जेठी बुहारीको दाइजोले कान्छी बुहारी घरनिकाला
By Masti Entertainment - Wednesday, May 11, 2011
महेन्द्रनगर, २७ वैशाख - बच्चु विक
दाइजो माग्दै बुहारी घरबाट निकाल्ने परिवारका सबै पुरुष शिक्षित छन् । ससुरा माविका शिक्षक हुन् भने श्रीमान् नेपाली सेनामा छन् । त्यस्तै जेठाजु नेपाल एयरलायन्समा कार्यरत छन् ।
जेठी बुहारीको दाइजो आएपछि कन्चनपुरको विकट चाँदनी दोधाराको एक परिवारले कान्छी बुहारीलाई घरबाट निकालेको छ । साढे दुई वषर्ीया छोरीसहित २४ वषर्ीया युवती अलपत्र छिन् ।
जेठी बुहारीको टन्न दाइजो आएपछि चाँदनी गाविस-४ की कान्छी कुस्मालाई छोरी पि्रयंकासहित घरनिकाला गरिएको हो । 'यो भिखारीकी छोरी भन्दै कुटेे' कुस्माले दुखेसो पोखिन्, 'हामीसँग सुहाउने होइन, अब अर्को बिहे गर्नुपर्छ भन्दै निकाले ।'
दाइजो माग्दै बुहारी घरबाट निकाल्ने परिवारका सबै पुरुष शिक्षित छन् । ससुरा नारायण स्थानीय शारदा माविका शिक्षक हुन् भने श्रीमान् ललित नेपाली सेनामा कार्यरत छन् । त्यस्तै जेठाजु राजेन्द्र नेपाल वायु सेवा निगममा कार्यरत छन् । कुस्मालाई सबैजना मिलेर घरनिकाला गरेका हुन् ।
दाजु राजेन्द्रको गत असारमा बिहे भएको हो । राजेन्द्रभन्दा अगाडि कान्छो ललितसँग ०६३ मा कुस्माको बिहे भएको थियो । नेपाली सेनामा कार्यरत ललितले घरपरिवारको वास्ता नगरेकाले सुधि्रएला भनेर आफूसँग बिहे गराएको कुस्माले बताइन् । 'मलाई केही बताएनन्, राम्रै छ भने,' उनले विगत कोट्याउँदै भनिन्, 'घरपरिवारलाई नहेर्ने रैछ, त्यसैले जेठोलाई छाडेर कान्छोको बिहे गरेका रहेछन् ।'
परिवारको सहमतिमा सामान्य टीकाटालो गरेर बिहे गरिएको थियो । माइती गरिब भएकाले भोजभतेरसमेत नगरेर सामान्य बिहे गरिएको उनले बताइन् ।
बिहेका सुरुका दिनमा सासूले मात्रै दुःख दिने गरे पनि छोरी जन्मेपछि सबैले कुटपिट गर्न थालेको उनले बताइन् । 'दुई/तीन वर्ष काम गराऔँ, त्यसपछि छोडिदिउँला भन्ने सोचेका रहेछन्,' उनले भनिन्, 'छोरी जन्मेपछि धपाउनुपर्यो भनेर कुट्न थाले ।'
सुत्केरी अवस्थामा समेत काममा लगाउने र कुटपिट पनि गरेपछि उनको पाठेघर खसेको छ । 'सुत्केरीमा पनि सताए, कुटपिट गरे काममा जोते,' उनले दुखेसो गरिन् । डोरीले हातखुट्टा बाँधेर कुट्ने गरेको पनि उनले सुनाइन् ।
भारतको सितारगन्ज गएर पाठेघरको उपचार गरे पनि समस्या पूरै हटेकोे छैन । गह्रौँ सामान उचाल्दा, भारी बोक्दा उनको पाठेघरको समस्या बल्भिmन्छ । पैसा र परिवारको सहयोग नपाएकाले राम्ररी उपचार नभएको पीडा उनले सुनाइन् ।
गत असारमा जेठो छोरा राजेन्द्रको बिहेमा धेरै दाइजो आएपछि झन् सताउन थालेको उनले बताइन् । 'पहिले सासूससुराले मात्रै कुट्थे,' कुस्माले भनिन्, 'जेठाजुको बिहेपछि सबैले कुट्न थाले । ललितको अर्को बिहे गर्छौं, तँ घरबाट निक्ली भन्न थाले ।' उनलाई 'कंगालकी छोरी' भन्दै कुटपिट गरेको उनले बताइन् ।
शिक्षक ससुराले गाउँकै एक मुस्तण्डलाई बुहारीको बलात्कार गर्न पठाएको कुस्माको आरोप छ । 'गएको साउनमा राति सुतिराखेकी थिएँ, ससुराले ढोका ढक्ढकाउँदै बोलाउनुभो,' उनले भनिन्, 'ढोका खोल्नेबित्तिकै ससुराले करन चन्दलाई भित्र पठाए ।' करनले बलात्कार गरेपछि त्यही आरोपमा बुहारीलाई घरबाट निकाल्ने प्रपञ्च भएको उनको भनाइ छ । 'तर, म कराएपछि गाउँभरिका मान्छे जम्मा भए, मेरो इज्जत जोगियो,' उनले भनिन् ।
त्यति गर्दा पनि कुस्माले घर नछाडेपछि गत पुसमा सबै मिलेर घरबाट निकालेका छन् । 'सबै मिलेर कुटपिट गरे, घरभित्रबाट तानेर बाहिर फाले,' उनले रुँदै पीडा सुनाइन् ।
कुस्मालाई केही दिनका लागि महिला विकास कार्यालयले सञ्चालन गरेको पुनस्र्थापन केन्द्रमा राखिएको छ । उनले 'श्रीमान्सँगै बस्न पाऊँ' भनेर कञ्चनपुर जिल्ला अदालतमा मुद्दा दर्ता गरेकी छिन् । - नयाँ पत्रिका