राजस्व उठाउन भन्सारमा रुद्री
By Masti Entertainment - Thursday, May 5, 2011
पर्सा- , वैशाख २३ - वैज्ञानिक युगमा पनि भगवान पुकार्नेको कमी छैन । वीरगन्ज भन्सारका कर्मचारीले पनि राजस्व असुलीका लागि भगवान पुकारेका छन् । बिहीबार उनीहरूले लक्ष्य प्राप्त गर्न रुद्री पूजा गरे ।पुसयता लक्ष्यअनुरूप राजस्व संकलन हुन नसकेको भन्दै भन्सार कर्मचारीले स्वस्ति शान्ति गरेका हुन् । भन्सारका सूचना अधिकृत हरिहर पौडेल भन्छन्, 'लक्ष्यअनुरूप राजस्व संकलन गर्न धेरै प्रयास गरियो, तर सफल भइएन, अन्ततः मनको शान्तिका लागि हामीले रुद्री लगाउने निर्णय गर्यौं ।'
बिहान १० बजे सुरु रुद्री दिउँसो ३ बजे सकिएको थियो । कर्ता कार्यालयकै एक अधिकृत थिए । पूजा खर्चको जोहो कर्मचारी आफैंले रकम जुटाएर गरेका थिए । पूजा सकिएपछि भन्सार प्रमुख लावण्य ढकालदेखि कार्यालय सहायक मात्र होइन भन्सार एजेन्टहरूले पनि टीका र प्रसाद ग्रहण गरेका थिए । प्रमुख ढकालले पूजाबारे प्रतिक्रिया दिन चाहेनन् ।एक अधिकृतका अनुसार विभागले प्रमुखलाई दैनिकरूपमा लक्ष्यअनुरूप राजस्व असुली गर्न दबाब दिने र उनले मातहत कर्मचारीलाई दबाब दिने गरेको एक कर्मचारीले बताए ।विभागले तोकेको लक्ष्यअनुरूप दैनिक सरदर १४ करोड रुपैयाँ राजस्व संकलन गर्नुपर्नेमा पुसयता दैनिक सात करोडको हाराहारीमा मात्र राजस्व संकलन हुँदै आएको सूचना अधिकृत पौडेलले बताए । पुसयता यो नाकाबाट सवारी साधन र निर्माण सामग्रीको आयात घटेपछि राजस्व असुली दर पनि झन्डै आधाले झरेको छ । इन्धनको आयात पनि आशातीत रूपमा नबढेपछि भन्सारलाई लक्ष्यअनुरूप राजस्व असुल गर्न धौधौ परेको हो ।
सवारी साधनको आयात करिब ४० प्रतिशतले घटेको छ । यो भन्सारबाट यस वर्ष ५१ अर्ब ९३ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य विभागले तोकेको छ । वैशाखमा मात्र चार अर्ब ७० करोड रुपैयाँ राजस्व असुली गर्ने लक्ष्य तोकिएकोमा मंगलबार सम्म लक्ष्यको जम्मा ४३ प्रतिशत मात्र राजस्व असुल भएको छ । बुधबार भने १५ करोड रुपैयाँ राजस्व संकलन भएको छ । बिहीबार पनि त्यसैको हाराहारीमा हुने अनुमान गरिएको पौडेल बताउँछन् । 'विभागले तोकेको लक्ष्य पूरा गर्न सबै काम छाडेर त्यसकै पछाडि लाग्नुपर्ने अवस्था आएको छ,' उनले भने । आफूहरूले तनावमा काम गर्नुपर्ने भएकाले रुद्रीले केही मानसिक शान्ति दिएको उनले बताए ।
तीन वर्ष यतासम्म यो भन्सारले लक्ष्य अनुरूप राजस्व संकलन गरी रहेकोमा चालू आर्थिक वर्षमा मात्र लक्ष्य भेट्टाउन समस्या भएको हो । साभार : इ कान्तिपुर