दशगजा र शान्तिपुरका शाही
By Masti Entertainment - Wednesday, June 1, 2011
नेपालगन्ज, जेष्ठ १९ - नेपाली कथानक फिल्म 'दशगजा' बर्दिया शान्तिपुर र सीतापुरवासीले भोगेको यथार्थ कथा-व्यथाको पूरै झझल्को दिलाउने गरी नेपालगन्जमा प्रदर्शन भइरहेको छ । फिल्ममा भारतीय सीमा सुरक्षा बल (एसएबी) ले नेपाली बस्तीमा पसेर कुटपिट, बलात्कार र हत्यासमेत गर्छ, जुन सीतापुर र शान्तिपुरवासीका लागि यथार्थ हो ।
फिल्ममा देखाएझैं सीमाको एसएसबी पोस्टबाट आएका जवानले सीतापुर गाविस नजिकै चोकका दुई घरमा ६ वर्षअघि आगो लगाएका थिए । प्रशासन-प्रहरी, राजनीतिक दलका नेता र सरकारका मन्त्रीहरू खुलेआम सीमा हस्तक्षेप हुँदासमेत मौन रहेको यथार्थ पनि 'दशगजा' मा छ, शान्तिपुर र सीतापुरवासीको हकमा पनि त्यस्तै भइरहेको छ । सत्ताका लागि विदेशीसँग जस्तोसुकै मोलाहिजा गर्न पछि नपर्नेहरू विरुद्ध जनता आफंै जाग्नुपर्ने सन्देश दिने 'दशगजा' ले सीमा क्षेत्रका दर्शकमा आक्रोशको ज्वाला दन्काउँछ ।
बर्दिया, जमुनी-९ शान्तिपुरका ५० वषर्ीय हर्कबहादुर शाहीको भारतीय सशस्त्र सीमा बलले चार महिनाअघि (फागुन ५) लखेट्दै नेपाली सीमाभित्र आएर नियन्त्रणमा लिई हत्या मात्रै गरेन, लासै गायब पार्यो । यो घटनालाई नजिकैबाट नियालिरहेका बाँके र बर्दियाका दर्शकलाई 'दशगजा' फिल्म हैन, जीवनजस्तै लाग्छ ।
शाहीको हत्यामा सरकारले अझैसम्म बोलेको छैन । फिल्ममा जस्तै राष्ट्रवादी भाषण र आश्वासन दिने राजनीतिक दल र तिनका कुनै नेताले मुख खोलेका छैनन् । झारा टार्न मात्रै नेताले प्रेस विज्ञप्ति प्रकाशित गर्छन् फिल्ममा, शाहीको घटनामा पनि त्यस्तै भएको छ । दुई छाक खाना पकाउने दाउरा र गाई बस्तुलाई घाँस लिन सीमापारि जाँदा ज्यानै गुमाउनुपर्ने अवस्थाबारे सरकारी मौनताका कारण आफन्तले काजकिरिया समेत गर्न पाएका छैनन् । शाहीको हत्या भएकै सीमा क्षेत्रदेखि २५ किलोमिटर पूर्व नेपालगन्जको सृष्टि हलमा एक सातादेखि प्रदर्शन भइरहेको छ- दशगजा ।
'दशगजा' मा बाबु-आमा, बहिनीसहित परिवारका सबै सदस्यलाई एसएसबीका जनावले हत्या गरेपछि परशुराम -राजेश हमाल) को मस्तिष्कमा जुन पीडाले छटपटिन्छ, त्यस्तै अवस्थामा छन् शान्तिपुरका शाही परिवार र छिमेकीहरू । यो घटनापछि नागरिक सुरक्षाका लागि राष्ट्रिय मावनअधिकार आयोग, क्षेत्रीय कार्यालय नेपालगन्जले सरकारलाई गम्भीर सुझाव दिएको थियो । भारतीय विदेशमन्त्री एसएम कृष्णको दुई महिनाअघि काठमाडांै आउँदासमेत सरकारले घाँसदाउरा गर्न जाँदा हत्या गरिएका हर्कबहादुरजस्ता साँच्चिकै पात्रहरूको विषयमा केही उठाएन, फिल्ममा पनि त्यस्तै हुन्छ ।
भारतीय राजदूत राकेश सुदमाथि विभिन्न ठाउँमा भएका दुव्र्यवहारलाई लिएर विदेशमन्त्री कृष्णले नेपाल सरकारको ध्यानाकर्षण गराए । तर, सीमामा भारतीय सुरक्षाकर्मीबाट नेपाली सर्वसाधारणमाथि भइरहेका दुव्र्यवहार र हत्याबारे नेपाल सरकारले चासो देखाएन ।
'पर्दामा किन हेर्न जानु हाम्रै घोडदौरी र जमुनाहमा यस्तो अत्याचार देख्न सकिन्छ,' फिल्म 'दशगजा' हेरेका सूर्यलाल यादवले भने, 'बोर्डरको कुरालाई कसैले चासो दिँदैनन्, फिल्ममा पनि त्यस्तै रहेछ ।' तर यादवले कथावस्तु ठीक भए पनि फिल्मले सीमा समस्या र अतिक्रमण रोक्न चालिनुपर्ने कदमचाहिँ फिल्मको जस्तो विद्रोह र हिसांत्मक नभई संयमित र कूटनीतिक ढंगले गर्नुपर्ने बताए । 'फिल्ममा समाधानको प्रयास राम्रो ढंगले प्रस्तुत गरिएको छैन,' यादवले सुझाव दिए, 'सीमामा अपराध बढेको कुरालाई पनि देखाएको भए हुन्थ्यो ।' जेहोस् सीमा हरेक दिन विभिन्न सास्ती झेलिरहेका नेपालीका लागि 'दशगजा' फिल्म आफ्नै कथाजस्तो बनेको छ ।साभार : इ कान्तिपुर