आज

अमेरिकामा डर मिश्रित खुसियाली

By Masti Entertainment - Tuesday, May 3, 2011

अमेरिका, वैशाख २० - अमेरिकाले आफ्नो मुख्य शत्रु ठानेको ओसामा विन लादेनको मृत्युपछि सर्वसाधारणले वासिङड्टन र न्युयोर्कको डर मिश्रित खुसीयाली मनाएका छन् ।राष्ट्रपति बाराक ओबामाको सम्बोधनको केही अघि नै उनको कार्यालय ह्वाइट हाउसबाहिर सर्वसाधारण खुसियाली मनाउन सडकमा निस्किएका थिए किनभने त्यसअघि नै स्थानीय टेलिभिजनले उनको सम्बोधनका विषय प्रसारण गरिरहेका थिए । अमेरिकी झन्डा फहराउँदै केही रूखमाथि चढेका थिए । यी उत्साहबीच अब के हुन्छ ? भन्ने चिन्ता गर्नेहरू देखिएका हुन् । धेरैले अल कायदाको प्रतिक्रियाप्रति चिन्ता व्यक्त गरे । लादेनपछि दोस्रो नम्बरमा रहेका अयमन अल जवाहिरी अझै लुकिरहेको अनुमान छ ।

न्युयोर्कको टाइम्स स्क्वायरमा अमेरिकी झन्डा फहराइएको थियो । केहीले गाडीका हर्न बजाएका थिए । 'निकै खुसी महसुस गरिरहेको छु, सकारात्मक ऊर्जा देखिएको छ, किनकि धेरै वर्षसम्म नकारात्मक कुरा निकै भए,' न्युयोर्कका एक स्थानीयले भने । यतिखेर २००१ को सेप्टेम्बर ११ मा वल्र्ड ट्रेड सेन्टरमा भएको आक्रमणलाई धेरैले सम्झेका छन् । केहीले यी जुम्ल्याह टावरमा बनाइएको ग्राउन्ड जिरोमा पीडितको सम्झनामा मैनबत्ती प्रज्ज्वलन गरेका थिए ।

'म आजराति खुसी मनाइरहेको छ, तर भोलिका लागि डराएकी छु,' न्युयोर्कमै एक महिलाले भनिन् । ओबामाले टेलिभिजन सम्बोधनमा भने, 'उनको मृत्युले अल कायदालाई पराजित गर्ने प्रयासमा उल्लेखनीय उपलिब्ध हासिल भएको छ, कुनै शंका छैन कि अल कायदाले हामीविरुद्ध आक्रमण जारी राख्नेछन् र हामी स्वदेश र विदेशमा सतर्क रहनुपर्छ र रहनेछौं ।' अमेरिका र अन्य मुलुकमा भएका सैन्य आधारहरूमा उच्च सतर्कता अपनाउन निर्देशन दिइएको रक्षा मन्त्रालय अधिकारीले बताए । 'आतंकवादीले निश्चित रूपमा बदला लिन सक्ने' सिआइएका निर्देशक लियोन पनेट्टाले आफ्ना मातहातका कर्मचारीलाई पठाएको सन्देशमा उल्लेख छ । ओसामा विन लादेनको अन्त्य 'अमेरिकाका लागि राम्रो दिन' भएको उल्लेख गर्दे विश्व झन् सुरक्षित र राम्रो हुने बताएका छन् ।साभार : इ कान्तिपुर

चिरबिर चिरबिर, become a fan on फेसबुक

तपाइका केही शव्दहरू

Advertisement

पछिल्ला पोष्टहरू

पत्रपत्रिकाबाट

आफ्नै कुरा

कविता

गजल

ADSADAS ADFS ADSA DSADADSADADS SDSAD SDS ADS ADSAASD

कविता

गजल

Advertisement