आज

कुवेत दूतावासमा १९२ महिला आश्रित

By Masti Entertainment - Monday, April 18, 2011

होम कार्की - काठमाडौ, वैशाख ६ - कुवेतमा गैरकानुनी रूपमा घरेलु कामदारमा कार्यरत झन्डै दुई सय महिला त्यहाँको नेपाली दूतावास सेल्टरमा उद्धारका लागि बसिरहेका छन् । कुवेती मालिकको घरबाट भागेर आएका उनीहरूलाई सुरक्षाका लागि दूतावासले 'सेल्टर हाउस' मा राखेको हो । ती महिलाले साहूले श्रम शोषण र तलब नदिएकाले भागेर आएको बताएका छन् । 'सेल्टरमा आउने नेपाली महिलाको संख्या दिनहुँ बढ्दो छ, अहिले एक सय ९२ जना पुगिसके,' कुवेतका लागि नेपाली राजदूत मधुवन पौडेलले भने, 'बल्लबल्ल ३/४ जनालाई स्वदेश पठायो, फेरि १० जना आइपुग्छन् ।'

दूतावासले महिलाको संख्या बढ्दै गएपछि छुट्टै घर भाडामा लिई सेल्टर व्यवस्था गरेको हो । 'पहिला दूतावासमै राखिएको थियो, संख्या बढेपछि पानी, आवासको समस्या भयो,' उनले भने, 'घर भाडामा लिई राखिएको छ ।' शरणमा आउने सबैजसो महिला कामदार श्रम स्वीकृति नलिई अवैध रूपमा कुवेत पुगेका छन् । सेल्टरमा रहेकामध्ये कोही १० महिनादेखि बस्दै आएका पनि छन् । 'सबै महिलालाई मुद्दा लागेको छ, मुद्दा टुंगो लाग्न निकै समय लाग्छ,' उनले भने, 'उनीहरूलाई राख्न निकै खर्चिलो छ ।'

आन्तरिक मामिलाअन्तर्गत त्यहाँको हाउसमेड डिपार्टमेन्टले हेर्ने हुँदा परराष्ट्र हुँदै जाँदा प्रक्रिया ढिला हुने गरेको छ । सेल्टरमा बस्ने कामदारको खाना र सेल्टर खर्च एउटा बिमा कम्पनीले बेहोरिरहेको छ । 'मासिक खर्च १५ लाख रुपैयाँभन्दा बढी छ,' पौडेलले भने ।

दूतावासलाई सरकारले सेल्टर हाउस र कामदार उद्धारको खर्च पठाएको छैन । २५/२५ जनाको दरले उनीहरूलाई स्वदेश पठाउने प्रयास भए पनि सफल हुन नसकेको दूतावासले जनाएको छ । महिला भएकाले सेल्टरको सुरक्षा व्यवस्था कडा गरिएको छ । कुवेतमा करिब ५१ हजार नेपाली कामदार छन् । तीमध्ये ८० प्रतिशतभन्दा बढी महिला कामदार छन् । साभार : इ कान्तिपुर

चिरबिर चिरबिर, become a fan on फेसबुक

तपाइका केही शव्दहरू

Advertisement

पछिल्ला पोष्टहरू

पत्रपत्रिकाबाट

आफ्नै कुरा

कविता

गजल

ADSADAS ADFS ADSA DSADADSADADS SDSAD SDS ADS ADSAASD

कविता

गजल

Advertisement