आज

‘दुलही’ शुक्रबारदेखि देशभर

By Masti Entertainment - Friday, June 10, 2011

काठमाण्डौ, २०६८ ज्येष्ठ २७ - आज शुक्रबारदेखि देशभर एकसाथ प्रदर्शनमा आएको चलचित्र 'दुलही' ले पहिलो दिन सन्तोषजनक व्यापार गरेको चलचित्रका बितरक सुनिल मानन्धरले जानकारी गराए । कुनै हलमा व्यापार धेरै राम्रो भएको र कुनैमा ठिकै रहेकोले औसतमा व्यापार सुखद रहेको मानन्धरको भनाई छ । शनिबारबाट चलचित्रको व्यापार अझ राम्रो हुने बिश्वास मानन्धरको छ ।

युवा निर्देशक बाबुराम ढकालले निर्देशन गरेको चलचित्र 'दुलही' राजधानीका करिब एक दर्जन हल र मोफसलका मुख्य शहरमा लागेको छ । निर्देशक ढकालकै कथामा तयार भएको यो चलचित्रमा राजेश हमाल, करिश्मा मानन्धर, मुकेश ढकाल, सुमिना घिमिरे, रवि गिरी, सरोज केसी, सूरवीर पण्डित, रश्मि भट्ट आदि कलाकारले मुख्य भूमिका निर्वाह गरेका छन्।

ओएसआर फिल्म्सको व्यानरमा हर्षिता केसीले निर्माण गरेको सो चलचित्रमा राजेश हमाल र सुमिना घिमिरे बेहुला बेहुलीको भुमिकामा प्रस्तुत भएका छन् । सामाजिक विषयको साथमा प्रेमकथालाई बिशेष महत्वका साथ प्रस्तुत गरिएको सो चलचित्रको कथा नायक राजेश हमाल वरिपरि घुमेको छ । करिब ६० लाख रुपैयाँ लगानी गरिएको यो चलचित्रका गीतसंगीत अहिले निकै चर्चामा छन् । अष्ट लामाको संगीत रहेको सो चलचित्रका गीतमा भारतिय गायकगायिकाले स्वर दिएका छन् ।

चिरबिर चिरबिर, become a fan on फेसबुक

तपाइका केही शव्दहरू

Advertisement

पछिल्ला पोष्टहरू

पत्रपत्रिकाबाट

आफ्नै कुरा

कविता

गजल

ADSADAS ADFS ADSA DSADADSADADS SDSAD SDS ADS ADSAASD

कविता

गजल

Advertisement