आज

"नारायणगोपालपछि म"

By Masti Entertainment - Wednesday, April 13, 2011

पारस नेपाल -
काठमाडौ, वैशाख १ - राजेशपायल राई अति व्यस्त गायकहरूमध्ये पर्छन् । उनी गीत रेकर्डिङ नभएका बेला कन्सर्टमा हुन्छन्, कन्सर्टबाट फुर्सद पाएका बेला स्टुडियोमा । ३५ वर्षे गायकले हालै सोलो एल्बम 'राई इज किङ' बजारमा ल्याएका छन् ।

नयाँ वर्ष कसरी मनाउँदै हुनुहुन्छ ?

नयाँ वर्षको पूर्वसन्ध्यामा कन्सर्टका लागि पूर्वमा छु । यताबाट फर्केर पश्चिम जान्छु । भिसाको काम फटाफट भएको भए यतिखेर म स्विटजरल्यान्डमा गाउँदै हुने

थिएँ । अलिकपछि युरोप टुरमा जाँदै छु । मे १५ मा हङकङमा हिरो ज्याकी चेनसँग जापानका सुनामी पीडितको सहयोगार्थ कन्सर्ट पनि गर्दै छु ।

२०६७ साल कस्तो रह्यो ?

देश र जनताको लागि केही अफाप भए पनि व्यक्तिगत स्वार्थको हिसाबले मेरो लागि अत्यन्तै राम्रो रह्यो । देश-विदेशमा धेरै कन्सर्टहरू गरें । 'दर्शन नमस्ते' एल्बमले बिक्रीमा रेकर्ड राख्यो । नेपालभित्रका अधिकांश सांगीतिक अवार्डमा यो एल्बमको आधिपत्य रह्यो । मेरो महत्त्वाकांक्षी एल्बम 'राई इज किङ' पनि धेरै राम्रो गइरहेको छ ।

एल्बमको नाम 'राई इज किङ' राख्नुले तपाईं आफ्नो पीठ आफैं थपथपाउन लालायित हुनुहुन्छ भन्ने सन्देश दिएन ?

यो उपमा मिडियाले दिएको थियो र मेरा धेरै फ्यानहरूले मन पराइसकेका थिए । शुभेच्छुकहरूको सल्लाहमा त्यो नाम राखेको हुँ । यो एल्बममा राई भाषाको एउटा शब्दसम्म छैन, बरु लिम्बू भाषाका विचार चोगे, सेवारो जस्ता एकदुई शब्द छन् ।

'राई इज किङ’ को शीर्षक गीतमा तपाईंको आत्मरतिबाहेक श्रोताका लागि के छ ?

गतिलो सन्देश छः सफलता पाइनँ भनेर कुनै पनि मान्छे हताश हुनु हुँदैन । जुनसुकै क्षेत्रमा लागेको मान्छे पनि नअतालिई आपmनो काममा लागिरह्यो भने उसले एक न एक दिन सफलता पाउँछ । म आफैं उदाहरण हुँ । हामी नेपालीहरू छिटो हताश हुने स्वभावका छौं । यो गीतले सञ्जीवनीको काम गर्छ । कन्सर्टहरूमा म जब यो गीत गाउँछु, सयौं श्रोताहरू लच्किइरहेका हुन्छन् । यसले मेरो कन्पिmडेन्स लेभल हाई बनाइरहेको हुन्छ ।

विद्वान्हरू अति आत्मविश्वास पतनको कारण हुन्छ भन्छन् ।

अति आत्मविश्वासी भए पनि मैले गीत- संगीत राजेशपायलले मात्र गरेको छ भनेको छैन । यद्यपि म यति कन्पिmडेन्स राख्न सक्छु । मैले नेपाली माटोलाई ग्राह्यता दिएर कन्पिmडेन्स बढाएको हुँ । नेपाली गीतसंगीतमा मैले आफ्नो बाटो धेरै खनिसकेको छु । बच्चुकैलाश, नारायणगोपाल, दीप श्रेष्ठ दाइहरूले देखाउनुभएको बाटोलाई अलिक फराकिलो बनाउँदै, आपmनो पन राख्दै म हिँड्दै छु । म यस्तो बाटो बनाउँदै छु, जहाँबाट नेपाली संगीतले अन्तर्राष्ट्रिय संगीतसँग प्रतिस्पर्धा गर्नेछ । म गायन शैलीमा कसैको डुप्लिकेट हुन चाहन्नँ ।

