आज

एक दुखी नेपाली चेलीको जीबन बचाउन सहयोग को लागि हात अगि ब

By om prasad - Monday, May 16, 2011

मुटुरोगी निशा मिश्र गत शुक्रवार नेपाल फर्किसकेकी छिन् । कतारस्थित हमाद हस्पिटलबाट डिस्चार्ज भएलगत्तै हाल उनीलाई काठमाडौंको बाँसवारी स्थित गंगालाल हृदयरोग केन्द्रमा उनका परिवारजनले थप उपचारको लागि भर्ना गरेका छन् । नेपालबाट उनका परिवारजनले कतारमा फोन सम्पर्क गरी थप उपचारको लागि काठमाडौंको अस्पतालमा भर्ना गरिसकिएको जानकारी गराउँदै र पिडित मिश्रको लागि यति ठूलो सदाशयता देखाउँदै मानवीय तथा आर्थिक सहयोग पुर्‍याउने कतारवासी नेपाली प्रति आभार तथा कृतज्ञता व्यक्त गरे ।

कतारमा उनी अस्पतालमा भर्ना भएको जानकारी प्राप्त भएपछि पत्रकार रवि भट्ट "रोषी", समाजसेवी लक्ष्मण खतिवडा र व्यवशायी तथा समाजसेवी महेन्द्र चौँलागाईं राती नै हस्पिटलमा गई उनको अवस्थाको बारेमा जानकारी लिएर कतार स्थित राजधानी अन्तर्राष्ट्रिय साप्ताहिक र नेपाल कतार अनलाइन लगायत विभिन्न देशका नेपाली अनलाइन मिडियामा उनको समाचार प्रकाशन भएपछि उनको उपचारको लागि आर्थिक संकलन सुरु भएको हो । उनको पारिवारिक अवस्था अति कमजोर भएको हुँदा उपचारको लागि धेरै नै खर्च लाग्ने भए पनि कतारबाट प्राप्त सो रकमले ठूलो राहत पुग्ने उनका परिवारजनले बताए । कतारमा बस्ने नेपालीहरुबाट देखाएको जस्तै मानवीय ससंवेग अग्रसरता अरु राष्ट्रमा बस्ने नेपाली दाजुभाईहरुले पनि देखाएर सहयोग गरेमा उनी बाँच्ने उनका परिवारजनले बताए ।

समाजमा भएको हरेक गतिविधीलाई सवै समक्ष सञ्चार माध्यमबाट प्रवाह गरेर महत्वपुर्ण भूमिका निर्वाह गर्दै पिडित निशा मिश्रलाई सहयोग जुटाउन अहम् भूमिका निर्वाह गर्ने सञ्चारकर्मी तथा समाजसेवीलाई धन्यवाद ज्ञापन गरे । "केटो राम्रै देखेर १५ बर्षको उमेरमा नै छोरीको विहे गरेर विराटनगरमा दियौँ । केटाको नराम्रो आचरणले गर्दा छोरी त्यहाँ बस्न सक्ने बातावरण नै बन्न सकेन । दुधे बालक च्यापेर माइतमा बस्दै गर्दा एउटा छोरो त जे काम गरेर पनि पढाउन र पालनपोषण गर्न सक्छु । मलाई सम्पत्ति होइन म र मेरो छोरालाई आश्रय मात्र दिनु है आमा" भनेर छ बर्षको छोरो निशान्त माइतमा छोडेर कतार कमाउन गएकी छोरीको त्यो हालत देख्दा विगतमा छोरीले भनेको कुरा सम्झँदै आमा सीता मिश्रले रुँदै फोनमा बताईन् । कतारबाट राजधानी तथा अनलाईन पत्रिकामा प्रकाशित समाचार पढे पछि विभिन्न जिल्लाका युवाहरुको सक्रीयतामा यति धेरै रकम संकलन गरीएको थियो ।

यसरी आर्थिक सहयोग संकलन गर्नेहरुमा कतार स्थित हमाद अस्पतालका कर्मचारीहरुबाट २ लाख, गोरख चन्द तथा दिलिप राईको पहलमा ८००००, गौरव पालको पहलमा २५६००, नवोदित मोवाइल पुस्तकालय २५४००, कोमल सिंह २०००० रुपैँया, सावित्री गिरीको पहलमा २०००० रुपैँया, श्रीमती कन्चन चौँलागाईं २००००, लक्ष्मण खतिवडा २००००, अलि विन अलि प्रिन्टिङ प्रेसका सुनिल कुमार घलानको पहलमा १४१९६, नरेन्द्र सेन १००००, महेश जोशी १००००, सन्तोष पराजुली १००००, हिमाल गिरी १००००, बद्री प्रसाद पाण्डे १००००, स्यांग्जा सहयोग समाज १००२०, चुणामणी कार्की १००००, ववी श्रेष्ठ २०००, अर्जुन प्रसाद भट्टराई ५०२०, जुनु कार्की २४००, नरेन्द्र भट्टराई ५०००, उमेश अधिकारी २०००, अमिता राई २०००, महिमा श्रेष्ठ २०००, युवराज दाहाल १०००, प्रकाश खरेल २८००, प्रकाश सापकोटा १०००, उमेश दाहाल १००० रहेका छन् । त्यस्तै गरी अरुहरुबाट संकलित रकमहरुको प्राप्त विवरण अनुसार कतारबाट मात्र ५ लाख भन्दा माथि संकलन भईसकेको र आर्थिक सहयोग संकलन कार्य जारी नै रहेको पनि जानकारीमा आएको छ । उनको सहयोगको लागि काठमाडौं महाराजगञ्ज स्थित एसविआई बैँकमा खाता खोलिएको छ । एसविआई बैँकको खाता नं। २०४१५२४१४०१७५२ रहेको छ ।

चिरबिर चिरबिर, become a fan on फेसबुक

तपाइका केही शव्दहरू

Advertisement

पछिल्ला पोष्टहरू

पत्रपत्रिकाबाट

आफ्नै कुरा

कविता

गजल

ADSADAS ADFS ADSA DSADADSADADS SDSAD SDS ADS ADSAASD

कविता

गजल

Advertisement