आज

पर्यटन वर्ष प्रवर्द्धन गर्न मोटर र्‍याली

By Masti Entertainment - Sunday, April 17, 2011

निर्मल श्रेष्ठ - हङकङ, वैशाख ५ - पर्यटन वर्ष सुरु भएको तीन महिनापछि हङकङमा शनिबार मोटर र्‍यालीको आयोजना गरी यसको प्रचारप्रसार थालिएको छ । हङकङकै अग्लो टापुमध्येको 'भिक्टोरिया पिक' बाट सुरु भएको र्‍याली करिब ३० किलोमिटर यात्रापछि वेस्ट काउलुनमा पुगी टुंगिएको थियो । पिक यहाँको मुख्य पर्यटकीय थलोमध्येको हो ।

नेपाल विश्वभरका पर्यटक स्वागतका लागि तयार रहेको सन्देश दिन र्‍याली आयोजना भएको हो । र्‍यालीमा सहभागी मोटर भ्रमण वर्षका लोगो र नेपालका मुख्य पर्यटकीय आकर्षणसहितका तस्बिरले छोपिएका थिए । मोटरमा टाँसिएको प्रवर्द्धनात्मक स्टिकर भ्रमण वर्षभरि प्रयोग हुने बताइएको छ । हङकङस्थित महावाणिज्यदूत विनोदकुमार उपाध्यायले सरकारको आह्वानलाई सफल पार्न सांकेतिक अनुरोधसहित मोटरको चाबी गैरआवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष जीवा लामिछानेलाई हस्तान्तरण गरेका थिए । कार्यक्रम एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद्को सहभागितामा स्थानीय होलिडे नेपाल ट्राभल्स एन्ड टुर्सले आयोजना गरेको हो ।

नेपालले राष्ट्रिय अभियानकै रूपमा अघि सारेको पर्यटन वर्षलाई सफल पार्न गैरआवासीय नेपालीहरूको महत्त्वपूर्ण भूमिका रहेको एनआएनका उपाध्यक्ष लामिछानेले बताए । 'हामीले सरकारको अभियानमा हातेमालो गर्ने प्रतिबद्धता जनाइसकेको छौं,' लामिछानेले भने, 'यसलाई हामी विश्वव्यापी अभियानका रूपमा अघि बढाउँछौं ।' रसियामा बसोबास गर्ने लामिछाने कान्तिपुर टेलिभिजनका निर्देशकसमेत हुन् ।

कार्यक्रम आयोजक पर्यटन व्यवसायी कृष्ण पाण्डेले लक्षित पर्यटकको नेपालप्रति ध्यानआकर्षण गराउन र्‍याली गरिएको जनाए । 'विदेशमा रहने प्रत्येक नेपाली मुलुकका स्वःघोषित दूत हुन्,' निजी खर्चमा प्रयास थालेका उनले भने, 'अन्तर्राष्ट्रिय व्यापारिक केन्द्रमा आउने विश्वभरका पर्यटकको सानो समूह मात्र पनि आकषिर्त गर्न सके हाम्रो प्रयास सार्थक हुनेछ ।' पाण्डे एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद्का हङकङ प्रतिनिधिसमेत हुन् ।

महावाणिज्यदूत उपाध्यायले भने बजेटका अभावमा प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गर्न नसकिएको बताए । उनले विगतका तुलनामा हङकङबाट नेपाल भ्रमणमा जाने पर्यटकको संख्या भने बढेको बताए । १० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित २०६७ पुस ३० गते 'पर्यटन वर्ष २०११' को औंपचारिक शुभारम्भ भएको हो । एक दशक लामो हिंसात्मक द्वन्द्वबाट आक्रान्त मुलुकको धुमिल छविलाई उजिल्याउने ठूलो अवसरका रूपमा यसलाई लिइएको छ ।साभार : इ कान्तिपुर

चिरबिर चिरबिर, become a fan on फेसबुक

तपाइका केही शव्दहरू

Advertisement

पछिल्ला पोष्टहरू

पत्रपत्रिकाबाट

आफ्नै कुरा

कविता

गजल

ADSADAS ADFS ADSA DSADADSADADS SDSAD SDS ADS ADSAASD

कविता

गजल

Advertisement