस्या समाधान होला जस्तो लाग्दैन। पानीको हाहाकार हुनेछ। तेलमा मूल्य वृद्धि हुनेछ। अनि बिजुली त सपना जस्तै।

विनयः तत्कालको लागि पैसा तिरेपछि तेलको समस्या कम होला। तर १० वर्षमा समस्याले चर्को रूप लिने निश्चित छ।

८. भाउ बढाएर भए पनि तेल वितरण सहज बनाउनु ठीक हो?

सुरज : पैसा भएकालाई ठिक हो। तर, निमुखा अझै मार पर्ने हुनाले भाउ बढाउनु ठिक हुँदैन।

सानाः सरकारले पनि यस्तै खोजेको हो। घुमाउरो पाराले जनतालाई महँगीको मारमा पार्ने रणनीति हो।

विनयः ठिक त होइन। तर, सवारी प्रयोग गर्ने जनता यस्तो अवस्थामा छन् कि सरकारले जति मूल्य बढाए पनि तिर्न बाध्य छन्।
साभार : नागरिक न्यूज

चिरबिर चिरबिर, become a fan on फेसबुक

तपाइका केही शव्दहरू

Advertisement

पछिल्ला पोष्टहरू

पत्रपत्रिकाबाट

आफ्नै कुरा

कविता

गजल

ADSADAS ADFS ADSA DSADADSADADS SDSAD SDS ADS ADSAASD

कविता

गजल

Advertisement