आज

र्‍याम्पमा उत्रने तयारी

By Masti Entertainment - Wednesday, May 11, 2011

धरान, वैशाख २९ - समाज र परिवारमा हुने भेदभाव र लान्छनाविरुद्ध समलिंगी तेस्रोलिंगी फेसन सोको तयामा पूर्वाञ्चलका समलिंगीहरू जुटेका छन् । मुलुकमै पहिलोपटक ब्लु डाइमन्ड सोसाइटीले धरानमा उनीहरूलाई मात्र समावेश गरेर फेसन सो आयोजना गर्न लागेको हो । फेसन सो जेठ ३ गते धरान सभागृहमा आयोजना गरिने संयोजक विष्णु पाण्डेले बताए ।

आगामी जेठ ३ गत धरानमा आयोजना हुने फेसन सोका लागि र्‍याम्प वर्क मोडलिङ एजेन्सी धरानका कोरियोग्राफर ललित राईले उनीहरूलाई एक सातादेखि मोडलिङ प्रशिक्षण दिूदै छन् । सन् १९८२ मे १७ मा विश्व स्वास्थ्य संगठनले समलिंगी तेस्रोलिंगी प्रवृत्तिलाई रोगको सूचीबाट हटाएको दिनको सम्झनामा उक्त फेसन सो आयोजना गर्न लागिएको हो ।

मुलुकमा राज्यले उनीहरूलाई शिक्षा, स्वास्थ्य, रोजगारमा मात्र चरम भेदभाव नगरेर व्यक्तिको पहिचान खुलाउने नागरिकता, विवाहजस्ता विषयमा पनि उत्तिकै भेदभाव र लान्छना दिएकाले सरकार र सरोकारवालाको ध्यानाकर्षण गर्न यस्तो फेसन सो गर्न लागिएको संयोजक पाण्डेले बताए । उनले भने, 'तेस्रोलिंगी भएकै कारण समाजमा कयांैले अपहेलित हुनुपरेको छ । विज्ञान र वैज्ञानिकले समेत यो पनि प्राकृतिक र स्वाभाविक भएको बताइसकेको अवस्थामा जनचेतनाको कमीले सामाजिक भेदभाव कायम भएकाले उनीहरू पनि यो समाजकै अभिन्न र प्रतिभाशाली व्यक्तिहरू हुन् भनेर देखाउन फेसन सोलगायत अन्य कार्यक्रम गर्न लागिएको हो ।'

सहभागी सबै लिंग र शारिक बनावटका आधारमा पुरुष भए पनि यौनिकता र मानसिक भावना र प्रवृत्तिका आधारमा समलिंगी तेस्रोलिंगी स्त्रीहरू रहेका छन् । पूर्वका नाै जिल्लामा रहेका समलिंगीहरूमध्ये पहिलो चरणमा २० जना छनोट गरिएको र तीमध्येकै १२ जनालाई फेसन सोको प्रशिक्षण दिन सुरु गरिएको पाण्डेले बताए । प्रशिक्षणमा सन् २०१० मा काठमाडांैमा आयोजित समलिंगी ब्युटी प्याजेन्टमा मिस पिंक घोषित भएर थाइल्यान्डको बैंककसम्म पुगेकी झापा दमककी २० वषर्ीया मेघना लामा स्याङेन, काठमाडांैमा आयोजित प्रतियोगितामा फस्ट रनरअप मोरङकी १९ वर्षीया खुसी राई, शिक्षा विषयमा स्नातक अध्ययरत विराटनगरकी २२ वषर्ीया महिमा चौधरी, पोखरामा सन् २००८ मा आयोजित मिस पिंक प्रतियोगितामा पूर्वाञ्चल एम्बेसडर उपाधि विजेता धरानकी सुहानी राजधामी रहेका छन् ।

नयाँ अनुहारहरूमा सुनसकी सल्मा बेगम, सुनसकै कृष्टिना थापा, धरानकी प्रकृति माझी, मोरङकी सुनिता राई, विपासा चौध, एलिना चौध, झापाकी चञ्चला सुब्बा र राजविराकी शिवानी चौध रहेका छन् । कोरियोग्राफर राईले समलिंगी तेस्रोलिंगीहरू फेसन मोडलिङमा उत्तिकै सहभागी हुन उत्साहित र प्रतिभाशाली पाएको बताए । कल्चर, साडी, समर वेयर र पार्टी वेयरको फेसन सो गर्न उनीहरू लगनशील देखिएका उनले बताए । हेयर एन्ड मेकअपका लागि धरानको सासा ब्युटी पार्लरले गर्ने भएको छ । साभार : इ कान्तिपुर

चिरबिर चिरबिर, become a fan on फेसबुक

तपाइका केही शव्दहरू

Advertisement

पछिल्ला पोष्टहरू

पत्रपत्रिकाबाट

आफ्नै कुरा

कविता

गजल

ADSADAS ADFS ADSA DSADADSADADS SDSAD SDS ADS ADSAASD

कविता

गजल

Advertisement