आज

तीन कन्या र काबुलीवाला

By Masti Entertainment - Sunday, May 8, 2011

काठमाडौ, वैशाख २६ - साहित्य प्रेमीका लागि रवीन्द्रनाथ टैगोर नौलो नाम होइन । राजधानीमा यतिबेला तिनै रवीन्द्रनाथ सम्झनाका पात्र बनिरहेका छन्, फिल्म, संगीत र नाटकमार्फत । भारतीय दूतावास, आनन्दलोक र बिपी कोइराला नेपाल-भारत फाउन्डेसनले आयोजना गरेको चारदिने रवीन्द्रनाथ टैगोर महोत्सवको दोस्रो दिन टैगोरको कथामा आधारित दुई फिल्म 'तीन कन्या' र 'कावुलीवाला' देखाइए ।

चर्चित भारतीय निर्देशक सत्यजित रे निर्देशित 'तीन कन्या' टैगोरका तीन फरकफरक कथामा आधारित फिल्म हो । तीनवटा लघु चलचित्रलाई मिसाइएको फिल्म आधा शताब्दीअघि निर्माण गरिएको थियो, जसमा नारी संवेदना, रहस्य र प्रेमलाई समान रूपमा उठाइएको छ । बंगाली भाषाको चलचित्र 'द पोस्ट मास्टर', 'मोनिहारा' -द लस्ट जेवेल्स) र 'समाप्ति' -द कन्क्लुजन) गरी तप्न चरणमा बाँडिएको छ ।

'द पोस्ट मास्टर' मा कोलकाताबाट दुर्गम गाउँमा काम गर्न आउँदा हुलाक कर्मचारी नन्दलालसँग उनकै सहयोगी बालिका रतनको भावनात्मक निकटतालाई देखाइएको छ । सहरी परिवेशमा हुर्केको नन्दलाल गाउँमा फिटिक्कै टिक्न सक्दैनन् र उनी सहर फर्किने दिन मात्रै सम्भिmरहेका हुन्छन् । पकाइ-तुल्याई गरिदिने, पानी ल्याइदिने र कपडा धोइदिने सानी टुहुरी बालिका रतन भने नन्दलालसँग भावनात्मक रूपमा नजिकिन्छन् । अभिभावकविहीन रतनलाई नन्दलालले लेखपढसमेत सिकाइदिएको हुन्छ ।

सहर फर्किने दिन नन्दलालले रतनलाई जब टिप्सस्वरूप पैसा दिन खोज्छ, तब रतन भावुक हुन्छिन् र पानी नझिकी इनारछेउ रोइबस्छिन् । अभिभावक र बालबालिकाबिचको प्रेमलाई देखाउन खोजिएको फिल्ममा सहर र गाउँबीचको मानसिकता भिन्नतासमेत प्रस्ट्याउन खोजिएको छ ।

'मोनिहारा' भने भूतप्रेतको सन्दर्भ जोडिएको रहस्यात्मक फिल्म हो । यसमा नारीहरू गहना र धनसम्पत्तिप्रति कति मरिहत्ते गर्छन् भन्ने सन्दर्भमा उठाइएको छ । कोलकाता छेउकै एउटा सुन्दर बंगलामा बस्ने फानीभूषण र उनकी सुन्दरी पत्नी मानीमालिकाको वरिपरि घुम्ने फिल्ममा मानीमालिकालाई गहनालोलुप नारीको भडकएको आत्मको रूपमा देख्न

सकिन्छ । सधंै श्रीमान्बाट गहना मात्रै लिन रुचाउने बदलामा चिसो प्रेम पस्किने उनी एक दिन श्रीमान् कोलकाता गएको मौका पारी गहनासहित अलप हुन्छिन् र पछि तिनै केटी आत्मको रूपमा आएर फानीभूषणलाई तर्साइरहन्छन् ।

भारतमा समान्तवादको जगजगी भएको बेलाको यो कथा अहिलेका सन्दर्भमा भने नारीलाई होच्याउने अर्थ लाग्न सक्छ । फिल्ममा मानीमालिका दरबारभित्र कैद कठपुतली जस्तो मात्रै लाग्छ । निम्नवर्गीय परिवारबाट आएकी उनलाई सधंै धनको लोभलालचमा फस्ने पात्रको रूपमा उभ्याइएको छ । फिल्मले भूतप्रेतको अस्तित्वमाथि पनि बहस गर्न खोजेको छ । घुम्दै हिँड्ने क्रममा बाटोमा भेटिएका एक अपरिचितलाई भूतप्रेतमा विश्वास नगर्ने एक शिक्षकले 'फानीभूषण र मानीमालिका' को कथा सुनाइरहेका हुन्छन् । फिल्म खासमा शिक्षकले सुनाउने यही कथा हो । कथा सकिनेबित्तिकै घुम्टो ओडेको अपरिचत व्यक्ति रहस्यमय ढंगले एकाएक गायब हुन्छन् र शिक्षक डरले थुरथुर । भूतलाई विश्वास नगर्ने उनी स्वयं भूतलाई कथा सुनाइरहेका हुन्छन् ।

'समाप्ति' एक पागल केटीको कथा हो । कोलकाताबाट कानुन पढेर बिदामा घर गएका अमूल्यको बाढीबाट परिवार सबै गुमाएपछि पागल बनेकी एक युवतीसँग प्रेमपर्छ । घरको इच्छा अर्कै युवतीसँग बिहे गर्ने भए पनि उनले पागललाई नै रोज्छिन् र अन्ततः प्रेममा डुबेपछि पागल युवती पहिलेकै अवस्थामा फर्किन्छन् ।

समान्य ढंगले असाध्यै शक्तिशाली दृश्य विम्बहरू पकिस्ने सत्यजितको शैली यो फिल्ममा पनि देख्न सकिन्छ । आइतबारै हेमन गुप्ता निर्देशित 'काबुलीवाला' पनि देखाइयो । टैगोरको चर्चित कथा 'काबुलीवाला' माथि बनेको यो फिल्ममा साइकलबाट फलफूलको फिरन्ते व्यापार गर्न अफगानिस्तानबाट कोलकाता आएका अब्दुर रेहमान खान र एउटी सानी बंगाली बालिका मिनीसँगको भावनात्मक सम्बन्ध उतारिएको छ । निम्नवर्गीय अब्दुर मिनीलाई काबुलमा रहेकी आफ्नै सानी छोरीको रूपमा सम्झेर प्रेम गर्छन् ।साभार : इ कान्तिपुर

चिरबिर चिरबिर, become a fan on फेसबुक

तपाइका केही शव्दहरू

Advertisement

पछिल्ला पोष्टहरू

पत्रपत्रिकाबाट

आफ्नै कुरा

कविता

गजल

ADSADAS ADFS ADSA DSADADSADADS SDSAD SDS ADS ADSAASD

कविता

गजल

Advertisement