पश्चिम बंगालमा हार्यो कम्युनिस्ट
By Masti Entertainment - Friday, May 13, 2011
कोलकाता (एजेन्सी), वैशाख ३१ - भारतको पश्चिम बंगालमा ३४ वर्षदेखि सत्तामा रहेको भारतीय माक्र्सवादी कम्युनिस्ट पार्टी (सीपीआईएम) नराम्ररी हारेको छ । प्रजातान्त्रिक प्रणालीमा विश्वमै लामो समय निर्वाचित कम्युनिस्ट पार्टीलाई ममता बनर्जी नेतृत्वको त्रिणमूल कंग्रेस गठबन्धनले पराजित गरेको हो ।
आलोपालो गर्दै शक्तिमा आइरहेको केरलाको सत्तारूढ कम्युनिस्ट गठबन्धन पनि यसपालि बाहिरिएको छ । सन् २००६ को चुनावमा उसले १ सय ४० मध्ये ९९ सिट जितेको थियो । पश्चिम बंगालमा सन् १९७७ देखि शासन गरिरहेको कम्युनिस्ट गठबन्धनले ठूलो पराजय बेहोरेको चुनावमा त्रिणमूल कंग्रेस र कंग्रेस आई मिलेर लडेका थिए । उनीहरूले २ सय ९४ सिटमध्ये २ सय २४ वटामा जितेका छन् । वाम गठबन्धनले ६३, अन्यले ६ सिट जितेका छन् भने १ सिटको परिणाम आउन बाँकी छ ।
बिग्रँदै गएको अर्थतन्त्रका कारण पश्चिम बंगालका ९ करोड जनताका लागि कम्युनिस्ट असफल भएको बनर्जीले प्रतिक्रिया दिएकी छन् । चुनावी परिणामपछि बनर्जीको कोलकातास्थित घरअगाडि समर्थकले हर्षोल्लास मनाइरहेका छन् । 'यो प्रजातन्त्रको जित हो, मा, मति, मनुष (आमा, जमिन र जनता) को जित हो, आफ्नो पार्टीले भारी मतले जितेपछि समर्थकलाई उनले भनिन्, 'हामी सुशासन दिन्छौं, तानाशाह र अराजकता अन्त्य हुनेछ । यो शोषणा, हिंसा र भेदभाव सामना गरिरहेका निरीह जनताको जित हो ।'
२००८ मा टाटा मोटरको अटोमोटिभ प्लान्टका लागि सरकारले जग्गा अधिग्रहण गर्दा विरोधमा उत्रेका किसानको नेतृत्व गरेपछि बनर्जी लोकपि्रय बनेकी हुन् । पश्चिम बंगालमा सत्तारूढ कम्युनिस्ट हारे पनि केन्द्रीय सरकारको नेतृत्व गरेको कंग्रेस आईका लागि भने यो चुनाव सुखद लक्षण बनिरहेको छ । परिणाम आइरहेका ५ राज्यमध्ये कंग्रेस गठबन्धनले तीनवटामा जित हासिल गरेको छ ।