आज
k
अनेसास इजरायल च्याप्टर

नेपालीहरूको महान पर्व हरितालिका तीजको अवसर पारेर मिति सन २०११ सेप्टेम्बर ३ शनिवार इजरायलको तेलअभिभ शहरमा अनेसास इजरायल च्याप्टरद्वारा गजलकार भगवती बस्नेतको गजलसङ्ग्रह “रहर भो जिन्दगी” विमोचन गरिएको थियो । इजरायल च्याप्टरका अध्यक्ष कृष्णपक्ष थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा अनेसास केन्द्रिय सचिव हरि मानन्धर प्रमुख अतिथि तथा अनेसास इजरायल च्याप्टरका बरिष्ठ सल्लाहकार श्याम रोक्काको अतिथि रहनुभएको थियो ।

कार्यक्रम नेपाली राष्ट्रिय गान गाएर शुरू गरिएको थियो भने इजरायलमा कार्यरत नेपाली महिला अम्विका गौतमको आकस्मिक निधन भएकाले मृत आत्माको चीर शान्तिका लागि एक मिनेट मौन धारण समेत गरिएको थियो ।

कार्यक्रमलाई अनेसास इजरायल च्याप्टरका उपाध्यक्ष कुमार पौडेलद्वारा स्वागत गरिएको थियो भने स्वागत मन्तव्यकै अवसरमा भगवती वस्नेतद्वारा व्यस्त समयका वावजूद पनि गजलसङ्ग्रह निकालेर नेपाली साहित्यलाइ कहि न कहि ईटा थप्ने काम गर्नुभएकाले उहाँलाई बधाइ तथा कृतिको सफलताको कामनासमेत गर्नुभएको थियो ।








भगवती बस्नेतजीको गजलसङ्ग्रह “रहर भो जिन्दगी” विमोचन कार्यक्रमका प्रमुख अतिथि अनेसास केन्द्रिय सचिव हरि मानन्धर, विमोचन कार्यक्रमका सभापति कृष्णपक्ष थापा र अनेसास इजरायल च्याप्टरका उपाध्यक्ष कुमार पौडेलका साथमा भगवती बस्नेत स्वयं रहेर उक्त पुस्तकको विमोचन गरिएको थियो भने उक्त विमोचनमा अनेसास इजरायल च्याप्टरकि सदस्य सुमित्रा पौडेल पनि रहनुभएको थियो ।

विमोचन पस्चात पुस्तकका बारेमा बोल्नुहुदै इजरायल च्याप्टरका अध्यक्ष कृष्णपक्ष थापाले भगवतीजीसँग सामाजिक सञ्जालहरूबाट परिचय भएदेखि हामीहरू माझ परिचित हुनुभएको थियो भने वहाँले गर्नुभएको साहित्य साधनाका कारण उहाँको साहित्य सिर्जनाका रहरहरूले उब्जाएको “रहर भो जिन्दगी” आज हाम्रो हातमा पारेको समेत बताउनुभयो ।

मन्तव्यकै क्रममा कृतिकार भगवतीजीले आफ्नो रहरै रहरमा सिर्जना गरिएको सिर्जनाहरूलाई डायरीमा मात्रै राख्दा हराउने वा महत्त्व नरहने हुनाले तिनै सिर्जनाहरूलाई केहि अग्रजहरूको सहयोगले “रहर भो जिन्दगी” पुस्तकको रूपमा परिणत गर्न सकेकिले निकै उत्साहित र हर्षित भएकिसमेत बताउनुभएको थियो भने ती सर्जकहरू ज–जस्ले भगवतीजीको यस यात्रामा हृदयदेखि सहयोग गर्नुभयो, सबैलाई हृदयदेखि नै आभार तथा धन्यवाद व्यक्त गर्नुभएको थियो ।

