आज

भारतीय लगानीलाई सुरक्षा आवश्यक’

By Masti Entertainment - Thursday, April 21, 2011

गोकर्ण अवस्थी - काठमाडौ, वैशाख ९ - नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एसएम कृष्णाले भारतीय लगानीको सबै प्रकारको सुरक्षा हुनुपर्ने बताएका छन् । भारतीय विदेश मन्त्रालयको वेबसाइटमा राखिएको वक्तव्यमा नेपाल सरकारले भारतीय लगानी भित्र्याउन विश्वासको वातावरण बनाउनुपर्ने उल्लेख छ ।

'नेपालमा पुँजी र रोजगारी दिएका भारतीय लगानीको सबै प्रकारको सुरक्षा हुनुपर्छ भन्ने धारणा नेपालको नेतृत्वसमक्ष राखेको छु,' वक्तव्यमा भनिएको छ ।यसअघि बिहीबार बिहान नेपाल-भारत उद्योग वाणिज्य संघ -निक्की) का पदाधिकारीले नेपालमा भारतीय लगानीको अवस्था र युनाइटेड टेलिकम -युटिएल) को बक्यौता रोयल्टीबारे कृष्णालाई अवगत गराएका थिए । उक्त भेटघाटबारे सञ्चारमाध्यमलाई संक्षिप्त जानकारी दिएका भारतीय विदेश मन्त्रालयका प्रवक्ता विष्णु प्रकाशले भारतीय लगानीका लागि उपयुक्त वातावरणबारे छलफल भएको बताएका थिए ।

वेबसाइटमा राखिएको वक्तव्यमा युटिएलको बक्यौतासम्बन्धी विषयमा उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीले पूर्वसहमतिअनुसार गर्ने आश्वासन दिएको उल्लेख छ । 'उपप्रधान तथा अर्थमन्त्री अधिकारीले दुई सरकारबीच भएको पूर्व सहमतिअनुसार युटिएलको विषयको जतिसक्दो चाँडो सौहादर््रपूर्ण रूपमा समाधान खोज्ने बताएका छन्,' उनको वक्तव्यमा भनिएको छ । दुई सरकारबीच भएको सहमति भने वक्तव्यमा खुलाइएको छैन ।भारतीय लगानीमा बनिरहेका जलविद्युत् आयोजनामा विशेषगरी माओवादीले गरिरहेको अवरोधबारे निक्कीका पदाधिकारीसँग छलफल भएको बैठकमा सहभागी एक सदस्यले

बताए । माथिल्लो कणर्ालीलगायत भारतीय लगानीका आयोजनामा अवरोध भइरहेको छ । निक्कीका अध्यक्ष संजीव केशवाले नेपालको जलविद्युत्मा भारतीय लगानी आउन सक्ने सम्भावना रहेको बताए । 'नेपालको जलविद्युत्मा लगानी आउन सक्छ,' उनले भने, 'तर यहाँ सञ्चालित संयुक्त लगानीमा धेरै समस्या भोगिरहेकाले तत्काल त्यसको समाधान हुनुपर्छ ।'लगानीको सुरक्षा र व्यापार विस्तारको विषय समेटिएको द्विपक्षीय लगानी संरक्षण तथा प्रवर्द्धन सम्झौता -विपा) का बारे पनि कृष्णाले चासो राखेका छन् । 'विपा र दोहोरो कर नलाग्नेसम्बन्धी सम्झौता पनि चाँडो होस् भन्ने विषय पनि नेपालको नेतृत्वसमक्ष राखेको छु,' वक्तव्यमा उल्लेख छ ।

विपाको विषय करिब ५ वर्षदेखि छलफलमा आए पनि अझै मन्त्रिपरिषद्ले पारित गरिसकेको छैन । यसैगरी दोहोरो करसम्बन्धी विषय पनि पारित भएको छैन ।भारत नेपालमा सबैभन्दा ठूलो लगानी गर्ने देश भएकाले त्यहाँको लगानी हतोत्साहित गर्न नहुने धारणा कृष्णाको छ । 'भारतीय लगानी आउन तयार छ तर संयुक्त लगानीका कम्पनीले उनीहरूले भोग्नुपरेका समस्या बताएका छन्,' उनले भने, 'नेपाल सरकारले पनि यसलाई हेर्ने बताएको छ ।'

नेपालको तीनदिने भ्रमणमा आएका कृष्णाले शुक्रबार वीरगन्ज-रक्सौलमा बन्दै गरेको एकीकृत भन्सार केन्द्रको अवलोकन गर्नेछन् । उनी शुक्रबार नै स्वदेश र्फकने कार्यक्रम छ ।साभार : इ कान्तिपुर

चिरबिर चिरबिर, become a fan on फेसबुक

तपाइका केही शव्दहरू

Advertisement

पछिल्ला पोष्टहरू

पत्रपत्रिकाबाट

आफ्नै कुरा

कविता

गजल

ADSADAS ADFS ADSA DSADADSADADS SDSAD SDS ADS ADSAASD

कविता

गजल

Advertisement