गल्फले काठमाडौं उडान थप गर्ने
By Masti Entertainment - Friday, May 6, 2011
काठमाडौं/ बहराइनको राष्ट्रिय ध्वजावाहक गल्फ एयरले काठमाडांैका लागि उडान थप गर्ने भएको छ । एयरलाइन्सले मे २१ देखि साताको एउटा उडान थप गर्न लागेको हो । यसबाट सिट-क्षमता ९ प्रतिशतले बढ्ने कम्पनीले जनाएको छ । हाल गल्फ एयरले काठमाडांैका लागि साताको ११ वटा उडान गरिरहेको छ ।
गल्फ एयरले समर सिजनका लागि विभिन्न गन्तव्यमा उडान र गन्तव्य-संख्या बढाउने घोषणा गरेको छ । नयाँ योजनाबाट सिट-क्षमतासमेत बढ्ने कम्पनीले जनाएको छ । एयरलाइन्सले प्रतिसाता १७ सय सिट-क्षमता थप्नुका साथै तीनवटा नयाँ गन्तव्यमा उडान सुरु गर्ने बताएको छ ।
बिहीबार समर सेड्युल सार्वजनिक गर्दै कम्पनीले काबुल, कोपनहेगन र नैरोवीमा उडान सुरु गर्ने जनाएको छ । समर सिजनमा विद्यालय छुट्टी हुने र मानिस बिदा मनाउन आवतजावत गर्ने भएकोले सेवा बढाइएको कम्पनीले बताएको छ । बैंकक, कोलम्बो, काठमाडौंजस्ता गन्तव्यमा ८० प्रतिशतभन्दा बढी बुकिङ भइसकेको कम्पनीले जनाएको छ । नयाँ पत्रिका