मन्तव्यकै क्रमममा कार्यक्रमका प्रमुख अतिथि अनेसास केन्द्रका सचिव हरि मानन्धरले भगवती बस्नेतसँगको परिचय पछि वहाँले गर्नुभएको साधनामा बारम्बार भलाकुसरी भैरहने हुनाले वहाँका यस कृतिमा सज्जित धेरै सिर्जनाहरूमा पहिले नै परिचित भैसकेका र एकापसमा सल्लाह सुझावहरू आदानप्रदान हुने हुँदा वहाँसँग साहित्यको बाटोमा धेरै समय सँगै भएकाले वहाँको “रहर भो जिन्दगी” एक उत्कृष्ट कृति रहेको भन्दै कृति भित्रैबाट पछिल्लो समयमा भगवती बस्नेतजीले व्यक्तिगत रूपमा शेयर गर्नुभएको गजल “अपुरै भो तिमीसँग हाँस्ने रहर आखिरी” वाचनसमेत गरेर सुनाउनुभएको थियो ।





कार्यक्रमको अन्तमा इजरायलको व्यस्त समयमा पनि अमूल्य समय खर्च गरेर भगवती बस्नेतको रहर भो जिन्दगीको रहरहरूमा सामेल हुन इजरायलमा कार्यरत धेरै भन्दा धेरै नेपाली साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा उपस्थित साहित्य अनुरागीहरूले आ–आफ्नो सिर्जनाहरू समेत बाचन गर्नुभएको थियो । सिर्जना बाचन गर्नुहुनेहरूमा इजरायल च्याप्टरकि कार्यकारी सदस्य साहित्यकार  दिप्स शाह – गजल तथा कविता, सुमित्रा पौडेल – गजल तथा कविता, कल्पना भावुक – गजल तथा मुक्तकहरू, सुनिता राई – कविता, हरि मानन्धर – गीत र स्याम रोक्काद्वारा गजल वाचन गरिएको थियो ।

विमोचन कार्यक्रममै इजरायलमा रहेर गीति एल्वम नेपाली तथा इजरायली बजारमा ल्याउनुहुने गायक ओम प्रसाद प्रसाईँले आफ्नो रचना तथा स्वरमा रहेको गीत गाएर सम्पूर्ण उपस्थित साहित्यिक मनहरूलाई मनोरञ्जन दिनुभएको थियो ।

उक्त विमोचन कार्यक्रम, च्याप्टरका कोषाध्यक्ष सुमन कार्कीद्वारा कार्यक्रमका बीच–बीचमा सहभागी साहित्यिक मनहरूलाई उत्साहित र मनोरञ्जन भरेर सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रमको समाप्ति पश्चात उक्त कार्यक्रममा सहभागीहरूलाई तीजको दर तथा खाना नास्ताको व्यवस्था गरिएको थियो ।
नायिका नायिका रेजिना उप्रेती चलचित्र क्षेत्रमा आएको लामो समय भैसकेको छ । तर, भर्खरै मात्र चलचित्र क्षेत्रमा आएकी नव नायिका रागीनी खड्गी उनी भन्दा अगाडि देखिएकी छिन् । तर, यि दुईको प्रतिस्पर्धा चलचित्रमा अभिनयका हिसावले होईन, चलचित्र प्रर्दशनको हिसावले हो ।

नेपाली चलचित्र क्षेत्रका लागि नया निर्मात्री कविता श्रेष्ठले एकैसाथ दुई चलचित्र निर्माण गरेकी थिईन् । उनले चलचित्र ‘वरदान’ छायांकन सकेर ‘प्लान’ निर्माण गरेकी थिईन् । चलचित्र वरदान नायिका रेजिना उप्रेतीको प्रस्तुतीमा निर्माण भएको चलचित्र हो ।




यी दुवै चलचित्रलाई निर्देशक शोभित वस्नेतले निर्देशन गरेका हुन् । तर, वरदानको छायांकन सकेर प्लानको छायांकन सुरु गरेपनि प्रर्दशनको हिसावले प्लान अगाडि आउने भएको छ । चलचित्र वरदानमा नायिका रेजिना उप्रेतीको मुख्य भूमिका रहेको छ भने वरदानमा रागिनीले पहिलो पटक अभिनय गरेकी छिन् ।

