राजधानीमा इजरायली फिल्म फेस्टिबल
By Masti Entertainment - Thursday, May 5, 2011
आधुनिक इजरायली संस्कृतिका बारेमा जानकारी दिने उद्देश्यले मंगलबारबाट राजधानीको रसियन कल्चर सेन्टरमा चारदिने छैटौं इजरायली फिल्म फेस्टिबल शुरू हुँदै छ। इजरायली राजदूतावासले आयोजना गर्न लागेको महोत्सवमा कमेडी, पारिवारिक, धार्मिक र प्रेमकथा समेटिएका ६ फिल्म प्रदर्शन गरिनेछ।
दूतावासले दिएको जानकारी अनुसार महोत्सवमा इजरायली फिल्म एकेडेमी अवार्डमा विभिन्न विधामा अवार्ड जितेका फिल्म डेस्पिराडो स्क्वायर, डे आफटर डे, जेम्स जर्नी टु जेरुसेलम, उस्पिजिन, कोलम्बियन लभ र लेट म्यारिज देखाइनेछन्। महोत्सवको पहिलो दिन मंगलबार सन् २००१ मा अवार्ड जितेको लेट म्यारिज फिल्म देखाइनेछ। फिल्मले परम्परागत मूल्यमान्यतामा विश्वास राख्ने एक परिवारको रमाइलोदेखि दुःखपीडाको कथालाई उजागर गरेको छ।साभार : फिल्मीखबर