आज

एक बालकमाथि दुई पुरुषको दाबी, दुवै भन्छन्- ‘छोरा मेरो'

By कृष्णपक्ष थापा - Saturday, May 7, 2011

बर्दिवास, वैशाख २६- साढे दुई वर्षको एक बालकको बाबु आफै भएको दाबी दुई पुरुषले गरेपछि अन्यौल भएको छ। चन्दन साह नामका बालकलाई जिल्लाको पडौल-३ का रामबाबु साह र धनुषा सपही-९ का सञ्जीव साहले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा भएको छलफलमा आआफ्नो छोरा भएको दाबी गरेका हुन्।


सपही-९ का सञ्जीवले आफ्नी पत्नी रीनादेवी र छोरा चन्दनलाई पडौल-३ का रामबाबुले भगाएर बेपत्ता बनाएको उजुरी दिएका आधारमा जिप्रका महोत्तरीले हिजो दुवैथरिलाई कार्यालयमा भेला गराउँदा यस्तो दाबी आएको प्रहरी नायब उपरीक्षक रामेश्वर यादवले जानकारी दिए।
सञ्जीवले आफ्नी पत्नी र छोरालाई चार महिनाअघि रामबाबुले भगाएको आरोप लगाए पनि रामबाबु र रीनाले भने चार वर्षअघि नै आफूहरुले राजीखुसी बिहे गरेको बताएका छन्।

रीनाले रामबाबुसँगको सम्बन्धबाट छोरा चन्दन जन्मेको बताएकी छिन् भने सञ्जीवले आफ्नी पूर्वपत्नी रीनाले गलत बयान दिएर आफ्नो सन्तान अरुलाई सुम्पिन खोजेकी आरोप लगाएको जिप्रका महोत्तरीले जनाएको छ।

नौ वर्षअघि सञ्जीवसँग बाबुआमाले बिहे गरिदिए पनि आफूले चारवर्षअघि नै उनलाई छाडेर रामबाबुसँग बिहे गरेपछि चन्दन जन्मेको रीनाको भनाइमा रामबाबुले समर्थन जनाएका छन्।

एउटा अबोध बालकमा दुईजनाले आफू बाबु भएको दाबी गरेपछि दुवैको डिएनए र बालकको डीएनए परीक्षण गराई अदालती प्रक्रियाबाट नाता छिन्न सुझाव दिइएको प्रनाउ यादवले बताए।

आफ्नो छोरा भएको दाबी गर्ने सञ्जीवले चन्दनको जन्मटिप्पणी र आफू रीना तथा चन्दनसँगै भएको फोटो प्रमाणका रुपमा पेस गरेका छन्। तर रीनाले ती दुवै प्रमाण गलत भएको बताएकी छिन्।

एउटा बालकमाथि दुई पुरुषको दाबीको कुरा जिल्लामा नौलो भए पनि जिप्रका महोत्तरीले भने दुई वर्षअघि यस्तै विवाद डिएनए परीक्षणबाट छिनोफानो भएको जनाएको छ। -गोपालप्रसाद बराल/ रासस

चिरबिर चिरबिर, become a fan on फेसबुक

तपाइका केही शव्दहरू

Advertisement

पछिल्ला पोष्टहरू

पत्रपत्रिकाबाट

आफ्नै कुरा

कविता

गजल

ADSADAS ADFS ADSA DSADADSADADS SDSAD SDS ADS ADSAASD

कविता

गजल

Advertisement