चलचित्र प्लानलाई मंसिर पहिलो सातावाट प्रर्दशनमा ल्याउने तयारी गरेको छ, निर्माणपक्षले । तर, चलचित्र वरदानको वारेमा भने अत्तोपत्तो छैन । चलचित्र वरदान भन्दा प्लान अगाडि प्रर्दशनको तयारी गर्नु आफैमा पनि अर्थपूर्ण विषय छ । चलचित्र वरदानको छायांकनको अन्तिम दिन शोभित र रेजिना विच वादबिवाद भएको थियो । यसपश्चात यी दुईवीच खासै राम्रो सम्वन्ध नरहेको चर्चा वजारमा नचलेका होईनन् । तर, जे भएपनि निर्माणपक्षले वरदान भन्दा प्लानलाई प्राथमिकता दिनुको पछाडि केही रहस्य पक्कै लुकेको हुनसक्छ ।

मधेसवादी दलका चार मन्त्रीले सपथ लिएनन्





१८ भदौ, काठमाडौं । प्रधानमन्त्री निर्वाचित भएको एक सातापछि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आइतबार मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ । पार्टी एकीकृत नेकपा माओवादीका ६ र सरकारको मुख्य घटक संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाआवद्ध पाँच दलका ७ जना नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित समारोहमा प्रधानमन्त्री भट्टराईले राष्ट्रपति डा. रामवरण यादवको उपस्थितिमा सपथ गराउनु भयो ।

मधेसी मोर्चाका तर्फबाट सिफारिस भएका ११ मध्ये ४ जनाले पनि सपथ लिएका छैनन । लडाकूहरुको हतियार भण्डारण गरिएको कन्टेनरको साँचो विशेष समितिलाई बुझाएकोमा असन्तुष्ट मोहन बैद्य पक्षले भने सरकारमा जान अस्वीकार गरेपछि उनीहरुको कोटा खाली राख्दै तत्कालका लागि ६ जना मन्त्रीलाई माओवादीले सिफारिस गरेको हो ।

माओवादीबाट मन्त्री बनेका ६ जनामध्ये पाँच जना अघिल्लो सरकारमा पनि सहभागी भएका थिए भने कमला रोकाले पहिलोपटक मन्त्री बन्ने अबसर पाएकी हुन् । अघिल्लो सरकारमा १३ दिन उपप्रधान तथा गृहमन्त्री बनेका प्रकाश यसपटक उपप्रधान तथा परराष्ट्रमन्त्री बनेका छन् । यसअघि उपप्रधानमन्त्रीमा सीपी गजुरेललाई पठाउने सहमति भएको भएपनि वैद्य समूहको असन्तुष्टिको फाइदा नारायकाजीले उठाएका छन् । एकताकेन्द्र मसालमा लामो समय नेतृत्वमा रहेका प्रकाश संबिधानसभा चुनावपछि माओवादीसँग पार्टी एकता गर्दै उपाध्यक्ष पदमा पुगेका थिए ।

यसैगरी अघिल्लो सरकारमा गृहमन्त्री नपाएपछि शान्तिमन्त्रीबाट राजीनामा दिएका माओवादी अध्यक्ष प्रचण्डका बिश्वासपात्र अनन्त यसपटक भने अर्थमन्त्री बन्न सफल भएका छन् । माओवादी जनसेनाका इन्चार्ज अनन्त सैन्य क्षेत्रका ज्ञाता भएपनि माओवादीमा अर्थमन्त्रालय चलाउने सक्षम उम्मेदवार नहुँदा बाबुरामसँग पनि समन्वय गर्नसक्ने खुवी भएका उनलाई अर्थमन्त्रीमा पठाइएको हो ।

उर्जामन्त्रीमा नियुक्त माओवादी सचिव पोष्टबहादुर बोगटी प्रचण्डका बिश्वासपात्र हुन, जो झलनाथ खनाल नेतृत्वको सरकारमा १३ दिन संचारमन्त्री भएका थिए ।

