आज

लन्डनको बसमा नेपाल

By Masti Entertainment - Monday, May 23, 2011

लन्डन, जेष्ठ ९ - यो समर सिजनमा विश्वभरका पर्यटकको आकर्षण बनिरहेको छ सेन्ट्रल लन्डन । तिनै हजारौं पर्यटक ओइरिने लन्डनका बसहरुले अचेल नेपाल बोकिरहेका छन् । अर्थात राताम्मे दुई तले (डबल डेकर) बसका भित्ताहरुमा अहिले नेपाल झल्काउने सामाग्रीले स्थान पाइरहेको छ ।

नेपाली राजदूतावास लन्डनले नेपाल पर्यटन वोर्डको सहयोगमा नेपाल पर्यटन वर्ष २०११ सफल पार्न ति बसका भित्तामा पर्यटन वर्ष २०११ को मूल अभिव्यक्ति नेचुरल्ली नेपाल नारा सहितको लोगो छापेर प्रचार प्रसार कार्य तीव्र बनाएका छन् ।

शहरको मुटुमा अवस्थित ट्राफलगर स्क्वायर हुंदै लिभरपुल, वोन्ड स्ट्रिट, केन्जिङ्टन हाई स्ट्रिट र अक्सफोर्ड स्ट्रिट चल्ने करिव १५ वटा दुई तले बसका वाहिरी भागमा नेपाल प्रवद्र्धन सम्वन्धि सामाग्रीले पर्यटकको ध्यान खिचिरहेको छ । बसका भित्ताहरुमा सबैको नजर पर्ने हुंदा ‘आउटडोर’ प्रचार प्रसारका लागि यो शैली अत्यन्तै सशक्त र प्रभावकारी मानिन्छ । यसबाट बेलायती पर्यटक मात्र नभई लण्डन भ्रमणमा आउने विश्वभरकै पर्यटकहरुले नेपालको प्राकृतिक सुन्दरता तथा पर्यटकीय गन्तव्यवारे जानकारी पाइरहेको नेपाली राजदूत डा. सुरेश चन्द्र चालिसेले बताए ।

चालिसेले यूरोपका विभिन्न मुलुक मध्ये अत्यधिक पर्यटकहरु बेलायतबाटै नेपाल जाने भएकाले बेलायतमा अपनाइएको यो नया“ शैलीको प्रचारप्रसारले नेपाल जाने पर्यटकहरुको संख्या उल्लेख्य वृद्धि हुने अपेक्षा व्यक्त गरे ।

यसअघि राजदूतावासले लन्डनवाटै प्रकाशित हुने ‘जोग्राफिकल म्यागेजिन’ मा समेत नेपालको पर्यटन प्रवर्धन सम्बन्धि सामाग्रीहरु प्रकाशित गरेको थियो । रोयल जोग्राफिकल सोसाइटीले प्रकाशित गर्ने उक्त पत्रिका बेलायतमा अत्यन्त लोकप्रिय छ । यस पत्रिकामा प्रकाशित हुने सामाग्री पढेरै सम्बन्धित देशका जनताको जीवन शैली, कला– संस्कृति तथा पर्यटकीय आकर्षणका विभिन्न क्षेत्रवारे जानकारी लिने पाठक अत्यधिक छन् । साभार : इ - कान्तिपुर

चिरबिर चिरबिर, become a fan on फेसबुक

तपाइका केही शव्दहरू

Advertisement

पछिल्ला पोष्टहरू

पत्रपत्रिकाबाट

आफ्नै कुरा

कविता

गजल

ADSADAS ADFS ADSA DSADADSADADS SDSAD SDS ADS ADSAASD

कविता

गजल

Advertisement