आज

हङकङमा झम्के फूली

By Masti Entertainment - Tuesday, May 3, 2011


  • हङकङमा नेपाली कलाकारका साथ मे दिवस

निर्मल श्रेष्ठ - हङकङ, वैशाख २० - दिलको माया नौं मुरी झम्के फूली
देउ न मलाई दिल खोली झम्के फूली
धुन सुन्दै खुट्टा उचालिने यस गीतमा चल्तीका लोकगायक रामचन्द्र काफ्लेले गलो के खोलेका थिए सिठी र तालीले युङ लङस्थित हलै गुन्जियो । दर्शकको साथ पाएपछि अझ फुर्किएका उनले आफ्नै गायनमा कम्मर मर्काउदै नाच्न पनि भ्याए । गायक काफ्लेको यो दोस्रो हङकङ भ्रमण थियो तर उनीप्रतिको क्रेज भने यसपटक पनि उस्तै देखियो । प्रत्येक गायनमा उनलाई दर्शकहरुले उत्तिकै साथ दिए । त्यसो त आइतबार श्रमिक दिवस थियो । सयौं हङकङेली श्रमिकहरु स्थानीय सरकारलाई आफ्ना हक अधिकारको सुनिश्चतताका लागि झक्झक्याउन सडकमै ओर्ले । यिनमा यहँा बसोबास गर्ने नेपालीहरुको संख्या पनि उल्लेख्य थियो । तर कतिपयलाई भने नारा जुलुसले भन्दा मनोरञ्जनले तान्यो । भेटघाट क्लब जोर्डनद्वारा आइतबार सँाझ आयोजित कार्यक्रममा सहभागी हुन झण्डै एकदर्जन कलाकार हङकङ आएका हुन् । यिनमा हास्यकलाकार सन्तोष पन्त, एडि्रन प्रधान, जुनु रिजाल काफ्ले, गौतम गुरुङ, पोखरेली लेकाली समूह लगायतका थिए ।
एडि्रनका गीत पनि कन्र्सटमा कम्ती रुचाइएनन् । 'जसो गर जे भन जता सुकै लैजाउ मलाई...' राष्ट्रप्रेमको भावनाले ओतप्रोत जोशिलो गायनमा हङकङेली युवाहरु जुरुक्कै उचालिए । दर्शकको वाहवाही पाएर निकै हौंसिएका उनले 'सारा खुशी समेटी...', 'छुदैन तिम्रो मायाले...', 'नभन मेरो माया लाग्छ भनी...' लगायतका आधादर्जन चल्तीको गीत गाएर सबैको मन जिते । गायकले मिठो गायकी सँगै सिमित दर्शहरुलाई स्टेजबाटै आफ्नो सिडी उपहार दिएर समेत मख्ख पारे । कार्यक्रमको मध्यान्तर भने सन्तोष पन्तको प्रहशनले गर्‍यो । प्रहशनमा पन्त सगरमाथा आरोही 'छ्याङ छुर्पी शेर्पा' का रुपमा भेटिए । दर्जनबढी पटक सगरमाथा चढेपनि नामलाई भन्दा दामलाई प्राथमिकतामा राख्ोको उक्त पात्रले बोलेका व्यगंरुपी शब्दवाणले बारम्बार हलमा हँासोको फोहरा छुट्यो । पन्तको प्रहशनले दर्शकको वाहवाही त पायो । तर कार्यक्रम उद्घोषकका रुपमा भने उनको प्रस्तुति फितलो भएको दर्शकहरुको गुनासो थियो ।
पोखरा मेगा लाइभ कन्र्सट-२ मा जुनु रिजाल काफ्ले भने एक्ली महिला गायक थिइन् शेर्पा पहिरनमा सजिएकी उनले गायन सँगसँगै नृत्य पनि प्रस्तुत गरेर आफुलाई राम्रो स्टेज पर्फमर सावित गरिन् । 'फूल टिप्ने मन भए...', 'हिमाललाई ढाक्यो कान्छा...', लगायतका उनका कर्णपि्रय गीतमा दर्शक झुमे । कुनै जमानामा दर्शक तताएको पोखरेली लेकाली व्याण्डका गीतहरु समेत हङकङेली युवाहरुमा अझै ताजै रहेछ । गायक भाइका 'पहिलो नजर...', लगायतका पुराना गीतमा समेत दर्शक रमाए । कन्सर्टमा संजीव गुरुङ र नेपथ्यका पूर्व सदस्य गौतम गुरुङले समेत गायन प्रस्तुत गरेका थिए । समयले नेटो काटिसकेको थियो तर रामचन्द्र र जुनुको दोहोरी सुन्ने धोको भने दर्शकहरुमा अझै बँाकी थियो ।
चितवनमा भेट भयो रामचन्द्र काले
एकै भेटमा लौन मेरो मन चोरी हाले...
जुनु रिजाल काफ्लेले आफ्ना श्रीमानप्रति माया दर्शाउदै भाका हालिन । तर रामचन्द्रले भने हङकङेली ठिटीहरुलाई ताक्दै यस्तो पो गाए ।
एउटी त विहे गरे अर्को गर्ने रहर
हङकङका ठिटीहरु के छ हालखबर ?...

चिरबिर चिरबिर, become a fan on फेसबुक

तपाइका केही शव्दहरू

Advertisement

पछिल्ला पोष्टहरू

पत्रपत्रिकाबाट

आफ्नै कुरा

कविता

गजल

ADSADAS ADFS ADSA DSADADSADADS SDSAD SDS ADS ADSAASD

कविता

गजल

Advertisement