स्थानिय विकासमन्त्रीमा नियुक्त टोपबहादुर रायमाझी अघिल्लो सरकारमा भौतिक योजना तथा निर्माणमन्त्री थिए । प्रधानमन्त्री भट्टराईलाई लामो समयदेखि साथ दिंदै आएका उनी दोस्रोपटक मन्त्री भएका हुन् । भूमिसुधारमन्त्रीमा नियुक्त प्रभु साह अघिल्लो सरकारमा कानुनमन्त्री थिए, जो भट्टराईका बिश्वासपात्र हुन् ।

युवा तथा खेलकुदमन्त्रीमा नियुक्त कमला रोका भने माओवादी अध्यक्ष प्रचण्ड निकट हुन् । वाईसिएल अध्यक्ष गणेशमान पुनकी श्रीमति कमला पहिलोपटक मन्त्री बन्ने सौभाग्य पाएकी हुन् ।

सञ्चारममन्त्रीमा नियुक्त जेपी गुप्ता हालै मात्र फोरमबाट फुटेर बनेको फोरम गणतान्त्रिकका अध्यक्ष हुन् । कांग्रेसबाट राजनीति थालेका गुप्ता चतुर राजनीतिक खेलाडी मानिन्छन् । एकसमय गिरिजाप्रसाद कोइरालाका प्रेस सल्लाहाकार रहेका गुप्ता प्रजातन्त्रकालमा पटक पटक कांग्रेसबाट मन्त्री भएका थिए भने अख्तियारले भ्रष्टाचार आरोपमा पक्राउ गरि थुनामा समेत राखेको थियो । फोरम गणतान्त्रिकको अध्यक्ष भएका लगतै गुप्ताले मधेसी मोर्चामा आवद्ध भएर अगुवाको भूमिका निभाउँदै आएका छन् । यसैगरी कृषिमन्त्री नन्दनकुमार दत्त र विनाविभागिय मन्त्री राजलाल यादव गुप्तासँगै फोरमबाट छुटि्टएर बनेको फोरम गणतान्त्रिकमा आवद्ध छन् ।

भौतिक योजना तथा निर्माणमन्त्री हृदयेश त्रिपाठी तमलोपाका वरिष्ठ उपाध्यक्ष हुन् । प्रजातान्त्रिक कालमा समेत नेपाल सद्भावना पार्टीबाट पटक-पटक मन्त्री भएका त्रिपाठी चतुर खेलाडी मानिन्छन् ।

सिंचाईमन्त्रीमा नियुक्त महेन्द्र यादवले हालै मात्र तमलोपाबाट छिटि्टएर तमलोपा नेपाल गठन गरेका थिए । नेकपा मालेबाट राजनीति शुरु गरेका महेन्द्र यादव एमालेबाट भौतिक योजनासहित बिभिन्न मन्त्रालय सम्हालेका थिए । महन्थ ठाकुरसँगै तराई मधेस लोकतान्त्रिक पार्टी गठन गरेका यादवले माधवकुमार नेपाल नेतृत्वको सरकारमा उद्योग र सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका थिए ।

स्वास्थ्यमन्त्रीमा नियुक्त राजेन्द्र महतो सबैभन्दा धेरैपटक मन्त्री हुने भाग्यमानी नेता हुन् । लोकतन्त्र स्थापनापछि बनेका सरकारमा यसअघिको झलानाथ खनालको पालामा बाहेक अरु सबै सरकारमा उनी मन्त्री थिए । सँधै सरकारमा जान चाहने महतोले लामो सयय आपूर्ति मन्त्रालय सम्हालेका कारण उनलाई आजीवन आपूर्तिमन्त्रीसमेत भनेर ब्यङ्ग्य गरिन्थ्यो ।

