२१ सदस्यीय टोलीका साथ प्रधानमन्त्री आज टर्की जाने
By Masti Entertainment - Friday, May 6, 2011
काठमाडौं, २२ वैशाख, सन्तोष घिमिरे
विश्वका अतिकम विकसित ४८ देशका सूचीमा रहेकामध्ये आगामी दस वर्षभित्र आधा सदस्यलाई हटाउने कार्ययोजना सो सम्मेलनले पारित गर्ने भएको छ
प्रधानमन्त्री झलनाथ खनाल शुक्रबार टर्कीको इस्तानबुल जाँदैछन् । राष्ट्रसंघमा आवद्ध विश्वका अतिकम विकसित ४८ देशको संगठन (एलडिसिज) को शिखर सम्मेलनलाई अध्यक्षका रूपमा उनले सम्बोधन गर्दै छन् । २१ सदस्यीय टोलीका साथ प्रधानमन्त्री खनाल शुक्रबार राति ९ः१५ बजे इत्तेहाद एयरलाइन्सको विमानबाट आबुधाबी हुँदै इस्तानबुल जान लागेका हुन् । प्रधानमन्त्रीका रूपमा खनालको यो नै पहिलो विदेश भ्रमण हो । एलडिसिज सम्मेलन आइतबार सुरु भई शनिबार समापन हुने भएको छ । संगठनको अध्यक्षता गत वर्ष बंगलादेशले नेपाललाई हस्तान्तरण गरेको थियो ।
प्रधानमन्त्री खनालले एलडिसिज अध्यक्षको हैसियतमा सोमबार सदस्य तथा आमन्त्रित देशका प्रतिनिधिलाई सम्बोधन गर्नेछन् । खनालले शनिबार नै सदस्य देशका प्रतिनिधिलाई अलग्गै सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार मिलन तुलाधरले बताए । 'विश्वका अतिकम विकसित ४८ देशका सूचीमा रहेकामध्ये आगामी दस वर्षभित्र आधा सदस्यलाई हटाउने कार्ययोजना सो सम्मेलनले पारित गर्नेछ,' उनले भने ।
उनले एलडिसिजका सदस्य देशसँग व्यापार, लगानी विस्तार, अन्त शुल्क हटाउने र आर्थिक क्षेत्रमा कसरी सहकार्य गर्ने भन्नेबारेमा पनि छलफल हुने जानकारी दिए ।
यसअघि प्रधानमन्त्री पहिलो औपचारिक भ्रमणमा भारत जाने चर्चा गरिएको थियो । प्रधानमन्त्री टर्कीबाट फर्केपछि मात्रै भारत भ्रमणमा जाने भएका छन् । भ्रमण टोलीमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री उपेन्द्र यादव, मुख्य-सचिव माधव घिमिरे, परराष्ट्र सचिव डा. मदनकुमार भट्टराई, वाणिज्य सचिव पुरुषोत्तम ओझा, राष्ट्रिय योजना आयोगका कार्यबाहक उपाध्यक्ष डा. दिनेशचन्द्र देवकोटा, प्रधानमन्त्री पत्नी रविलक्ष्मी चित्रकार, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार मिलनराज तुलाधर, प्रेस सल्लाहकार सूर्य थापा, शिष्टाचार महापाल मुक्तिनाथ भट्ट, उपसचिव सुधीर भट्टराई र शिष्टाचार अधिकारी शत्रुघनप्रसाद पोखरेललगायत रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्यस्तै संयुक्त राष्ट्रसंघका लागि अमेरिकाको न्युयोर्कस्थित स्थायी प्रतिनिधि ज्ञानचन्द्र आचार्य र उपसचिव मणि भट्टराई, जेनेभास्थित राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि डा. दिनेश भट्टराई तथा टर्कीसमेत हेर्ने पाकिस्तानस्थित नेपाली राजदूत बलबहादुर कुँवर पनि सरकारी टोलीमै छन् । त्यस्तै दुईजना सरकारी सञ्चारमाध्यमका प्रतिनिधिलाई पनि सहभागी गराइएको छ ।
सम्मेलनमा अमेरिका, चीन, रुस, बेल्जियम, जापान, बेलायत, ब्राजिललगायत अन्य २२ वटा विकसित देशका प्रतिनिधि सहभागी हुने तुलाधरले जानकारी दिए । सो क्रममा संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुन, बेल्जियमका प्रधानमन्त्री, भारतका विदेशमन्त्री एसएम कृष्णा, युरोपियन युनियनका अध्यक्षलगायतका विश्वका विशिष्ट प्रतिनिधि उपस्थित हुनेछन् ।
प्रधानमन्त्री खनालले महासचिव मुन, बेल्जियमका प्रधानमन्त्री, युरोपियन युनियनका अध्यक्षलगायतसँग साइडलाइनमा भेटवार्ता गर्नेछन् । उता, सरकारी टोलीबाहेक निजी क्षेत्रका व्यवसायी, नेपाल टर्की चेम्बर अफ कमर्सका प्रतिनिधि, सभासद्द्वय धर्मशिला चापागाईं र यामलाल कँडेल, केही निजी सञ्चारमाध्यमका सञ्चारकर्मी र गैरसरकारी संस्थाका प्रतिनिधि गरी एक सयजनाको अलग्गै टोली पनि जाने भएको छ । प्रधानमन्त्री खनाल आगामी शनिबार स्वदेश फर्किनेछन् । नयाँ पत्रिका