आज

दिनहुँ दूध पिए छरितो जीउ

By Masti Entertainment - Saturday, April 2, 2011

काठमाडौ, चैत्र १९ - तौल घटाउन अब धेरै मिहनेत गर्नुपर्दैन । दिनहुँ दुई ग्लास दूध खाएर तपाईं छरितो बन्न सक्नुहुन्छ ।
अमेरिकन जर्नल अफ क्लिनिकल न्युटि्रसनले हालै जनाएअनुसार दूधको नियमित सेवनले तौल घटाउन सकिन्छ । यो अनुसन्धानमा केसम्म पाइयो भने मोटाउने डरले दूधबाट टाढा रहने व्यक्तिहरूको दाँजोमा नियमित दूध सेवन गर्नेहरू मोटोपना कम गर्न बढी सफल हुन्छन् ।

इजरायलस्थित वेन गुरियन विश्वविद्यालयका अनुसन्धानकर्ताहरूका अनुसार दिनहु दुई ग्लास दूध खाने व्यक्तिहरूमा ६ महिनाभित्र भिटामिन 'डी'को स्तर उच्च हुन्छ । अनि दुई वर्षभित्र ६ किलो तौल कम गर्न सफल हुन सकिन्छ । दुई वर्षसम्मको अध्ययनपछि अनुसन्धाताहरू यो निष्कर्षमा पुगेका हुन् । सेक्सी फिगर पाउनका लागि दूध सेवन थालिहाल्ने हो कि ?
राति राम्रो निद्रा लिने प्रयास गरे पनि शरीरलाई छरितो बनाउन सकिन्छ । योसँगै डाइटिङ र नियमित व्यायाममा रहन पनि वैज्ञानिकहरूले सुझाएका छन् ।

राति ६ घन्टादेखि ८ घन्टासम्म सुत्ने व्यक्तिहरू ६ महिना डाइटिङमा बसे इच्छाअनुसार तौल कम हुने सम्भावना धेरै बढी हुन्छ । जो व्यक्ति न्यूनतम साढे चार किलो तौल घटाउन चाहन्छन्, उनीहरूले तनावको स्तरलाइ कम गर्दा र राम्रो निद्रा लिँदा लक्ष्य पाउन सक्नेसमेत अनुसन्धानले देखाएको छ । यो अनुसन्धानका लागि क्यान्सर पर्मानेन्ट रिसर्च फर हेल्थ रिसर्चका लागि बढी तौल भएका करिब पाँच सय वयस्कहरूलाई सामेल गराइएको थियो ।

तिनीहरूको औसत आयु ५५ वर्ष थियो । सहभागीहरूलाई २२ काउन्सिलिङ सेसनमा भाग लिन, दिनहुँ पाँच सय क्यालोरी कम गर्न र सातामा कम्तीमा तिन घन्टा बढी व्यायाम गर्न भनियो । उनिहरूलाई ह्याबिट डायरी राख्न समेत लगाइयो । त्यसमा उनिहरूको सुत्ने प्याटर्न, तनावको स्तर आदि सामेल हुनुपर्ने थियो । ६ महिनापछि परीक्षण गर्दा ६० प्रतिशतभन्दा बढी सहभागीको तौल न्यूनतम १० पाउन्ड कम भयो ।साभार : इ कान्तिपुर

चिरबिर चिरबिर, become a fan on फेसबुक

तपाइका केही शव्दहरू

Advertisement

पछिल्ला पोष्टहरू

पत्रपत्रिकाबाट

आफ्नै कुरा

कविता

गजल

ADSADAS ADFS ADSA DSADADSADADS SDSAD SDS ADS ADSAASD

कविता

गजल

Advertisement