मधेसी मोर्चाका तर्फबाट सिफारिस भएका ११ मध्ये ४ जनाले पनि सपथ लिएका छैनन । फोरम लोकतान्त्रिकले रक्षा मन्त्रीमा सिफारिस गरेका शरतसिंह भण्डारी, वातावरणमन्त्रीमा सिफारिस निलम बर्मा, तमलोपाले काननुमन्त्रीमा सिफारिस गरेका जितेन्द्र सोनल र तमलोपा नेपालले महिला बालबालिका तथा समाज कल्याणमन्त्रीमा सिफारिस गरेका गोविन्द चौधरी कुर्मीले भने सपथ लिएनन् ।

भदौ ११ गते प्रधानमन्त्रीमा निर्वाचित भट्टराईले १२ गते सपथ लिनुका साथै फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई उपप्रधान तथा गृहमन्त्री नियुक्त गर्नु भएको थियो ।

यही सेप्टेम्बर २तारिख शुक्रबार साँझ इजरायलमा नवोदित गायक ओम प्रसाद प्रसाईले इजरायल मै रेकर्ड गरिएको आफ्नो पहिलो सांगीतिक एल्बम पर्खाइमाको विमोचन गरेका छन । तेल अभिभस्थित बेत बार्बर हलमा आयोजित "शायद" चलचित्रको प्रिमियर शो संगै नेपालबाट आएका कलाकार सुनिल रावल र झरना थापा लगायतको उपस्थितिमा सामुहिक रुपमा गरिएको उक्त सिडी विमोचनका अवसरमा शायदका अन्तर्राष्ट्रिय प्रवर्द्धक मोहन डोटेल, सागर भुषाल, सुमन कार्की तथा शिव केसीको पनि सहभागिता रहेको थियो ।

कार्यक्रममा गायक ओम प्रसाईले सोही एल्वम पर्खाइमाबाट 'आज तिम्रो सम्झना' र 'मन मेरो' बोलको गीत गाएर दर्शकसामु सुनाएका थिए । 'शायद' चलचित्र प्रदर्शनको क्रममा बिच बिचमा प्रस्तुत गरिएको सांस्कृतिक कार्यक्रमहरुको क्रममा सो एल्वम बिमोचन भएको थियो ।




नेपाली पप र आधुनिक गीतहरु समेटिएको सांगीतिक क्यासेट 'पर्खाइमा' भित्र सातवटा सुमधुर गीतहरु रहेका छन । रोशन लामाको एउटा गीत बाहेक सम्पूर्ण गीतहरुमा ओम प्रसाईले स्वर दिएका छन । पर्खाइमाका गीतहरु तेल अभिभको रामत हा शरोन स्थित जिनियस - A रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएका हुन् ।

उजिर मगर, काठमाडौं, भदौ १७ -एकीकृत माओवादी उपाध्यक्ष मोहन वैद्य पक्षले शुक्रबार पार्टी स्थायी समिति बैठक बहिस्कार गरेको छ। लडाकुका हतियार राखिएका कन्टेनरको चाबी सेना समायोजन विशेष समितिलाई बुझाइएको विरोधमा वैद्य पक्ष सडकमा उत्रिएपछि त्यसबारे छलफल गर्न शुक्रबार बिहान डाकिएको बैठकमा उनीहरू अनुपस्थित भएका हुन्।

बैठकमा उपाध्यक्षद्वय वैद्य र नारायणकाजी श्रेष्ठ, महासचिव रामबहादुर थापा, सचिव सिपी गजुरेल, स्थायी समिति सदस्यहरू देव गुरुङ र नेत्रविक्रम चन्द गएनन्। १६ सदस्यीय स्थायी समितिमा कृष्णबहादुर महरा चीन भ्रमणमा रहेकाले अनुपस्थित रहे। उनी पछिल्लो समय दाहाल निकट मानिन्छन्। सम्बन्धित पक्ष नै नआएपछि औपचारिक बैठक हुन नसकेपछि पार्टी मुख्यालय पेरिसडाँडामा उपस्थित बहुमत स्थायी समिति सदस्यबाट सुझाव लिएर दाहालले विज्ञप्ति जारी गरेका थिए। उनले शिविरमा हतियार थन्क्याइएका कन्टेनरका चाबी बुझाइएको विरोधमा उपाध्यक्ष वैद्यको अभिव्यक्तिबाट कार्यकर्तालाई उत्तेजित नबन्न विज्ञप्तिमा अपिल गरेका छन्।

