आज

दिनहुँ ६ लिटर पानी पिउँछु

By Masti Entertainment - Thursday, April 21, 2011

फूलमान वल - काठमाडौ, वैशाख ९ - एकनासको दैनिकी छैन । कम्तीमा बिहान साढे ६ बजेसम्ममा उठिसक्छु । उठ्नेबित्तिकै दुई गिलास पानी चाहिन्छ । ब्रस गरेपछि पूजाआजतिर लाग्छु । पत्रपत्रिका पढ्दै एक कप दूधचिया पिउँछु । मर्निङवाक जाँदिनँ । घरमै दस मिनेटजति ट्रेडमिलमा कुद्छु । फूल बढी नै रिपस हुन्छ । एकछिन् आराम गरेपछि रामदेवको योग गर्छु । अनुलोमविलोम, प्रणायम, सर्वांग आसन, धनु आसनलगायत दस-पन्ध्रवटा भेराइटी गर्छु । आधा घन्टे योगपछि कालो चिया पिउँछु । यसको १५ मिनेटपछि हट लेमन विथ हनी लिन्छु ।

सुटिङको बेला बाहेक ब्रेक फास्ट खाने बानी छैन । १२ देखि साढे १२ बजेभित्र खाना खान्छु । पहिले निकै मासुको खान्थें, अहिले घटाएकी छु । साग, गुन्द्रुकको झोल, आलु-केराउको रसवाला तरकारी र कालो दाल मन पराउँछु । वर्षमा दुइटा जति मात्रै फिल्म खेल्ने योजना छ । चार दर्जन बढी फिल्म खेलिसकेछु । भर्खरै 'नयाँ नेपाल एक्स्प्रेस'को डबिङ सकाएँ । एउटा नयाँ फिल्मको कुरा भइरहेको छ ।

फुर्सदमा फिल्मसम्बन्धी म्यागेजिन र किताब पढ्छु । पढ्नचाहिँ एकान्त चाहिन्छ । बत्ती हँुदा फिल्म र सिरियल बढी हेर्छु । हिन्दी कमेडी सिरियलमा मन बसेको छ । छोरासँग बसेर अंग्रेजी फिल्म पनि हेर्छु । आजै

-बुधबार) 'ह्यारी पोटर' को पछिल्लो संस्करण हेरें । निकै रोचक फिल्म छ यो । काठमाडौंमा रिलिज भएको छैन । अविनाश श्रेष्ठको कथा संग्रह 'तानिया, इन्द्रकलम र अन्धकार' पढ्दै छु ।

दिउँसोको खाजा खासै विशेष छैन । एउटा स्याउ खान्छु, नभए अलिकति जुस । दिउँसो चिया खाँदै खान्नँ । पानीचाहिँ प्रशस्तै पिउँछु । दिनभरमा ६ लिटर

जति । पानीले शरीरलाई सधैं स्फुर्तिलो बनाउँदो रहेछ । निकै बोर लाग्यो भने साथीहरूको जमघट गराउँछु । कहिले उनीहरूकोमा कहिले आफ्नैमा । फिल्म लाइनभन्दा बाहिरका साथीहरू छन् । हप्तामा एकपटक जति बियर खान्छु । काल्र्सवर्ग एकदमै मन पर्छ । दुई बोतलजति सिध्याउँछु । जाडो महिनामा प्रायः मुम्बई र गोवा जान्छौं घुम्नलाई, यसपटक जान पाइएन । ककनीको ट्राउट माछा पनि मनपर्छ । नगरकोट पनि गइदिन्छु साथीहरूसँग ।

बेलुका साढे सातभित्र खाना खाइसक्छु । घरमा आमा, उहाँ

-पति कृष्ण मल्ल), छोरो र एक सहयोगी छन्् । सबैभन्दा अगाडि खानेमा मै पर्छु । साँझको खानामा कहिल्यै उहाँ -पति) सँग भेट हँुदैन । उहाँ अफिस

-विज्ञापन एजेन्सी) तिरै व्यस्त रहनुहुन्छ । टेलिभिजन खोल्ने योजनातिर पनि गरिरहेका छौं । पहिले हाम्रो कालोपुलमा प|mोजन मःम र ससेज फ्याक्ट्री थियो । भाउजू बाहिर जानुपर्ने भएकाले एक वर्षदेखि बन्द छ । राम्रोसँग चलिरहेको थियो, फेरि सञ्चालन गर्नेबारे सोच्दै छौं ।

साँझ खानापछि समाचार र सिरियल हेर्ने बानी छ । सबै जम्मा भएपछि दिउँसो आ-आफूले गरेका कामबारे छलफल हुन्छ । फेमिली मिटिङ क्या । सुत्ने ठ्याक्कै रुटिन छैन । छिटोमा १२ बजे । सुत्ने बेला किताब पढ्नै पर्छ, निद्रै लाग्दैन, कमिक्स मात्रै भए पनि पढेको जस्तो गर्नुपर्छ ।

जीवनमा खुसी हुन जान्नु पर्दोरहेछ । स-साना कुराहरूमै खुसी भइरहेकी हुन्छु । आज

-बुधबार) चाहिँ निकै दुःखी भएँ- मीरा आचार्य दिदी -हरिवंश पत्नी) को निधनले गर्दा । मैले रेडियो नेपालमा नाटक पनि गरें नि । त्यहाँ इन्ट्री हँुदा मीरादिदीले नै अन्तर्वार्ता लिनुभएको थियो । उहाँको निधनको विश्वासै गर्न सकिनँ । अस्ति भर्खरै रातोपुलमा कारमा भेटेकी थिएँ । उहाँले मलाई हात हल्लाउनुभएको थियो । त्यो दृश्य मात्रै सम्भिmरहें । घाटमा जानै सकिनँ । साभार : इ कान्तिपुर

चिरबिर चिरबिर, become a fan on फेसबुक

तपाइका केही शव्दहरू

Advertisement

पछिल्ला पोष्टहरू

पत्रपत्रिकाबाट

आफ्नै कुरा

कविता

गजल

ADSADAS ADFS ADSA DSADADSADADS SDSAD SDS ADS ADSAASD

कविता

गजल

Advertisement