आज

साथीको खडेरी

By Masti Entertainment - Wednesday, April 13, 2011

मुम्बई (एजेन्सी), वैशाख १ - पहिलो फिल्ममै अनुष्का शर्मा भाग्यमानी सावित भएकी थिइन् । 'रब ने बना दी जोडी' मा उनका अपोजिट थिए शाहरुख खान । अनुष्काले बलिउडमा सुरुवातमै सफलताको स्वाद चाखेकी थिइन् । समय सधैं एकनासको रहँदैन । यी अभिनेत्रीले पनि यस्तो अनुभव गर्न पाइन् ।

पछिल्लो फिल्म 'ब्यान्ड बाजा बारात' बाट फेरि सफलता चुम्न पाएकी अनुष्का साथीसंगातीको मामिलामा अझै अभाग्यशाली नै छिन् । यो फिल्मका नायक रणवीर सिंहबाहेक सिंगो फिल्म उद्योगमा उनको साथी छैन । सायद त्यही भएर, त्यो फिल्म रिलिजसँगै उनी रणवीरसँग डेटिङमा रहेको हल्ला गर्माइरहेको छ । तर सुन्दरीले त्यो कुरो अस्वीकार गरेकी छन् । रणवीरसँग उनको सम्बन्ध भावनात्मक मात्रै हो रे ।

उनले रणवीर साथी मात्र भएकोमा जोड दिएकी छन् । 'उनी फिल्म उद्योगमा मेरा असल साथी मात्र हुन् । हाम्रा भोगाइ समान छन् । हामी सँगै डुल्न जान्छौं, सँगै कफी पिउँछौं,' अनुष्काले भनेकी छन्, 'खाना पनि सँगै खान्छौं र साथीहरू पनि उनै छन् । हाम्रो सम्बन्ध पूर्णतः भावनात्मक छ ।'

बलिउडमा आफ्ना साथी उति सार्‍हो नभए पनि अनुष्कालाई चिन्ताचाहिँ छैन है । 'मित्रता ठूलो कुरा हो । रणवीर जस्तो अर्को राम्रो साथी मसँग छैन,' उनले भनेकी छन्, 'समान विचार भएकाहरूबीच मित्रता हुन्छ । मुम्बईमा मेरा जम्मा पाँच साथी छन्, तीमध्ये फिल्म उद्योगबाट रणवीरसहित दुईजना छन् ।' हेरौं, उनीहरूको भावनात्मक सम्बन्धले के चमत्कार गर्छ । साभार : इ कान्तिपुर

चिरबिर चिरबिर, become a fan on फेसबुक

तपाइका केही शव्दहरू

Advertisement

पछिल्ला पोष्टहरू

पत्रपत्रिकाबाट

आफ्नै कुरा

कविता

गजल

ADSADAS ADFS ADSA DSADADSADADS SDSAD SDS ADS ADSAASD

कविता

गजल

Advertisement