आज

बंगलादेशमा माइला डटकम

By Masti Entertainment - Tuesday, May 31, 2011

काठमाडौ, जेष्ठ १८ - सानो चिया पसल । कुनामा थुपि्रएका अलिकति मेच-टेबल । यौवनले धपक्क साहुनी अनि काम गर्ने केटो माइला । सामान्य सेटमा दुई पात्रको मात्रै अभिनय रहेको नेपाली नाटक 'माइला डट कम' लाई शुक्रबार बंगलादेशी दर्शकले स्वाद मानीमानी हेरे । इन्टरनेसनल थिएटर इन्स्टिच्युट (आईटीआई) बंगलादेश सेन्टरले राजधानी ढाकामा पहिलेपटक आयोजना गरेको अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा नेपालबाट मन्डला थिएटरको यो प्रस्तुति चुनिएको थियो । नाटकका लागि ढाका पुगेका राजन खतिवडा, सिर्जना सुब्बा, बुद्धि तामाङ, सोमा लामालगायतको टोली भर्खरै काठमाडौं फिरेका छन् ।

'नाटकमा तीन सय दर्शक हुनु भनेको निकै ठूलो संख्या हो,' मंगलबार अनामनगरस्थित मन्डलाकै कार्यालयमा भेटिएका राजनले दाबी गरे, 'नाटक सकेपछि धेरैजना आएर प्रत्यक्ष भेटे, बधाई दिए, केहीले नयाँ प्रयोग पनि भने ।' यस अर्थमा नयाँ प्रयोग कि नाटक जम्माजम्मी तीन दिनको कथ्ाा हो । चिया पसलकी साहुनी -सिर्जना) र कामदार माइला -राजन) बीचको तीन दिनको घटना समेटिएको नाटकमा पहिलो दिन सडक किनारबाट बेवारिसे माइला कामदारको रूपमा साहुनीले लिएर आउँछिन्, दोस्रो दिन पसलमै बास बस्न अनुमति दिन्छिन् र तेस्रो दिन कामदार माइलाले अज्ञात उत्तेजनाबस साउनीको गालाको चम्मा खाएपछि दुईजनाबीचको सम्बन्ध सकिएजस्तै नाटक पनि सकिन्छ ।

चिया, चुलो, टेबुल, चिया खान आउने ग्राहकहरू प्रत्यक्ष नदेखाएर माइम शैली (भएजस्तै कल्पना गर्ने) प्रयोग गरिएको नाटकमा साहुनी र कामदारले पसलमा गर्ने कामलाई नै यौन विम्बको प्रयोग गरिएको छ । माइलाले चिया विस्तारै दिन सुरु गर्नु, त्यसपछि क्रमशः छिटोछिटो, तीव्र छिटो र अन्त्यमा विस्तारै त्यो क्रिया टुगिँदा बंगाली दर्शकले रोचकता साथ यौनविम्बको अनुभूति गरेको राजनले दाबी गरे । 'दुइटा विपरीत धारमा घोटिने कैंचीको सन्दर्भ नबुझ्ने त कुरै भएन,' राजनले भने, 'तन्नेरी दर्शकहरूले हाँस्दै भेट्न आए ।'

स-साना व्यवहारमा पनि प्रकट हुने यौनमनोविज्ञान केलाइएको नाटक दयाहाङ राईले लेखन तथा निर्देशन गरेका हुन् । प्राविधिक कारणले आफू महोत्सवमा सामेल हुन नपाए पनि बंगलादेशमा नाटकले प्रशंसा पाएको खबरले आफू निकै खुसी रहेको मंगलबारको भेटघाटमा उनले बताए । जवानीले मस्त साहुनीले दयापूर्वक गरेको व्यवहारलाई माइलाले माया र यौन आशक्तिका रूपमा बुझेपछि नाटकले अर्कै मोड लिन्छ । 'साहुनीले 'तिम्रो अनुहार कहिले पनि नदेखाऊ' भन्ने संवादमा बंगालीहरू हाँसे,' राजनले भने, 'किन हाँसेछन् भनेर पछि सोधेको त बंगाली भाषामा यो संवाद 'तिम्रो अनुहार ऐनामा हेरेर आऊ' भन्ने बुझिन गएछ ।' संवाद कम र हाउभाउ बढी रहेका कारण पनि बंगाली दर्शकले नाटकलाई सजिलै बुझेको राजनले दाबी गरे ।

झन्डै तीन वर्षअघि नै तयार यो नाटक भारतको उडिसामा आयोजित नाट्य महोत्सवमा समेत छानिएको थियो भने काठमाडौंमा नियमित मञ्चन भइसकेको छ । महोत्सवमा भारत, चीन, सिंगापुरसहित डेढ दर्जन मुलुकका समूह सहभागी थिए । नाटक मञ्चनबापत 'माइला डट कम' ले पाएको २५ सय अमेरिकी डलरलाई मन्डला थिएटरले आगामी नोभेम्बर २६ देखि ३० सम्म काठमााडौंमा गर्न लागेको अन्तर्राष्ट्रिय युवा नाट्य महोत्सवमा खर्चिने मन्डलाका संयोजक समेत रहेका राजनले बताए । साभार : इ कान्तिपुर

चिरबिर चिरबिर, become a fan on फेसबुक

तपाइका केही शव्दहरू

Advertisement

पछिल्ला पोष्टहरू

पत्रपत्रिकाबाट

आफ्नै कुरा

कविता

गजल

ADSADAS ADFS ADSA DSADADSADADS SDSAD SDS ADS ADSAASD

कविता

गजल

Advertisement