आज

त्यो एउटा भूल

By Masti Entertainment - Friday, May 6, 2011

'त्यो मेरो जीवनको सबैभन्दा ठूलो भूल थियो, जुन मलाई सधैँ पछुतो लागिरहन्छ '

जग्गा अस्वीकार गर्नु
सुनील पोखरेल, रंगकर्मी

जीवनमा भूलैभूल गरियो । सही काम त एकाधमात्रै गरिए होलान् । तर, त्यो मेरो ठूलो भूल थियो, जुन म कहिल्यै बिर्सन सक्दिनँ । ०५१ सालमा एमालेको नौमहिने सरकारमा मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा रघुजी पन्त प्रेस सल्लाहकार हुनुहुन्थ्यो । म र नवीन सुब्बा सँगै थियौँ । रघुजीले हामीलाई बोलाउनुभयो र नाटकको विकासका लागि हाम्रो नाट्य समूह 'आरोहण'लाई एक सय रोपनी जग्गा मिलाइदिन्छु भन्नुभएको थियो । कहिलेकाहीँ मान्छेको बुद्धिले काम गर्दैन । त्यसवेला हामीले नगरकोटमा जग्गा हेर्दै थियौँ र मैले सीधै 'हामीलाई जग्गा चाहिँदैन' भनेँ । अहिले सम्झन्छु- त्यो वेला त्यति ठूलो प्रस्ताव किन अस्वीकार गरेँ होला ? आरोहण गुरुकुल अहिले पनि पुरानो बानेश्वरमा भाडामै बसिरहेको छ, यदि त्यसवेला मैले सरकारबाट जग्गा लिएको भए, आफ्नै भवनमा 'भव्य' थिएटर बन्थ्यो होला । तर, अब त त्यो सम्झना पनि नमीठो सपनाजस्तो मात्रै लाग्छ ।

'चाकडी' शास्त्र नपढ्नु

हरिश चन्द, पूर्वसमाचार वाचक, रेडियो नेपाल

मैले ३२ वर्ष रेडियो नेपालमा अंग्रेजी समाचार पढेँ । यसले मलाई देश-विदेशमा चिनायो । त्यति मात्र होइन, मेरो जिन्दगीको मोड नै बदलियो । तर, काम गर्नु मात्रै ठूलो कुरा होइन रहेछ । जति नै इमानदार भएर काम गरे पनि त्यसको मूल्यांकन नहुँदा दुःख लाग्छ । मलाई पनि त्यसमै दुःख छ । र, रेडियो नेपालमा बस्दा मैले 'चाकडी' नगर्नुलाई भूल मान्छु म ।

रेडियो नेपालका निर्देशक रामराज पौडेलले एउटा कार्यक्रममा मेरो उद्घोषण सुनेपछि जागिर खान बोलाए । माइकलको भोकल टेस्ट केही लिनु पर्दैन, मैले हिजै लिएँ, अंग्रेजीका लागि ऊ फिट छ भन्नुभएको थियो । यसरी तय भएको मेरो जागिर तीन दशक बित्यो । म समाचार सम्पादकसम्म बनेँ । सरकारी सञ्चारमाध्यमका आफ्नैखाले बाध्यता थिए । व्यवस्था र सरकार फिर्नेबित्तिकै त्यहाँ भुइँचालो जान्थ्यो । सरकार फिर्नेबित्तिकै निर्देशक फेरिहाल्ने । त्यतिसम्म त ठिकै थियो, तिनैले मन्त्रीका मान्छे हुल्न खोज्ने । ती व्यक्ति योग्य हुन् वा नहुन् मतलब छैन । यसमा म सधैँ विमति राख्थँे । मेरो धेरैपल्ट निर्देशकसँग बाझाबाझ परेको छ । अहिले सोच्छु 'चाकडी' गरेको भए मलाई उनीहरूले राम्रै गर्थे । त्यो नजानेर मैले बिगारँ कि । चाकडी शास्त्र नपढ्नू ठूलै भूल रह्यो जीवनमा ।'

पढाइ छाड्नु
जितु नेपाल, हास्यकलाकार

मैले कलाकारितामा 'राम्रै' प्रगति गरेँ । मान्छेले चिन्छन्, खुसी लाग्छ । तर, चर्चाले मात्रै नपुग्ने रहेछ । जीवनमा अरूथोक पनि चाहिने रहेछ । मैले पढाइ बीचमै छाडेँ । आइएसम्म पढेँ, त्यो लेभल पास गरेँ र त्यसपछि बिए पढिनँ । दुई/चारपटक टेलिभिजनका हास्य कार्यक्रममा अनुहार देखाउन पाएपछि 'के-के न गरिएछ' भन्ने लाग्न थाल्यो । पूरै समय कलाकारितामै व्यस्त भएपछि त्यसवेला 'पढाइ किन चाहियो' भन्ने भयो र पढाइ चटक्कै छाडियो । त्यो मेरो जीवनको सबैभन्दा ठूलो भूल थियो, जुन मलाई सधैँ पछुतो लागिरहन्छ ।

खोलामा हामफाल्नु

झरना बज्राचार्य, हिरोइन

जीवनमा त्यस्तो ठूलो भूल गरियोजस्तो लाग्दैन । तर, एउटा सानो भूलले मलाई सधैँ सताउँछ, मेरो ममीलाई पनि । म सानै थिएँ, स्कुल पढ्दैथेँ । साथीहरूसँग पिकनिक गएको थिएँ, दोलालघाटमा । साथीहरूको लहैलहैमा 'पौडी खेलौँ न त' भनेर इन्द्रावतीखोलामा हामफालेँ । पानीमा पसुन्जेल मलाई पौडी खेल्न आउँदैन भन्ने बिर्सेछु । म त पूरै डुबेँ, साथीहरू उत्रिए । त्यसवेला म १५/२० मिनेटजति पानीभित्रै हराएँ । खोलाले बगाएर निकै तल पुर्‍यायो । म त बेहोसै भएछु । पछि स्थानीयले देखेछन् र पानीबाट निकाले । निकैपछि मात्रै मेरो होस आयो । त्यसपछिका दिनमा मलाई पौडी खेल्न डर लाग्छ । अहिले सम्झन्छु- स्थानीयले नदेखेका भए, म यो संसारमा अहिले हुन्नथेँ । नयाँ पत्रिका

चिरबिर चिरबिर, become a fan on फेसबुक

तपाइका केही शव्दहरू

Advertisement

पछिल्ला पोष्टहरू

पत्रपत्रिकाबाट

आफ्नै कुरा

कविता

गजल

ADSADAS ADFS ADSA DSADADSADADS SDSAD SDS ADS ADSAASD

कविता

गजल

Advertisement