आज

सार्थक श्रीमान्

By Masti Entertainment - Sunday, May 29, 2011

काठमाडौं ', जेष्ठ १५ - तँ पेटमा आएदेखि नै मैले हाँस्न पाएकी छैन । दुःख दिन आएकी । सधैं टेन्सनै मात्र दिन्छे । जन्मनु पहिल्यै पेटमै किन तुहिनस् ?' संवादबाटै थाहा हुन्छ कि अत्यन्त पीडामा परेपछि एक आमाले सन्तानलाई अपजस दिइरहेकी छे । फिल्मको मूल मर्म पनि यसै वाक्यले बोकेझैं लाग्न सक्छ । तर तपाइर्ं यसैलाई आधार मानी चल्तीको फिल्मको कथा कल्पना गर्नतिर नलाग्नुस् । शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको फिल्म 'श्रीमान्' कथाका लागि मात्रै हेरिने छैन । फिल्मको सौन्दर्य, कथा थाहा पाउनुमा भन्दा हेर्नुमा बढी देखिनेछ । ध्यानदिनु होला- तपाइर्ं मानवीय स्वभावको हुनुहुन्छ भने फिल्मले रुवाउन पनि सक्छन् ।

'नेपालको राजनीति र फिल्म उस्तै हुन्, कहिल्यै सुध्रँदैन' भन्ने आमधारणा नै भइसक्यो । लामो समयको पर्खाइमा पनि नेताहरूले संविधान दिन नसकेको नैराश्यको यस घडीमा निर्देशक नवल नेपालले भने फिल्मी दर्शकमा उत्साह थप्ने प्रयास गरेका छन् । पछिल्ला फिल्मको बनावट र प्रस्तुतिको निरिहपन देखेर त्यसै रुन मन लाग्ने अवस्थामा आएको 'श्रीमान्'ले भने त्यही प्रस्तुतीकरणलाई जीवन्त पार्दै दर्शकको मन निचोरेर आँखा छचल्काउने हैसियत राख्छ ।

सुरुवाती केही दृश्य भडकला भए पनि परिवारसहित हेर्नुपर्ने फिल्म 'श्रीमान्'को कथावस्तु पारिवारिक नै लाग्छ । निर्देशक नेपालकै पटकथा तथा संवाद लेखन रहेको फिल्म दुई प्रेमी कल्पना -पुजना प्रधान) र विजय -कल्याण घिमिरे) को रोमान्सबाट सुरु हुन्छ । इन्जिनियरको सपना बुनेर सहर संघर्षमा रहेको विजयलाई धनी बाबुकी एक्ली सन्तान कल्पना दुहुनो गाई बनेर आउँछिन् । आर्थिक सहयोग त छँदै छ, सहरमा एक्लिएको मनलाई पनि कल्पनाले नै चौतारी दिन्छे ।

तर खुसी धेरै दिन चल्दैन । लक्ष्यमा पुगेर व्यवस्थित जीवन भइसकेपछि वैवाहिक सम्बन्ध गाँस्ने योजनालाई दुवैको 'क्षणिकको आवेग' ले भताभुंग पारिदिन्छ । कल्पनाले बिहे अगावै गर्भ बोक्छे । बिहे र लक्ष्यलाई एकअर्काका विरोधी ठानेको विजयले बिहे गरी पेटको बच्चालाई वैधानिकता दिने प्रेमिकाको प्रस्तावलाई नकार्छ । कल्पनालाई एकसाथ दोहोरो चोट पर्छ । उनले अत्यन्तै माया र विश्वास गर्ने बाबु पनि गुमाउँछिन् पेटकै बच्च्ााका कारण । विश्वासमा आघात परेपछि बाबु दामोदर -सुनील थापा) हर्ट अटयाककै कारण मर्छन् ।

