भिसी तुलबहादुर पुनको निधन
By Masti Entertainment - Wednesday, April 20, 2011
लण्डन, वैशाख ८ - भिक्टोरिया क्रस विजेता तुलबहादुर पुनको ९२ वर्षको उमेरमा बुधबार मृत्यु भएको छ। आफ्नै जन्मथलोमा म्याग्दीको तिब्ल्यांगस्थित घरमा बुधबार राति ११ बजे उनको मृत्यु भएको पुनका जेठा छोरा अर्जुन पुनले जानकारी दिए। पुन मुटुको समस्याबाट पीडित थिए। बेलायतस्थित चिज्विक वार मेमोरियल होममा बस्दै आएका पुन गत महिना नेपाल फर्केका थिए।
"घरमा कुल पूजा लगाउने उहाँको धोको थियो त्यो पनि लगायौँ। गाउँले इष्टमित्र सबैसित उहाँले राम्रो बातचित गर्नुभयो। बुधबार बिहान पनि गाउँलेहरुसित राम्ररी कुरा गर्नुभयो तर राति अचानक श्वाशप्रश्वासमा समस्या भयो," छोरा अर्जुनले भने।
सन् १९४० मा बेलायती सेनामा भर्ती भएका पुनले दोस्रो विश्वयुद्धमा बर्माको लडाइँमा अद्वितीय युद्धकला प्रदर्शन गरेवापत बेलायतको सर्वोच्च सैन्य पदक भिक्टोरिया क्रस पाएका थिए। उनी भिसी पाउने जीवित दुई गोरखामध्ये एक थिए। केही महिना पूर्व अर्का भिसी लछुमन गुरुङको निधन भइसकेको छ भने अब बोनियोको लडाइँमा भिसी पाएका रामबहादुर लिम्बु मात्र जीवित छन्।
स्वास्थ्योपचारका लागि बेलायत जान भिसा आवेदन गर्दा भिसा अस्वीकृत भएपछि चर्चामा आएका पुनलाई गोरखा भूपू सैनिक संघ (गेसो), हलिउडकी अभिनेत्री जोना लुम्ले र बेलायती जनताले विशेष पहल गरेका थिए। अभिनेत्री लुम्लेले उनलाई पिता मान्थिन्। उनी गोरखाहरुको न्यायिक आन्दोलनमा पनि सक्रिय थिए।
उनका श्रीमती दुई छोरा र आठ छोरी छन्। - नरेश खपाङ्गी मगर साभार : नागरिक न्यूज