आज

सञ्चिताको गर्भमा जुम्ल्याहा

By Masti Entertainment - Thursday, June 9, 2011




काठमाडौं, जेठ २६ - रिलमा क्यामेस्ट्री खुब मल्छ भनेर नजिकका साथीभाइ र फिल्म पत्रकारले के फुर्क्याएका थिए, पहिलो श्रीमान आकाश शाहसँग डिभोर्स गरेर बसेकी नायिका सञ्चिकाको मनमा विवाहित नायक निखिल उप्रेतीप्रति प्रेम टुसाउन थालिसकेछ।

केही फिल्ममा सँगै काम गरेपछि भने यो रिलको जोडी रियल जोडी बन्यो। फिल्मको कथाजस्तै विवाहलाई पनि सक्दो रहस्यमै राख्‍ने योजनाअनुसार उनीहरु भारतीय उद्योगलाई कर्मथलो बनाउने बहानामा मुम्बई पसे। तर, सत्यलाई कतिन्जेल लुकाउन सकिन्थ्यो र? सञ्चिता गर्भवती भएपछि उनीहरुको योजना असफल भयो।

बल्लबल्ल पाएको बुटिकको जागिर पनि सञ्चिताले गर्न नसक्ने र निखिलले जति धाए पनि फिल्म नपाएपछि छ महिनाजितको मुम्बई बसाइलाई अन्त गर्दै दुवै नेपाल फर्किए। अनि स्वीकारे, 'हामीले विवाह गरेको सत्य हो।'हाल निखिलको पुर्ख्यौली घरमा रहेकी सञ्चिताको पेटमा जुम्ल्याहा बच्चा रहेको खुल्न आएको छ। स्रोतका अनुसार नियमित स्वास्थ्य जाँचका क्रममा नायिका सञ्चिताको पेटमा दुई बच्चा रहेको डाक्टरले उनलाई बताएका थिए। साभार : नागरिक न्यूज

चिरबिर चिरबिर, become a fan on फेसबुक

तपाइका केही शव्दहरू

Advertisement

पछिल्ला पोष्टहरू

पत्रपत्रिकाबाट

आफ्नै कुरा

कविता

गजल

ADSADAS ADFS ADSA DSADADSADADS SDSAD SDS ADS ADSAASD

कविता

गजल

Advertisement