मुबारक पक्राउ
By Masti Entertainment - Wednesday, April 13, 2011
कायरो (एजेन्सीहरू),
वैशाख १ - आन्दोलनबाट अपदस्थ इजिप्टका पूर्वशासक होस्नी मुबारकलाई अस्पतालमै नियन्त्रणमा लिइएको छ । मुटुको समस्याले अघिल्लो दिन अस्पताल भर्ना भएका उनलाई मुद्दा अधिकारीले १५ दिनका लागि पक्राउ आदेश दिएका छन् । भ्रष्टाचार र आन्दोलनमा अधिकार दुरुपयोगको अभियोगमा अनुसन्धानका क्रममा ८२ वर्षीय मुबारकसहित उनका छोराहरू अला र गमाललाई प्रहरीले गिरफ्तार गरेको हो । गत फेब्रुअरीको व्यापक आन्दोलनपछि मुबारकको ३० वर्षे शासन ढलेको थियो । तर, उनलाई कानुनी कारबाही हुनुपर्ने माग गर्दै राजधानी कायरोमा सर्वसाधारणले प्रदर्शन जारी राखेका थिए ।
सरकारका अनुसार आन्दोलनमा ३ सय ६० जना मारिएका थिए । तर अधिकारवादी समूहहरूले भने ८ सयको मृत्यु भएको र सयौं घाइते भएको बताएका छन् । मुबारक परिवारको सम्पत्तिबारे स्पष्ट तथ्यांक नभए पनि एक अर्बदेखि ७० अर्ब डलरसम्म हुन सक्ने अनुमान छ । भ्रष्टाचार गरी उनले सम्पत्ति थुपारेको विपक्षीले आरोप लगाएका छन् । संवाददाताहरूका अनुसार स्वास्थ्य समस्याले उनमाथि कारबाही रोकिन सक्ने आशंका सर्वसाधारणको छ ।
सत्ता छाडेदेखि नै मुबारक रेड सी रिसोर्टमा बस्दै आएका छन् । उनका छोराहरूलाई तोराह कारागारमा राखिएको छ, जहाँ पूर्वप्रधानमन्त्री, सत्तारूढ पार्टीका प्रमुखलगायतलाई भ्रष्टाचार अभियोगमा राखिएको थियो । उनका दुवै छोरा पक्राउ गर्न माग गर्दै मंगलबार पनि कायरोमा करिब २ हजार सर्वसाधारणले प्रदर्शन गरेका थिए । आन्दोलनका क्रममा गमाललाई मुबारकले सत्ता सुम्पिने अनुमान गरिएको थियो ।
मुबारक, उनका पत्नी र छोराहरूमाथि मुलुकबाहिर जान मुबारकको पतनपछि सरकार सञ्चालन गरिरहेको सैन्य अधिकारीले रोक लगाएका छन् । उनको परिवारको सम्पत्ति फ्रिज गरिएको छ । ट्युनिसियाबाट सुरु आन्दोलनको लहर इजिप्ट हुँदै उत्तर अफ्रिका र मध्यपूर्वमा फैलिएको छ । साभार : इ कान्तिपुर