राजेशपायल सोमा बढी र साधनामा कम लागेकाले उनले नेपाली संगीतका धेरै अपेक्षा पूरा गर्न सकेका छैनन् भनिन्छ ।

राजेशपायल पपुलर छैन, राजेशपायलले काम गरेको छैन भने पनि भो । झलझली घाम लागेको दिन मैले 'ओ हो हेर त, जून पो उदाएछ' भनेँ भने समाजले मलाई पागल भन्छ । 'दर्शन नमस्ते' र 'राई इज किङ' एल्बमले नेपाली संगीतको परिवर्तनको बाटोमा आँधीबेहरी नै ल्याएका छन् । एआर रहमानलाई गाली गर्ने मान्छेहरू पनि थिए । तर आज 'रहमान हाम्रो सान हो' भनेर सारा इन्डियनहरूले गर्वले छाती फुलाइरहेका छन् । दाबाका साथ भन्छु- मैले नेपाली माटो अनुकूलको गीतसंगीतमा लिडिङ गरिरहेको छ ।

स्वरको तन्दुरुस्तीका लागि केके गर्नुहुन्छ ?

त्यस्तो केही गर्दिनँ । म अरू जस्तो अमिलो-पिरोदेखि डराएर भाग्दिनँ । डल्ले खुर्सानी मेरो बेस्ट हो । निबुवा देख्नेबित्तिकै मलाई क्वाप्प पारूँ जस्तो लाग्छ । यसको अर्थ सिंगरहरूले डल्ले खुर्सानी खानुपर्छ भन्ने होइन । खानेकुराको प्रभाव वा असर शरीरपिच्छे फरक हुन्छ । म पहिले चेन स्मोकर रहिसकेको मान्छे हुँ, रक्सी पनि अत्यन्त खाने र डिस्को पनि अत्यन्त जानुपर्ने मान्छे । म रियाज त्यति गर्दिनँ । पहिलेपहिले चारपाँच बजे उठेर हाहाहुहु गर्थें । हिट हुन थालेपछि त्यो पनि छोडिदिएँ । मैले दिनमा तीनचार वटा गीत रेकर्ड गरिरहेको हुन्छु, एउटा कन्सर्टमा पन्ध्रसोर्‍ह वटा गीत गाइरहेको

हुन्छु । मेरो साधना त्यही हो ।

गायकहरूमा कसलाई प्रतिद्वन्द्वी ठान्नुहुन्छ ?

मेरो प्रतिस्पर्धा मैसँग भइरहेको हुन्छ । धेरै सफलता पाइसकेपछि ईष्र्या हुन छोड्दो रहेछ, चारपाँच वर्षयता मलाई यस्तै भइरहेको छ । आधुनिक, पप, लोक सबै गीतमा सुहाउने स्वर भएका गायक म अचेल देख्दिनँ । यद्यपि मलाई स्वरूपराज, शिव परियार, दीपक लिम्बू, प्रमोद खरेल केही मन

पर्छन् । तर यिनीहरूले सफलताको धेरै चरण पार गर्न बाँकी छ । यिनीहरू राम्रा गायक हुन्, भर्सटाइल होइनन् । नेपालमा भर्सटाइल गायक पहिले नारायणगोपाल दाइ हुनुहुन्थ्यो, अहिले म छु । 'बैनीको दया छ भने, रोदी घर दाइ नाच्यो नभने...' गाउने नारायण दाइले त्यही टोनले 'लौ सुन म भन्छु मेरो रामकहानी...' गाउनुहुन्थ्यो । मैले 'मलाई पनि अंग्रेजीमा बोल्न सिकाइदेऊ न...' देखि 'नमाग मसँग सहारा नमाग...,' 'दर्शन नमस्ते...' सम्म गाइरहेको छु । मेरो गायनमा जत्तिको फरकपन कसैकोमा छैन । म सही बोल्छु, त्यही कारण मान्छेहरू मलाई घमन्डी पनि भन्छन् । तर म स्पष्टवादी चाहिँ हुँ ।साभार : इ कान्तिपुर

चिरबिर चिरबिर, become a fan on फेसबुक

तपाइका केही शव्दहरू

Advertisement

पछिल्ला पोष्टहरू

पत्रपत्रिकाबाट

आफ्नै कुरा

कविता

गजल

ADSADAS ADFS ADSA DSADADSADADS SDSAD SDS ADS ADSAASD

कविता

गजल

Advertisement