इजरायल हेर्ने आँखीझ्याल
By Masti Entertainment - Saturday, May 7, 2011
काठमाडौ, वैशाख २५ - पछिल्ला वर्षहरूमा कामदारको रूपमा इजरायल भित्रिने नेपालीहरूको संख्या बढ्दै गइरहेको भए पनि यो मुलुकको संस्कृति र सभ्यताबारे कमै नेपालीलाई थाहा होला । राजधानीमा हालै सकिएको तीनदिने इजरायली फिल्म फेस्टिभलले भने यहुदी र इसाई सभ्यताको यो सद्भाव थलोको सामाजिक र सांस्कृतिक पक्षका अनेक पाटालाई प्रत्यक्ष पर्दामा देखाउने काम गर्यो ।
इजरायली जीवनका अनेक रंगलाई पर्दामार्फत पकिस्ने उद्देश्यसहित ६ वर्षदेखि लगातार हुँदै आएको फेस्टिभलमा यसपटक ड्रामा, रोमान्स, फ्यामेली र कमेडी स्वादका फिल्म पस्किए । इजरायली दूतावासले आयोजना गरेको फेस्टिभल पारिवारिक मूल्य, मान्यता र प्रेममा आधारित फिल्म 'लेट म्यारिज' देखाएर उद्घाटन गरिएको थियो । युवा पुस्तादेखि पाको उमेरका नेपाली दर्शकका साथै विदेशीहरूले खचाखच भरिएको रुसी सांस्कृतिक केन्द्रमा फेस्टिभलको अन्तिम दिन यही फिल्मसँगै 'कोलोम्बियन लभ' पनि देखाइएको थियो । हल्का कमेडी, रोमान्ससमेत समेटिएका यी दुई फिल्मले भरपुर मनोरञ्जन मात्र दिएनन्, इजरायली जनजीवनको स्वाद पनि चखाए ।
तीन युवा साथीभाइको जीवनवरिपरि घुमेको फिल्म 'कोलोम्बियन लभ'ले सत्य प्रेमको खोजी, वैवाहिक जीवन, परम्परागत पारिवारिक तथा सामाजिक मूल्यमान्यताबीच ठोक्किने आधुनिक प्रेम र जीवनशैलीलाई पर्दामा उतारेको थियो । समयले उनीहरूको सोच र बानीबेहोरामा ल्याइदिएको परिवर्तनसँगै ठट्यौली पारामा प्रस्तुत गरिएका घटनाहरूमार्फत दर्शकलाई हँसाइएको थियो ।
प्रेम र विवाहकै थिममा बनाइएको निर्देशक डोभर कोसास्भिलीको 'लेट म्यारिज' खासमा प्रेम र परिवारबीच अल्झेको ३२ वर्षे जाजाको द्विविधाग्रस्त जिन्दगीको कथा हो । उमेर बढ््दै गए पनि विवाहबारे मतलब नगरेको जाजालाई दुलही खोज्दाखोज्दा वाक्क भएका मातापिताको पीडा र परिवारले स्वीकार नगर्ने युवतीसँग प्रेममा परेको जाजाको कथाले धेरै दर्शकलाई गम्भीर तुल्यायो ।
दुवै फिल्म इजरायली समाजको प्रेम र विवाहमा केन्दि्रत थियो भने फेस्टिभलको दोस्रो दिन प्रदर्शित फिल्म 'जेम्स जर्नी टु जेरुसलम' र 'उस्पिजिन' मा धार्मिक आस्था, विश्वास र संस्कृतिका लागि इजरायली पात्रहरूले गरेको संघर्ष समेटिएको थियो । 'जेम्स जर्नी टु जेरुसलम' मा जेरुसलमको तीर्थयात्रामा हिँडेको जेम्स अध्यागमन समस्याको फन्दामा पर्छ । उसले यो समस्याबाट निस्केर धार्मिक यात्रा गर्न समय खर्च मात्र होइन आफूले बच्चैदेखि विश्वास गर्दै आएको जीवनशैली र विचार बचाइराख्नसमेत ठूलो संघर्ष गर्नुपर्ने हुन्छ । मित्रता र धार्मिक यात्रालाई अध्यागमन समस्यासँग जोड्दै इजरायलको केही सत्यतथ्य जीवन संघर्ष देखाएको यो फिल्ममा नेपाली दर्शकले पवित्र भूमिको केही डरलाग्दो यथार्थ देख्न पाए ।
'उस्पिजिन' -पाहुना) मा चाहिँ गरिब यहुदी जोडी मोस र मालीको दैनिकी र धार्मिक पर्व सुकोटप्रति रहेको आस्था देखाएको
छ । भगवान्प्रति रहेको आस्थाले दिलाएको खुसीबीच आएका पाहुनाले भने उनीहरूको विश्वासलाई ठूलै परीक्षा लिन्छ, साथै उनीहरूको दैनिकीमा आएको उथलपुथलले दर्शकलाई पेट मिचिमिची हँसाउँछ पनि । उत्सवमा प्रदर्शन भएका ६ वटा फिल्ममा 'डेस्पराडो स्वायर' ले इजरायलीबीच हिन्दी फिल्मको क्रेज देखाउँदै रंगीन पात्र र समुदायलाई पर्दामा उतारेको थियो भने 'डे आफ््टर डे' ले सहरिया जीवनको रमाइला र उदेकलाग्दा क्षण । यी फिल्ममार्फत नेपाली दर्शकले इजरायली पारम्परिक/धार्मिक विश्वास, सामाजिक मूल्य, मान्यता, आधुनिकताले लिइरहेको सकारात्मक/ नकारात्मक परिवर्तन र विभिन्न सोख पालेका रंगीन पात्र देख्न पाए । इजरायली फिल्म एकेडेमी अवार्ड विजयी फिल्महरू नेपाली दर्शकका लागि इजरायल हेर्ने आँखीभmयाल थिए ।साभार : इ कान्तिपुर