आज

कतै मेरी छोरी त परिन ?

By Masti Entertainment - Wednesday, June 22, 2011

काठमाडौ, अषाढ ९ - कुबेतमा नौ महिलादेखि शव बेवारिसे भएको समाचार सार्वजनिक भएपछि धरानबाट कृष्ण सेन्च्युरी बुधबार सम्पर्कमा आए । मृत्यु भएकामध्ये अमृता सेन्च्युरीको नाम छोरीसँग मिलेकोले उनले चिन्तित हुँदै भने, 'मेरी छोरीको नाम पनि अमृता सेन्च्युरी हो । उनी हाम्रो सम्पर्कमा नआएको डेढ वर्ष भइसक्यो । कतै मेरी छोरी परिनन् ?'

कुबेतस्थित नेपाली दूतावासले अमृताको ठेगाना भने पत्ता लगाएको छैन । अन्य व्यक्तिको राहदानीमा फोटो टाँसेर आएका हुनाले मृतकको सही नाम, ठेगाना र निकटतम व्यक्तिबारे जानकारी पाउन कठिन भएकाले मृतक महिलाका आफन्तले सही सूचना पाउन सकेका छैनन् । यसले नाम मिलेका आफन्तहरूलाई तनावमा छन् ।

दूतावासले अमृताको मृत्यु २०१० मार्च १४ मा भएको जनाएको छ । 'हामीसँग अन्तिम पटक गत वर्ष पुस १० गते मात्रै सम्पर्कमा आएकी थिइन् । त्यसबेला बिरामी परेको खबर आएको थियो,' उनले भने, 'त्यसपछि सम्पर्क हुन सकेन ।' खोजी जारी राखे पनि अवस्था पत्ता लगाउन नसकेको उनले बताए । श्रीमान् कमलबहादुर विश्वकर्मा मलेसियाबाट नफर्केपछि ३० वर्षीया अमृता २०६६ असोज २९ गते कुबेत उडेकी थिइन् । 'ज्वाइँ १० वर्षदेखि मलेसियामै छन् । पैसा नपठाएकाले ऋण तिर्न सकिरहेकी थिइनन्,' उनले भने, 'ऋण तिर्न र छोरो पढाउन भनेर कुबेत गइन् । हामीले धेरै अनुरोध गर्‍यौं नजाऊ भनेर, तर मानिनन् ।'

अमृताका १५ वर्षीय छोरा काकासँग बसेर पढिरहेका छन् । उनले अमृता हो कि होइन भनेर पुष्टि गर्न दूतावाससँग अनुरोध गरेका छन् ।
त्यस्तै उर्लाबारी, मोरङकी २२ वषर्ीया अम्बिका पौडेलका आफन्त उनलाई फरक राहदानीमा पठाइएको हुन सक्ने भन्दै चिन्तित छन् । उनी वर्षदिनदेखि नै सम्पर्कमा छैनन् । अम्बिका दिल्ली हुँदै कुबेत गएकी थिइन् । 'मृत्यु भएका व्यक्तिको सही विवरण नभएकाले हामीलाई शंका लागेको छ,' आफन्त टीकाप्रसाद दाहालले भने, 'परराष्ट्र मन्त्रालयमा फोटोसहित विवरण बुझाएका छौं । दूतावासबाट के उत्तर आउँछ ?'

टीका र कृष्णले दूतावाससमक्ष पठाएको फोटोको आधारमा मृतकको अनुहार हेरेर जानकारी दिन अनुरोध गरिएको छ । कुबेतको 'फरेन्सिक मेडिसिन' अस्पतालमा एक वर्षअघि मृत्यु भएका शान्ति सार्की, शान्ति दर्जी, अमृता सेन्च्युरी, सानुमाया कस्नी कामी, सबिना नेपाल, सरस्वती अवास, निलिमा योङहाङ लिम्बू र कविता विश्वकर्माको शव राखिएको छ । राजदूत मधुवन पौडेलले भने फोटो हेरेर मृतक महिलाको अनुहार पहिचान गर्न कठिनाइ हुने बताए ।साभार : इ कान्तिपुर

चिरबिर चिरबिर, become a fan on फेसबुक

तपाइका केही शव्दहरू

Advertisement

पछिल्ला पोष्टहरू

पत्रपत्रिकाबाट

आफ्नै कुरा

कविता

गजल

ADSADAS ADFS ADSA DSADADSADADS SDSAD SDS ADS ADSAASD

कविता

गजल

Advertisement