वैद्यको विज्ञप्तिबाट स्तब्ध भएको भन्दै दाहालले भनेका छन्, 'किरणले भदौ १५ गते २०६८ का दिन प्रेस विज्ञप्ति जारी गर्दै विशेष समिति निर्णय पार्टीको निर्णयविपरीत भन्दै सार्वजनिक रूपमा वक्तव्य प्रकाशित गरेको कुराले पार्टी स्तब्ध भएको छ।''बृहत शान्ति सम्झौता, अन्तरिम संविधान, विभिन्न समयमा भएका सहमति-समझदारी र छलफलका आधारमा सम्मानजनक सेना समायोजन, संविधान लेखन प्रक्रियामा माओवादीको सक्रिय पहल रहेको कुरा प्रस्टै रहेको' दाहालले उल्लेख गरेका छन्। शुक्रबार अध्यक्ष दाहालसहित उपाध्यक्ष तथा प्रधानमन्त्री बाबुराम भट्टराई, अमिक शेरचन, लीलामणि पोखरेल, गिरिराजमणि पोखरेल, टोपबहादुर रायमाझी, वर्षमान पुन, दीनानाथ शर्मालगायत बैठकका लागि पेरिसडाँडा पुगेका थिए।

चाबी बुझाउने निर्णय आत्माघाती भन्दै बिहीबार वैद्यले विज्ञप्तिमार्फत विरोध जनाएका थिए। वैद्य पक्षले शुक्रबार सांकेतिक विरोधमा देशभर चक्काजाम र मसाल जुलुस प्रदर्शन गरेका छन्। दाहालले चाबी बुझाउने निर्णय पार्टी केन्द्रीय र स्थायी समितिको निर्णयअनुसार भएको बताएका छन्। वैद्य पक्षका चन्दले बैठकबारे जानकारी नै नपाएकाले अनुपस्थित रहेको बताए। 'महासचिव बादलजीले आज बैठक नबसौं भोलि बसौं भनेर अध्यक्षसँग अनुरोध गरेपछि भोलि (शनिबार) बिहान बस्ने भनेका हौं,' प्रवक्ता शर्माले सञ्चारकर्मीसँग भने। चन्दले भने बैठकबारे आफूलाई कुनै जानकारी नभएको जनाए।

दाहालको विज्ञप्ति सार्वजनिक भएपछि चन्दले तत्कालै 'जनसञ्चार अभियान' कार्यक्रम आयोजना गरी 'बैठकबारे नेतृत्वले झुठ बोलेको' आरोप लगाएका थिए। 'चाबी बुझाउने निर्णय गर्दा सैन्य इन्चार्जसमेत रहेका महासचिव बादल, स्टाफ कुलबहादुर केसीसमेतलाई थाहा दिइएन, पार्टीको अघिल्लो बैठकको निर्णयलाई गलत अर्थ लगाइएको छ,' चन्दले कार्यक्रममा भने।

गत ८ गतेको स्थायी समिति बैठकले पाँचबुँदे प्रस्ताव एवं प्रतिबद्धता सर्वसम्मत रूपमा सार्वजनिक गरेको औंल्याउँदै दाहालले विज्ञप्तिमा भनेका छन्, 'माओवादी नेतृत्वमा सरकार गठनलगत्तै लडाकु हातहतियार र कन्टेनर मूर्त रूपमा विशेष समितिलाई हस्तान्तरण गर्ने सर्वसम्मत निर्णय भएको हो।' 'भट्टराईको नेतृत्वमा सरकार गठन भइसकेपछि नेपाली जनतासामु प्रकट गरिएका प्रतिबद्धताहरूलाई सम्मानका साथ जिम्मेवार पार्टीको दायित्व भएकाले चाभी बुझाउनु पार्टी नीतिविपरीत नभएको विज्ञप्तिमा उल्लेख गरेका छन्।
'माओवादी सेनाका लडाकु, हतियार र कन्टेनरलाई मूर्त रूपमा विशेष समिति मातहत ल्याउन विशेष समिति मातहतका सम्बन्धित शिविररूमा रहेका अनुगमन टोलीलाई २०६८ भाद्र १५ गते हस्तान्तरण गर्ने' भनी गरिएको निर्णय पार्टी निर्णयविपरीत नभएको तथ्य स्पष्ट नै छ', विज्ञप्तिमा उल्लेख छ।

