आज

प्रभावकारी भएन पशुपति विकास गुरुयोजना

By Masti Entertainment - Sunday, May 8, 2011

काठमाडौ, वैशाख २६ - छलफलमै सीमित भएर पशुपति क्षेत्र विकास कोषको दस वर्षे गुरुयोजना यसपालि सकिन लागेको छ । पहिलो योजनामा अपेक्षित काम गर्न नसके पनि कोषले पाँच वर्षे बृहद् योजना बनाएर विकास गतिविधि चलाउने तयारी गरेको छ । यो दस वर्षे गुरुयोजनाको अन्तिम वर्ष हो ।

कोषका सदस्य सचिव सुशील नाहाटाले गुरुयोजना प्रभावकारी हुन नसकेको बताए । उनले सय वर्षसम्मको पशुपति सोचेर योजना बनाउनु पर्ने आवश्यकता औंल्याए । 'ठूला र दीर्घकालीन परियोजनाभन्दा आधारभूत संरचनाको निर्माणको केन्दि्रत भएर पाँच वर्षे योजना बनाउनुपर्ने देखिएको छ', उनले भने । योजना अनुसार मन्दिरको पश्चिम गेटको दुई तले भवन (महास्नान) लाई पशुपतिसम्बन्धी फोटो प्रदर्शनी, योग-अर्चना र ध्यान शिविर, पुस्तकालय र व्यायाम शालाका लागि छुट्याउने भएको छ ।

'पुस्तकालय छ, काम लाग्ने छैन,' सदस्य सचिव नाहाटाले भने । छिमेकी मुलुक भारतको तिरुपतिसहितका मन्दिरमा झैं अन्नदानको पशुपतिमा व्यवस्था नहुँदा भक्तजनले निकै गुनासो गर्दै आएका छन् । कोषले एक साताभित्र इच्छुक भक्तजनक लागि अन्नदान गर्न पाउने गरी व्यवस्था गर्दैछ । कोषले आफ्ना कर्मचारीको एक टोली बनाएर पशुपति दर्शन प्याकेजको व्यवस्था, ई-मेल पूजा तथा पशुपतिनाथको प्रसाद भक्तजनले घरमै पाउने प्रबन्ध गर्न लागेको छ ।

भक्तजनलाई चाहेको सूचना र सेवा दिन बिहान चार बजेदेखि राति आठ बजेसम्म (मन्दिर बन्द नभएसम्म) भण्डार तहबिल कार्यालयलाई खुला राख्नेबारे गृहकार्य थालेको छ । अहिले उक्त कार्यालय बिहान ५ बजेदेखि साँझ ६/७ बजेसम्म खुला रहने गरेको छ । धार्मिक, सांस्कृतिक एवं पुरातात्त्विक महत्त्वका स्मारकहरूले भरिएको पशुपतिनाथ र गुहेश्वरीको संवेदनशील भूमिलाई संरक्षित स्मारक क्षेत्र मानिएको छ तर यो क्षेत्रलाई चिनाउने खालको सूचना बोर्ड भक्तजन र पर्यटकले पालना गर्नुपर्ने नियमबारे कतै केही उल्लेख गरिएको छैन । 'अढाई दशकको इतिहास भएको कोषको यस्ता आधारभूत कुरामा कहिल्यै ध्यान गएन,' सदस्य सचिव नाहाटाले भने, 'यो कार्यलाई अहिले पहिलो प्राथमिकतामा राखेका छौं ।'

कोषको २५ औं रजत महोत्सवमा शुक्रबार उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीले भावी योजनासहितको प्रस्ताव ल्याए सरकारले सघाउने प्रतिबद्धता व्यक्त गरेका थिए । पशुपतिबारे अध्ययन गर्न गठित समितिको सिफारिसका आधारमा कोषले पाँच वर्षे योजनाको तयारी गरेको उनले जनाए ।

योजना अनुसार कोषले गैरहिन्दुका लागि रुद्रगाडेश्वर सत्तलमाथिबाट पशुपतिको दर्शन र अवलोकन गर्न मिल्ने ठाउँ बनाउने तयारी गरेको छ । दर्शनार्थीको सुझाव अनुसार पशुपतिमा चढाइएका सुन, चाँदी र धातुको सिक्कालाई लकेट, सिक्री, औंठी र ब्रासलेट बनाई प्रसादका रूपमा बिक्री वितरण गर्नेबारे पनि कोषले अध्ययन थालेको छ । त्यसका लागि मन्दिरको पश्चिम द्वारमा रहेको राष्ट्रिय वाणिज्य बैंक अन्यत्र सारेर 'सोभिनियर' पसल राख्ने योजनामा छ ।

'सरकारको सहयोग छैन, कोषको योजना ठूलो छ,' सदस्य सचिव नाहाटाले भने,' खर्च मात्र गरेर भए पनि आम्दानीको स्रोतको पहिचान गर्दै जानुपर्ने भएको छ ।' पशुपति क्षेत्रमै बसेर नित्य दर्शन, अध्ययन गर्न चाहने स्वदेशी तथा विदेशीका लागि विश्वरूपा र गोरखनाथ क्षेत्रका सत्तलमा सशुल्क आवास सुविधा उपलब्ध गराउने तयारी पनि कोषले गरेको छ ।

चिरबिर चिरबिर, become a fan on फेसबुक

तपाइका केही शव्दहरू

Advertisement

पछिल्ला पोष्टहरू

पत्रपत्रिकाबाट

आफ्नै कुरा

कविता

गजल

ADSADAS ADFS ADSA DSADADSADADS SDSAD SDS ADS ADSAASD

कविता

गजल

Advertisement