'आभारी छु'
By Masti Entertainment - Tuesday, May 3, 2011
काठमाडौ, वैशाख २० - अभिनेता हरिवंश आचार्यले आफ्नी श्रीमती तथा सञ्चारकर्मी मीराको निधनप्रति समवेदना प्रकट गर्नेहरूप्रति आभार व्यक्त गरेका छन् । मीराको मस्तिष्क पक्षाघातका कारण वैशाख पहिलो साता निधन भएको थियो । उनी ४६ वर्षकी थिइन् ।
'हामीलाई यति ठूलो चोट पर्दा देशविदेशमा रहेका सम्पूर्ण नेपालीले व्यक्त गरेका समवेदना र सहानुभूतिप्रति मेरा छोराहरू त्रिलोक र मोहित तथा मित्र मदनकृष्ण श्रेष्ठका तर्फबाट आभार जनाउँछु,' हरिवंशले सोमबार विज्ञप्तिमा भनेका छन् । दिवंगत मीराका दुवै आँखा दान गरिएको समेत उनले बताएका छन् । 'मीराका आँखाका नानीले दुई व्यक्तिलाई संसार देख्न सहयोग गर्न थालेका छन्,' उनले भनेका छन् ।साभार : इ कान्तिपुर