पूरा फिल्म कल्पनाकै वरिपरि घुमेको छ । हँसिलीखुसिली र चञ्चले उसलाई एकाएकको बज्रपातले गम्भीर बनाउँदै लान्छ । विजयलाई 'सामाजिक बलात्कार' को अभियोगमा सजाय दिलाउने कल्पनाको पछिल्लो कदममा घुस्याहा वकिल तगारो बनिदिन्छन् । बरु अर्का वकिल करण -पुष्पराज पुरुष) उनलाई पुनरावेदनका लागि मात्र नभई जीवनमै साथ दिन तयार हुन्छन् । पेटको बच्चालाई सकारेर बिहे स्वीकारेका करणले आफ्नै तर्फबाट पनि छोरी जन्माउँछन् । त्यसपछि फिल्मले नसोचिएको मोड लिन्छ । दुई दिदीबहिनीका रूपमा फिल्ममा देखिएका संगम विष्ट र खुसी तिम्सिनाले फिल्मलाई सुन्दर बनाउन अहम् भूमिका खेलेका छन् । सम्भवतः नेपालमा बालकलाकारलाई लिएर यति सुन्दर अभिनय सायदै कुनै निर्देशकले कैद गरेका होलान् । निर्देशक नेपालको क्षमताको कसी पनि हुन्- यी दुई बालचरित्र । सानी नानीहरूको जीवन्त अभिनयले फिल्मको आखिरीमा दर्शकको मुटुमा गाँठो पारिदिनेछ ।

मूलधारकै कथालाई लिएर बनाएको भए पनि 'श्रीमान्' अनपेक्षित रूपमा आएको राम्रो फिल्म हो । करण बनेका पुष्पराज पुरुषको अभिनयमा मौलिकता भेटिन्छन्, पुजना अभिनयमा जमेकी छन् । भोजपुरी फिल्मबाट नेपाली फिल्म निर्माण र अभिनयतिर लागेका कल्याणले दर्शकको मन तान्छन् । अभिनय प्रस्तुतीकरण जस्तै फिल्मको अर्को सबल पक्ष संवाद पनि हो । छायांकनमा पनि दिव्यराज सुवेदीले नयाँ एन्गल दिएका छन् । प्रकाश संयोजनमा राम्रै ध्यान दिएको देखिन्छ । यसपटक महेश खड्का संगीतमा जमेका छन् । 'नयाँ जस्तो हुन्न रै'छ, फाटेपछि टालेको मन...' गीत फिल्मको कथामा अर्थपूर्ण त छ नै, श्रवणयोग्य पनि बनेको छ । तर फिल्मको सम्पादनमा अरुण शर्माको मिहिनेत पुगेको देखिँदैन । मारपिटका दृश्य नसमेटिएको फिल्मका नृत्य मध्यम छन्, नृत्यनिर्देशन राजु शाह र महेश गोदारले गरेका हुन् ।

कथाका हिसाबले 'श्रीमान्' बलियो फिल्म भने होइन । एउटा मिसनमा डटेकी कल्पना पछिल्लो चरणमा लक्ष्यविहीन बन्छिन् । जबकि मुद्दा लडिदिने आफ्नै पतिको चाहनामा उनी सहमत हुन्नन् । अन्त्यमा, सामाजिक रीतिसमक्ष घुँडा टेक्छिन् । मध्यान्तरपछि बलियो बनेको फिल्मले पात्रको मनोविज्ञानलाई राम्रोसँग चित्रण गरेको छ । तर करणको एकाएकको परिवर्तित चरित्र, गुन्जन नामकी एक युवतीको विजयप्रतिको आसक्ति, त्यसमा उसको बाबुको दिएको छुटको कारण चित्त बुझ्दोसँग सकेको छैन । तर, दृश्यलाई कलात्मक र विम्बात्मक रूपमा समेत प्रस्तुत गरिएको फिल्मले कमजोरीलाई छोपेका छन् । साभार : इ कान्तिपुर


चिरबिर चिरबिर, become a fan on फेसबुक

तपाइका केही शव्दहरू

Advertisement

पछिल्ला पोष्टहरू

पत्रपत्रिकाबाट

आफ्नै कुरा

कविता

गजल

ADSADAS ADFS ADSA DSADADSADADS SDSAD SDS ADS ADSAASD

कविता

गजल

Advertisement