"घरबाटै थाल्नुपर्छ"
By Masti Entertainment - Sunday, May 22, 2011
काठमाडौ, जेष्ठ ९ - 'तपाईं आदर्श नारी कसलाई मान्नुहुन्छ ?' मिसेज नेपालका २२ प्रतिस्पर्धीलाई एकसाथ सोधिएको प्रश्नमा धुम्बाराहीकी २२ वर्षीया रोजिना गुरुङले जवाफ दिइन्, 'घर-परिवारको चौघेरा नाघेर देश र समाजका लागि प्रेरणादायी काम गर्ने जो-कोहीलाई पनि आदर्श नारी मान्छु ।'
केही प्रतीकात्मक लाग्ने यही जवाफले रोजिनालाई मिसेज नेपाल २०११ को ताज दिलाइदियो । घरभित्र मात्रै सीमित रहेको नारीको प्रतिभालाई सामाजिक रूपमा बाहिर ल्याई नेतृत्व तहसम्म पुर्याउने ध्येयले ई-प्लानेट नेपालले शनिबार गरेको प्रतियोगितामा उनले ताजसहित ५० हजार रुपैयाँ थापेपछि भनिन्, 'सुरु घरभित्रैबाट गर्नुपर्छ ।'
नेपाली तारा-२ मा उत्कृष्ट छैटौं र नारी गायनतिर उत्कृष्ट समेत भइसकेकी रोजिना नेपाली नारीको वर्तमान अवस्था बुझ्न र सिक्न प्रतियोगितामा भाग लिएकी थिइन् । प्रतियोगिताअन्तर्गत २५ दिने क्लोज क्याम्पमा नारी, लैंगिक सवाल, नेपाली ग्रामीण महिलाको अवस्थाबारे धेरै सिकेको उनले बताइन् । 'काठमाडौंमै हुर्कीबढेकीले मैले त खासै समस्या बेहोर्नुपरेको थिएन,' आइतबारको कुराकानीमा उनले भनिन्, 'तर अझै पनि गाउँ-समाजमा लोग्नेको अनुहार हेर्न नसक्ने र घुम्टोभित्रै जीवन बिताउने महिलाहरू छन् भन्ने थाहा पाउँदा दुःख लाग्दोरहेछ ।'
यस्तो अवस्थालाई बदल्न २१ प्रतियोगीसहित उनले 'हामी सक्छौं' नामक संस्थामार्फत 'चेन्ज मेकर' को रूपमा स्वयंसेवा गर्ने प्रतिबद्धता जनाइन् । 'मुख्य कुरा त शिक्षा र अवसर रहेछ,' उनले भनिन्, 'गाउँमा शिक्षा र अवसर दुवै पुर्याउने हो भने महिला प्रतिभा घरको चौघेरा नाघेर स्वतः बाहिर आउनेछ ।'
पति (रामबहादुर गुरुङ) बक्सिङका व्यावसायिक खेलाडी रहेको र परिवारका अन्यले समझदार बुझाइ राखेकै कारणले आफू मिसेज नेपाल बन्न सफल भएको दाबी गर्दै उनले चेतना दिएर मात्रै समाज बदल्न सकिने बताइन् । न्युटन इन्टरनेसनल स्कुलमा स्नातक तेस्रो वर्ष अध्ययनरत उनले प्रतियोगितामा मिसेज ट्यालेन्टको उपाधि समेत हात पारेकी थिइन् । ट्यालेन्ट शो अन्तर्गत उनले 'कालीपारि दाइ कति राम्रो...' गीत गाएकी थिइन् । उनैलाई पछ्याउँदै अर्चना शर्मा फस्ट रनर-अप र बेबीजोन भण्डारी तिमिल्सना सेकेन्ड रनर-अप भइन् ।
फस्ट रनर-अप शर्माले ताजसहित ३० हजार रुपैयाँ र सकेन्ड रनर-अप भण्डारीले ताजसहित २० हजार रुपैयाँ पाइन् । सपना श्रेष्ठ मिसेज ब्युटिफुल, लक्ष्मी क्षेत्री तामाङ मिसेज फोटोजेनिक, सारिका श्रेष्ठ मिसेज इन्फ्लुयन्सियल, उमा थापा बराल मिस पङ्च्युअल, प्रेक्ष्या श्रेष्ठ मिसेज पपुलर, रमा रायमाझी थापा मिसेज अपडेटेड भइन् । एक दशकपछि विवाहित सुन्दरीबीच भएको यो पहिलो सौन्दर्य प्रतियोगिताको पहिलो चरणमा देशभरका २७ जिल्लाबाट ७३ महिला सहभागी थिए । ७३ मध्येबाट उत्कृष्ट २२ छानिएपछि शनिबार अन्तिम प्रतिस्पर्धा भएको हो ।
प्रतियोगिताको प्रशिक्षण शिविरमा व्यक्तित्व विकास, महिलाका समस्या, सामाजिक सेवा लगायत विभिन्न विषयमा विज्ञहरूबाट सेमिनार गराइएको ई-प्लानेटका अध्यक्ष सन्तोष सापकोटाले बताए । प्रतियोगिताको कोरियोग्राफी पूर्व मिस नेपाल सुगरिका केसीले गरेकी थिइन् ।साभार : इ कान्तिपुर