आज

स्कटल्याण्डमा रेशम फिरिरि

By Masti Entertainment - Monday, May 30, 2011

स्कटल्याण्ड (एबरडिन), जेष्ठ १६ - लायन्स क्लब इन्टरनेशनल एबरडिनले आयोजना गरेको तेश्रो अन्तर्राष्ट्रिय मेलामा नेपाली संगीत र नृत्य प्रस्तुत गरिएको छ । एबरडिनस्थित अर्गनाइनजेशन फर नेप्लिज कल्चर एण्ड वेलफेयरको सक्रियतामा तिहार गीत एवम् बाँसुरी, मादल, खैंजडीको संगीत प्रस्तुत गरिएको थियो । स्कटिशका साथै स्कटल्याण्डमा रहेका अन्तर्राष्ट्रिय समुदायको उत्साहजनक सहभागिता रहेको सो मेलामा नेपाली सांस्कृतिक प्रस्तुति निकै रुचाइएको थियो ।

कार्यक्रममा जस्मिन रेग्मी, मोनिका सापकोटा, दीपशिखा उप्रेती र अनुशुया बोहोराले तिहारको भैली गीतमा आकर्षक नृत्य गरेका थिए भने "रेशम फिरिरि" को गीतमा हरिहर कँडेलले बाँसुरीवादन, गणेश घलेले मादल र अमृत बोहोराले खैंजडीको संगीत प्रस्तुत गरेका थिए । सो मेलामा भारत, बंगलादेश, आयरल्याण्ड, स्कटल्याण्ड, स्लोभाकिया, स्वीडेन, पोल्याण्ड लगायतका देशहरुको पनि सहभागिता रहेको थियो ।

उक्त मेलाको सफलताको लागि स्कटल्याण्डका प्रमुख मन्त्री (फष्ट मिनिष्टर) एलेक्स साल्मन्ड, एबरडिनका लर्ड प्रोभोस्ट पिटर जे स्टेफन लगायतले शुभकामना सन्देश समेत पठाएका थिए । लायन्स क्लब एबरडिनका अध्यक्ष डेभिड एल्टनले नेपाली समुदायको प्रस्तुति निकै राम्रो भएको प्रतिक्रिया दिए । अर्गनाइनजेशन फर नेप्लिज कल्चर एण्ड वेलफेयरका कार्यक्रम संयोजक सन्तोष गैरेले मेलामा नेपाली समुदायको पहिलो सहभागिता निकै उत्साहजनक रहेको तथा दर्शकहरुले मन पटाएका बताए । संस्थाले विभिन्न मेला तथा उत्सवहरुमा नेपाली संस्कृति झल्कने कार्यक्रमहरु प्रस्तुत गरिरहने उनले उल्लेख गरे ।

- भाष्कर अर्याल

चिरबिर चिरबिर, become a fan on फेसबुक

तपाइका केही शव्दहरू

Advertisement

पछिल्ला पोष्टहरू

पत्रपत्रिकाबाट

आफ्नै कुरा

कविता

गजल

ADSADAS ADFS ADSA DSADADSADADS SDSAD SDS ADS ADSAASD

कविता

गजल

Advertisement