आज

इजरायलमा गणतन्त्र दिवस मनाइयो

By Masti Entertainment - Sunday, May 29, 2011

इजरायल, जेष्ठ १५ - इजरायलको तेल अबिबस्थित नेपाली दुताबासले चौधो गणतन्त्र दिवसको अबसमा नेपाली समदायबीच शुभकामना आदनप्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा राजदूत बैजनाथ थपलियाले संविधानसभाको पहिलो बैठकले नेपाललाई गणतन्त्रात्मक मुलुक घोषणा गरेको संस्मरण गर्दै गणतन्त्रको प्राप्ति तथा संस्थागत सुदृढीकरणमा नेपालको राजनीतिक नेतृत्व तथा आम जनताले महत्वपुर्ण योगदान पुर्‍याएको बताए ।

उनले नेपालको गणतन्त्रले सवै बर्ग तथा समुदायको प्रतिनिधित्व गर्न सक्ने हुनाले त्यसका लागि सबै राजनीतिक दल सहमतिका आधारमा अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए । उनले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने दिशातर्फ दलहरुबीच भएको सहमति र संविधान सभाको म्याद थप गर्न आज विहान भएको सहमतिलाई स्वागतयोग्य निकास भएको बताए ।

कार्यक्रममा इजरायलको साताव्यापी आधुनिक कृषि अध्ययन भ्रमणका सिलसिलामा पुगेका भूमि सुधार मन्त्रालयका सह सचिव माधवप्रसाद रेग्मीले गणतन्त्र दिवसको अवसरमा दूतावासले आयोजना गरेको कार्यक्रममा सरिक हुन पाएकोमा प्रशन्नता व्यक्त गर्दै सवै नेपाली समुदायमा शुभकामना दिएका थिए । उनी नेपालको कृषि विकास बैंकको संचालक समितिका बरिष्ठ सदस्यहरु तथा बैंककै कर्मचारी सम्बद्ध टोलीको नेतृत्व गर्दै आइतबार तेल अबिब पुगको थिए । कार्यक्रममा इजरायलस्थित नेपाली समुदायको तर्फबाट नवीन गिरीले गणतन्त्रको विषयमा आफ्ना भनाइहरु राखेका थिए ।

कार्यक्रममा इजरायलको आधुनिक कृषि अध्ययन भ्रमणका सिलसिलामा आजै तेल अबिब आएपुगेको कृषि विकास बैंक संचालक समिति सदस्य र सोही बैंककै कर्मचारीहरु सम्मिलित भ्रमण दलका सदस्यहरु, इजरायलमा व्यवसाय गरी बसेका केही नेपालीहरु तथा विभिन्न पेशामा कार्यरत नेपालीहरु लगायत राजदूतावासका अधिकृत तथा कर्मचारी परिवारको समेत समेत उपस्थिति रहेको थियो । कार्यक्रमको अन्त्यमा राजदूतावासका तर्फबाट एक जलपान समेत राखिएको थियो ।

चिरबिर चिरबिर, become a fan on फेसबुक

तपाइका केही शव्दहरू

Advertisement

पछिल्ला पोष्टहरू

पत्रपत्रिकाबाट

आफ्नै कुरा

कविता

गजल

ADSADAS ADFS ADSA DSADADSADADS SDSAD SDS ADS ADSAASD

कविता

गजल

Advertisement