सबनम बनिन् नेपाली डान्स आइडल हङकङ
By Masti Entertainment - Monday, May 16, 2011
हङकङ, जेष्ठ ३ - काठमाण्डौ बस्दा काठमाण्डौ हल्लियो
पोखरा जाँदा पोखरै थर्कियो ।
मेरो यो रुपले, मेरो यो बैसले
तन्नेरी बुढाको मुटु नै थर्कियो....
चलचित्र घुम्टोको यस गीतमा जल शाहले बारुली कम्मर मर्काउदै ठुम्का लगाउदा कुनै जमानामा काठमाण्डौ, पोखरा मात्र होइन नेपालै हल्लाएको थियो । आइतबारे साँझ सात समुद्रपारिको सहरमा सबनम गुरुङले उसैगरी कम्मर मर्काउदा पाका जवान सबैका मुटु मात्र थर्काएन । तेस्रो नेपाली डान्स आइडलको उपाधि सहित उनलाई एकाउन्न सय हङकङ डलर (करिब पचास हजार रुपैयाँ) समेत दिलायो । पहिलो चरणको जजमेन्ट राउण्डमा निर्णायकको रोजाइ अनुसारै उनले उक्त नृत्य प्रस्तुत गरेकी थिइन् । आकर्षक हावभावमा प्रस्तुत छरितो नृत्यले धेरैलाई उनी नै यो वर्षको डान्स आइडल बन्ने अड्कल काट्न गाह्रो भएन् । 'तस्बिरमै यस्तो मान्छे छांै कस्तो...' अन्तिम चरणमा जिवन्त अभिनयसहितको आकर्षक नृत्यले बाह्र प्रतिस्पर्धीलाई उछिन्दै उनी उपाधीको हकदार नै बनिन् । 'असफलता नै सफलताको कडी हो' उनको जीतले यो चल्तीको उखानलाई समेत थप बल मिलेको छ । गतवर्ष यसै प्रतियोगितामा उत्कृष्ट दशबाट बाहिरिएकी उनले हिम्मत हारेकी रहिनछन् । 'गतवर्ष हारेपनि यसपटक उष्कृष्ट तीनभित्र पर्छु नै भन्ने आत्मविश्वास थियो,' जीतपछि हषिर्त हुँदै उनले कान्तिपुरसँग भनिन्, 'सोचेजस्तै भयो, निकै खुशी छु ।' पोखरा रत्नचोककी १७ वर्षीया उनले विजनेश कोर्ष पहिलो वर्षमा अध्ययनरत रहेको समेत सुनाइन् । 'पार्टटाइम काम समेत गर्दैछु,' उनले अनुहार उजेल्याउदै थपिन् ।
सूदुर पूर्वी प्रवासी नेपाली संघ (फियोना) द्वारा याउ मा तेइस्थित हेनरी जी लियोङ हलमा आयोजित करिब तीनघण्टा चलेको प्रतिस्पर्धामा सुकु लिम्बू फष्ट रनर अप र पि्रया गुरुङ सेकेण्ड रनर अप भए । यिनले क्रमशः एकतिस र एक्काइस सय हङकङ डलर सहित ट्रफी जिते । 'उडी उडी हिड्छ मन चिया बारीमा...' अन्तिम प्रतिस्पर्धामा सुकुले गरेको नृत्यले दर्शकहरुको गज्जब ताली र सिठी मात्र पाएन् । गतवर्ष पाएको तेस्रो उपाधिबाट उनलाई दोस्रोमा समेत उकाल्यो ।
जजमेन्ट, सामूहिक, युगल र प्रप (सामाग्री) नृत्य गरी चार चरणमा विभाजित प्रतिस्पर्धामा हिन्दी लगायत कुनै पनि रिमिक्स गीतमा नाच्न बन्देज थियो । आखिर यसो किन ? कान्तिपुरको जिज्ञासामा फियोनाका अध्यक्ष गणेश गुरुङले भने, 'मुल सिर्जना, विशुद्ध नेपाली गीतसंगीत र वेषभूषालाई प्राथमिकता दिने उद्देश्य अनुरुप यस्तो नियम बनाइएको हो ।' भरिभराउ हलमा आयोजक संस्थाका सदस्यहरु समेत कम दंग थिएनन्, 'हामीले सोचेभन्दा बढी दर्शक आए,' आयोजक संस्थाका उपाध्यक्ष गंगा खतिवडाले भने, 'छापेका सबै टिकट सकिए ।' आयोजक संस्थाका प्रवक्ता इन्द्र वनेमले हुर्कदै गरेका नयाँ पुस्तालाई नेपालीपन सँग नजिक्याउन प्रतियोगितालाई निरन्तरता दिइएको बताए । योगिता गुरुङ, राजु श्रेष्ठ, जौ गुरुङ, सुभाष गुरुङ र देवमान लिम्बू प्रतियोगिताका निर्याणक थिए । साभार : इ कान्तिपुर