असार १० देखि साउन ९ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले शान्ति प्रक्रिया तथा संविधान निर्माण प्रक्रियालाई तदारुकताका साथ अगाडि बढाउनेबारे गरेको सर्वसम्मत निर्णयको परिधिभित्र रहेर चाबी बुझाइएको दाहालले विज्ञप्तिमा प्रस्टीकरण दिएका छन्।

वैद्य समूहले चाबी बुझाउने निर्णयविरुद्ध बिहान राजधानीका केही ठाउँमा चक्काजाम गरे। साँझ केही ठाउँमा मसाल जुलुस प्रदर्शन गरिएको छ। चाबी बुझाउने कार्य माओवादीको मात्रै नभई राष्ट्रसँगै जोडिएकाले सांकेतिक रूपमा चक्काजाम र मसाल जुलुस प्रदर्शन गरिएको चन्दले बताए।
प्रधानमन्त्री भट्टराई पूर्वप्रधानमन्त्री भेट्दै

प्रधानमन्त्री बाबुराम भट्टराईले पूर्वप्रधानमन्त्री, पार्टी सभापति, अध्यक्षहरूसँगको भेटघाट थालेका छन्। भट्टराईले दलका अध्यक्ष, सभापति तथा २०४७ यताका प्रधानमन्त्रीलाई भेटघाट गर्ने कार्यक्रम तय गरेका छन्।
प्रधानमन्त्री निकट पत्रकार मनऋषि धितालका अनुसार शुक्रबार साँझ एमालेमा वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग भटघाट गरे। नेपाल निवास कोटेश्वर गएर भट्टराईले भेटघाट गरेका थिए। - नागरिक
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको दोस्रो अन्तराष्ट्रिय नेपाली साहित्य सम्मेलन मंगलबार लन्डनमा सम्पन्न भएको छ।

तीन दिने कार्यक्रममा लन्डन निवासी साहित्यकार विकलचन्द आचार्यको बेलायती आँगनमा गोर्खाली सुवास, रुपक श्रेष्ठको विगवेन र समय, नेपालका सहभागी डा. सुषमा आचार्यको वासुदेव लुइटेल स्मृतिगन्थ, शर्मिला खडका दाहालको सिर्जना र सन्त्रास, अमेरिका निवासी होम सुवेदीको डायस्पोराका डोरा सार्वजनिक गरियो। सोही अवसरमा शर्मिला खडकाद्वारा सम्पादित ई-पत्रिका समयसिर्जना डटकमको उद्‍घाटन गरियो।

सम्मेलनमा नेपालबाट सहभागी गोविन्दराज भट्टराई र सुष्मा आचार्य, बेलायत निवासी माइकल हट, बेलायतका सहभागी गोपीकृष्ण प्रसाई र रुपक श्रेष्ठ, फान्सका सहभागी हरिहर अर्यालले कार्यपत्र प्रस्तुत गरेका थिए।

सम्मेलनमा चलेको कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा.सुरेशचन्द्र चालिसे, कार्यक्रम संयोजक जया राई, साहित्यकार प्रदीप नेपालले कार्यक्रमको उपादेयताबारे बोलेका थिए। कार्यक्रममा डायस्पोरिक साहित्यको विकासका लागि घोषणापत्र जारी गरिएको थियो।

Advertisement

पछिल्ला पोष्टहरू

पत्रपत्रिकाबाट

आफ्नै कुरा

कविता

गजल

ADSADAS ADFS ADSA DSADADSADADS SDSAD SDS ADS ADSAASD

कविता

गजल

Advertisement