आज

सिक्किम हुँदै नेपाल

By Masti Entertainment - Thursday, June 9, 2011

काठमाडौ, जेष्ठ २७ - नयाँ वर्षदेखि सिक्किमको गान्तोकबाट प्रिमियर सोसँगै सार्वजनिक प्रदर्शनमा आएको फिल्म 'अँगालो यो मायाको' असार १० देखि नेपालभर लाग्ने भएको छ ।

सिक्किम र सिलिगुडीमा चलिसकेको फिल्म दार्जिलिङमा भने ६ हप्तादेखि चलिरहेको निर्माणपक्षले बिहीबार आयोजित पत्रकार भेटघाटमा बतायो । बाबुआमाबाट पैसा पाए पनि मायाबाट वञ्चित सन्तान कसरी कुलतमा फस्छन् र दुर्घटना निम्तिन्छ भन्ने विषयलाई देखाउन खोजिएको फिल्म 'अँगालो यो मायाको' लाई विनोद सेरेङले निर्देशन गरेका हुन् ।

निर्देशककै पटकथासमेत रहेको फिल्ममा 'गोर्खा पल्टन' का नायक प्रशान्त तामाङ दोस्रोपटक देखिएका हुन् । यसैबाट मोडल हषिर्का श्रेष्ठले नायिकाका रूपमा डेब्यु गर्दै छिन् । प्रशान्त दुव्र्यसनी युवा र असल प्रेमीको समानान्तर भूमिकामा देखिनेछन् । विजेता बराइली, महेन्द्र गुरुङ, प्रेम सुब्बालगायतको समेत अभिनय रहेको फिल्मको छायांकन युवराज राईले गरेका हुन् भने संगीत इजाक क्षेत्रीले ।

फिल्मले दार्जिलिङ, सिक्किमकै दर्शकले जस्तै यहाँ पनि अँगालोभरिको माया पाउने निर्देशकले आशा व्यक्त गरे । उनले भने, 'प्रशान्तको क्रेजको प्लस प्वाइन्ट त छँदै छ, तर फिल्मलाई प्रस्तुतीकरण र प्राविधिक हिसाबले पनि उच्च बनाएको छ ।' र्‍याम्प मोडलिङदेखि म्युजिक भिडियो हुँदै फिल्म प्रवेश गरेकी नायिका हषिर्का पहिलो फिल्मबाटै आफूले दर्शकको मन पगाल्न सकेकोमा सन्तुष्ट मानिन् । फिल्म सम्पादनमा समेत सक्रिय उनी आइन्दा फिल्ममै जम्ने सोचाईमा भएको बताउँछिन् ।

'बिहेपछि रमाइलो हुँदोरैछ’

फिल्म प्रवर्द्धनमा दुई दिनका लागि बुधबार यहाँ आइपुगेका गायक/नायक प्रशान्तले बिहेको अनुभव पनि साट्न भ्याए । नागाल्यान्ड डिमापुरकी गीता थापा मगरसँग फागुन ४ मा केटी पक्षबाट र वैशाख २४ मा आफ्नो तर्फबाट गरी दुईपटक बिहे गरेका प्रशान्त बिहीबार ठट्यौलो रूपमा प्रस्तुत भए ।

'बिहेपछिको लाइफ रमाइलो छ, हुँदोरै'छ,' किंगफिसर हवाई कम्पनीमा कार्यरत गीताको 'समय नमिलेकाले' एक्लै आएका उनले थपे, 'खोई अब बच्चाहरू पनि हुन्छ होला ।' तर अहिल्यै बच्चा पाउने योजना नरहेको बताउने प्रशान्तले आफ्नो बिहेपछि केही फ्यान घटेका छन् कि भन्ने जिज्ञासामा भने, 'केही क्रेज घटेको होला तर के गर्ने पर्सनल लाइफ पनि हेर्नै पर्‍यो ।'

अघिल्लोपटक फिल्म 'गोर्खा पल्टन'को प्रवर्द्धनका लागि यहाँ आउँदा नेपाली भाषामा राम्रो पकड नभएकाले कम खुलेका प्रशान्त यसपटक रौसे देखिए । हनिमुनमा कहाँ जानुभयो भन्ने औसत प्रश्नमा उनी बोले, 'म सिंगापुर, उनी बैंकक ।' लामो हाँसोपछि उनले दुवैको कार्य व्यस्तताले बिहेलगत्तै दुईतिर लाग्नु परेकाले मनाउन नपाएको बताए । साभार : इ कान्तिपुर

चिरबिर चिरबिर, become a fan on फेसबुक

तपाइका केही शव्दहरू

Advertisement

पछिल्ला पोष्टहरू

पत्रपत्रिकाबाट

आफ्नै कुरा

कविता

गजल

ADSADAS ADFS ADSA DSADADSADADS SDSAD SDS ADS ADSAASD

कविता

गजल

Advertisement