आज

एक्सनमै मात्र जोड

By Masti Entertainment - Sunday, April 17, 2011

सुशील पौडेल - काठमाडौ, वैशाख ५ - अहिले सहरका भित्ताभित्तामा दुई नायकहरू आमनेसामने भएको देख्न सकिन्छ । सर्वांग कालो पहिरनमा कालै फेटा बाँधेका राजेश हमाल र विराज भट्टलाई क्षणभरमै लड्नका लागि तयार जस्तो मुद्रामा 'प्रहार' को प्रचार पोस्टरमा देख्नेलाई अहिल्यै त्यो फिल्म हेर्न जाउँ लाग्न सक्छ । पोस्टरले एक्सन फिल्मका हिमायतीलाई त झन् तान्छ ।

सानु शाक्य निर्देशित 'प्रहार' मा अर्जुन (राजेश) गाउँलेको हकहितका लागि लड्ने एक सच्चा देशभक्त हुन्छ । जसको जोत, उसको पोतको नारासहित किसानको भूस्वामित्वका लागि लड्दा जमिनदारको षड्यन्त्रबाट उसले पत्नी त गुमाउँछ । उसका नाबालक छोराछोरी बेखबर पारिन्छन् । प्रतिशोधमा जमिनदारलाई मार्दा अर्जुन जेल पर्छ ।

शिवम् अधिकारी लिखित कथा अनि २० वर्षपछि धकेलिन्छ । तिनै छोराछोरीमध्येका सूर्य (विराज) लाई दिदी किरण (शुभेच्छा) ले दुःखजिलो गरी हुर्काई, पढाउँछे । सूर्य प्रहरी इन्स्पेक्टर बन्न सक्षम हुन्छ । उता अर्जुन सजाय भुक्तान नहुँदै जेलबाट फरार भएपछि अपराधी मानिन्छ । परिबन्दले बाबु र छोराको भिडन्त निम्तिन्छ । दर्शकहरूलाई सम्बन्धका बारेमा जानकारी भए पनि दुई पात्रलाई भने थाहा भइसकेको हुँदैन ।

'प्रहार' लाई पूर्णतः एक्सनप्रधान बनाउन खोजिएको छ । एनबी महर्जनको द्वन्द्व निर्देशन रहेको फिल्म विषयगत रूपमा सबल भने छैन । त्यसो त महर्जनले कुनै नयाँ द्वन्द्व कलाको प्रयोग पनि गरेको देखिँदैन । नायिका रेखालाई समेत उनले चार-पाँच खलपात्रको रामधुलाइमा उतारे पनि त्यो विश्वसनीय बन्न सकेको छैन । सन्ध्याको पात्रमा देखिएकी रेखाले विराजकी प्रेमिकाको भूमिका निर्वाह गरेकी छन् ।

गीत/संगीत मध्यम छ । तर पाश्र्व संगीत चर्को सुनिएको छ । महेश खड्काको संगीत रहेको 'प्रहार' मा पाश्र्व संगीत भने सम्राट थापाले दिएका हुन् । फिल्ममा प्रायः घटनाको सूक्ष्म अध्ययन नगरिँदा पनि प्रस्तुति फितलो बन्न पुगेको छ । त्यसलाई बनिष शाहको कमजोर सम्पादनले मद्दत पुर्‍याएको छ ।

केही दृश्यको 'टाइमिङ' मिलेको छैन । कुनै घटना ढिलो गरी दृश्यमा आउँछन्, केही हतारमा । त्यस्तै, मार्मिक बन्न सक्ने कतिपय दृश्यमा मिहिनेत नगरी फटाफट घटना मात्रै घटाउँदै जाँदा फिल्म यान्त्रिक बनेको छ । नाबालक दिदीभाइ सम्मिलित दृश्य कामचलाउ मात्रै बनाइएको छ । फिल्मले बाध्यताले बार डान्सर हुनुपर्दाको पीडा पनि देखाउन खोजिएको छ ।

पात्रलाई भन्दा व्यक्तिलाई महत्त्व दिइएको 'प्रहार' मा विराज र राजेश हाबी बन्न पुगेका छन् । विराज हातमा पेस्तोल लिएर हावामा गोली पड्काउँदै 'राम्रो काम गर्छौ गुट गर्छु, खराब काम गर्छौ सुट गर्छु' भन्दै हिंड्छन् । फिल्ममा पात्रलाई यतिसम्म अन्याय गरिएको छ, आमनेसामने हुँदा यी दुई बाबुछोरा नै लाग्दैनन् । छोरो नाबालक हुँदा राजेश जस्ता देखाइएका छन्, त्यही छोराले विराजको रूप लिइसक्दा पनि उनको पोसाकमा बाहेक अरु कुनै परिवर्तन छैन । संवाद भने दर्शक उचाल्ने खालका जुझारु बनाइनु फिल्मको सबल पक्ष हो । फाइट रुचाउनेहरूलाई पनि 'प्रहार' राम्रो बहाना हुन सक्छ ।

फिल्म समीक्षा

प्रहार

निर्देशकः सानु शाक्य

कलाकारः राजेश हमाल, विराज भट्ट, रेखा थापा, शुभेच्छा थापा

साभार : इ कान्तिपुर

चिरबिर चिरबिर, become a fan on फेसबुक

तपाइका केही शव्दहरू

Advertisement

पछिल्ला पोष्टहरू

पत्रपत्रिकाबाट

आफ्नै कुरा

कविता

गजल

ADSADAS ADFS ADSA DSADADSADADS SDSAD SDS ADS ADSAASD

कविता

गजल

Advertisement