आज

लथालिङ्ङ अवस्थामा बिकास बोर्ड

By Masti Entertainment - Wednesday, May 4, 2011

नेपाली चलचित्र क्षेत्रको सर्वोच्च निकाय हो 'चलचित्र बिकास बोर्ड' । यो निकाय नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालयको मातहतमा सञ्चालित छ । बिकास बोर्डको मुख्य काम नेपाली चलचित्रको बारेमा अनुगमन गर्नु हो । तर अहिले यो निकाय निस्क्रिय छ ।सरकार परिवर्तन सँगै बोर्डको अध्यक्ष पदबाट अमर राज गिरीले राजिनामा दिएपछि अहिले बोर्डको सबै पद रिक्त नै छ । नयाँ सूचना मन्त्री चयन भएको दुई महिना बितिसक्दा पनि बोर्डमा कसैलाई पनि नियुक्त गरिएको छैन । यसरी पदाधिकारी बिहिन सो बोर्ड अहिले भद्रगोल छ । बोर्डका सबै काम लथालिङ्ङ छन् । जसको प्रत्यक्ष असर नेपाली चलचित्रमा परेको छ ।

कुरा गरौं बोर्डमा रहेको हलको । बुधबार साँझ चावहिल स्थित चलचित्र बिकास बोर्डमा चलचित्र 'कालापानी' हेर्न भनेर नेता देखि चलचित्रकर्मी सबैलाई बोलाईएको थियो । चलचित्र प्रदर्शन पूर्व चलचित्रको बारेमा निर्माता तथा निर्देशकहरूले बोले । त्यसपछि प्रमुख अतिथीको रूपमा प्रस्तुत भएका एमाले नेता बामदेब गौतमले पनि केहि बेर भाषण छाँटे तर उनको भाषण भने पूरा हुन पाएन कारण उनी बोल्दा बोल्दै बत्ति गयो । नेता बामदेव, शाहि कालिन सञ्चारमन्त्री टंक ढकाल, वाईसिएल नेपालका अध्यक्ष गणेशमान पुन: सहित उपस्थित दर्शक लोडसेडिङको मारमा परे । जेनेरेटर भएर पनि काम गर्ने अवस्थाको नभएपछि करिब आधा घण्टा सम्म बत्तिलाई कुरियो । बत्ति आएपछि चलचित्रको पहिलो शो शुरू भयो । तर दुर्भाग्य चलचित्र भने राम्रोसँग हेर्न सक्ने अवस्था रहेन ।

चलचित्र हेर्न नसक्नुको कारण अरू केहि नभएर बोर्डको प्राबिधिक कक्षमा नै गडबडी थियो । चलचित्र शुरू भएको पाँच मिनेट बित्न नपाउँदै साउन्ड सिस्टममा खराबी देखिएपछि उपस्थित दर्शकहरू चिच्याउन थाले । ध्यान मग्न भएर चलचित्र हेरिरहँदा च्यार् च्यार् आवाज आउन थालेपछि कति त चलचित्र नहेरी उठे अनि बोर्डको बिग्रदों अवस्थालाई देखेर सरकारलाई गाली पनि गरे । दर्शकदिर्घा मध्येबाट एक जनाले भने, 'नेपाली चलचित्र क्षेत्रको सर्वोच्च निकायको हलको अवस्था त यस्तो छ भने निजी क्षेत्रद्वारा सञ्चालित हलको अवस्था झन् कस्तो होला ?' ति व्यक्तिले बोर्डमा यस्तो लापरवाही देखेपछि नेपाल सरकारलाई धिक्कार्दै भने, 'धन्न नेपाली चलचित्रकर्मीमा सहनसक्ने क्षमता रहेछ ।'

नेपालीमा एउटा उखान नै छ नि, 'जो अगुवा उही बाटो **** ' । त्यसै भएको छ अहिले बिकास बोर्डको हालत । बोर्डको ग्राउण्ड फ्लोरको ढोका अगाडी राखिएको उजुरी पेटिकामा कुनै पनि सुझाव पत्र देख्न सकिंदैन । बरू त्यहाँ कागजका टुक्राहरू र केहि फोहरहरू देख्न सकिन्छ । साँच्चिकै बोर्ड अहिले निकै फोहोरी भएको छ ।

अहिले देशको राजनैतिक हस्तक्षेपले समाजका हरेक क्षेत्रमा त असर पारेको नै छ चलचित्र क्षेत्रमा पनि असर देखिन थालेको छ । त्यसै त नेपाली चलचित्रको अवस्था नाजुक छ त्यसैमाथी राजनैतिक हस्तक्षेपले गर्दा झन् चलचित्रको अवस्था कस्तो भयो होला ? तपाईं सजिलै अनुमान लगाउन सक्नुहुन्छ । अब यसको नैतिक जिम्वेवारी कस्ले लिने ?साभार : फिल्मीखबर

चिरबिर चिरबिर, become a fan on फेसबुक

तपाइका केही शव्दहरू

Advertisement

पछिल्ला पोष्टहरू

पत्रपत्रिकाबाट

आफ्नै कुरा

कविता

गजल

ADSADAS ADFS ADSA DSADADSADADS SDSAD SDS ADS ADSAASD

कविता

गजल

Advertisement